कीवर्डहरू -

क्विक आरपीएलाई प्रडक्ट आइसिटी अवार्ड २०२३ प्रदान

क्विक आरपीएलाई प्रडक्ट आइसिटी अवार्ड २०२३ प्रदान

क्विक आरपीएले प्रडक्ट आइसिटी अवार्ड २०२३ पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभको ग्राण्ड फिनाले कार्यक्रममा क्विक आरपीएलाई प्रडक्ट आइसिटी अवार्ड २०२३ प्रदान गरिएको हो ।

प्रडक्ट आइसिटी अवार्डमा कुनै पनि नेपाली कम्पनी, संस्था, समुह वा व्यक्तिले गत एक वर्षको बीचमा विकास गरेको आइटी प्रडक्टले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो । यस विधामा यस वर्ष क्विक आरपीएले अवार्ड जितेको हो । 

क्विकफक्स कन्सल्टिङ प्रालिले तयार पारेको अटोमेसन प्रडक्ट हो, क्विक आरपीए । क्विक आरपीएले पटक पटक दोहोरिने कामलाई अटोमेट गरेर दक्षता, शुद्दतामा सुधार गर्ने र सञ्चालन खर्च समेत घटाउने कम्पनीको भनाइ छ ।

अहिलेसम्म क्विक आरपीएले १०० बढी प्रक्रियालाई अटोमेट गरिसकेको छ भने त्यसका लागि आवश्यक पर्ने १ लाख समय समेत बचत गरेको छ । यसलाई दञरसञ्चार कम्पनीदेखि बैंकसम्मले प्रयोग गरिरहेका छन् ।