काठमाडौं । फोटोनले देशभर आफ्ना विद्युतीय व्यावसायिक सवारीसाधनका ग्राहकलाई बिक्रीपछिको सेवा थप सहज र प्रभावकारी बनाउन पाँच नयाँ ‘फोटोन टोटल केयर शिल्ड सर्भिस पोइन्ट’ सञ्चालनमा ल्याएको छ । नयाँ सर्भिस पोइन्टसँगै कम्पनीको बिक्रीपछिको सेवा सञ्जाल २१ भन्दा बढी स्थानमा विस्तार भएको जनाएको छ ।
कम्पनीका अनुसार नयाँ सर्भिस पोइन्टहरू भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा सञ्चालनमा आएका छन् । यस विस्तारले सम्बन्धित क्षेत्रका ग्राहकलाई सवारीसाधनको मर्मत, प्राविधिक परीक्षण, वारेन्टी सेवा तथा आवश्यक प्राविधिक सहयोग स्थानीय स्तरमै उपलब्ध हुने विश्वास कम्पनीले लिएको छ ।
फोटोन टोटल केयर नेटवर्कमार्फत विद्युतीय सवारीसाधनका लागि आवश्यक अत्याधुनिक डायग्नोस्टिक उपकरण, तालिम प्राप्त ईभी प्राविधिक तथा जेन्युइन स्पेयर पार्ट्ससहितको सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
नेपालमा विद्युतीय व्यावसायिक सवारी साधनको प्रयोग बढ्दै गएको अवस्थामा बिक्रीपछिको सेवा सञ्जाललाई थप सुदृढ बनाउने, सवारी साधन सञ्चालन समय बढाउने तथा मर्मतका लागि लामो दूरी यात्रा गर्नुपर्ने बाध्यता कम गर्ने उद्देश्यले सेवा विस्तार गरिएको कम्पनीको भनाइ छ ।
नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धी कमर्सियल भेहिकल्स प्रालिले आगामी दिनमा पनि ग्राहक–केन्द्रित सेवा विस्तार गर्दै विद्युतीय व्यावसायिक सवारी साधनको प्रयोगलाई थप प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ ।
आईसीटी समाचार