राकुटेन भाइबरले च्याट फोल्डर्स नामक नयाँ सुविधा ल्याएको छ । प्रयोगकर्ताहरूलाई विशेष कुराकानीहरू छिटो खोज्न र सञ्चार म्यानेज गर्ने तरिकालाई सहज बनाउन भाइबरले च्याट फोल्डर्स फिचर ल्याएको हो ।
प्रयोगकर्ताको सुविधालाई ध्यानमा राखेर डिजाइन गरिएको च्याट फोल्डर्सले विषय, ग्रुप वा व्यक्तिहरूमा आधारित भई सहज वर्गीकरण गरी च्याट फोल्डर्सलाई सुव्यवस्थित बनाउने भाइबरले जनाएको छ ।
यस नयाँ सुविधामा प्रयोगकर्ताहरूले पाँचवटा कस्टम फोल्डर्स सिर्जना गर्न सक्नेछन् । साथै यसले स्वचालित रूपमा अन्य सबै च्याटहरू समावेश गर्ने एउटा “अल” ट्याब पनि उपलब्ध गराउने छ ।
उदाहरणका लागि, प्रयोगकर्ताहरूले काम, साथीहरू, परिवार वा मनपर्नेहरूको लागि भिन्दाभिन्दै फोल्डर्स सिर्जना गर्न सक्छन्। एउटै च्याट धेरै फोल्डर्समा पनि राख्न सकिन्छ र असीमित सङ्ख्यामा च्याटहरू थप्न पनि सकिन्छ ।
प्रयोगकर्ताहरूले फोल्डर्स पुन: नामाकरण गर्न वा फोल्डर्स भित्रका सबै च्याटहरूलाई रिडको मार्क लगाएर उनीहरूको कम्यूनिकेशनलाई सजिलै वर्गीकरण र स्ट्रिमलाइन गर्न पनि सक्छन् ।
उदाहरणका लागि, सबै सहकर्मीका च्याटहरूलाई 'काम' लेबल गरिएको फोल्डरमा राखेर, प्रयोगकर्ताहरूले सजिलैसँग परियोजनाहरू र कार्यहरू व्यवस्थापन गर्न सक्छन् वा कामको हप्तामा अर्को सहकर्मीको लागि जन्मदिनको उपहार समन्वय गर्न सक्छन् ।
प्रत्येक फोल्डरको शीर्षमा नम्बर भएको “अनरिड” ब्याजले त्यो फोल्डरभित्र नपढिएका च्याटहरूको सङ्ख्यालाई संकेत गर्नेछ । यी कस्टम फोल्डर्समा सबै वान-अन-वान च्याट, ग्रुप च्याट, च्यानल र कम्युनिटीहरू थप्न सकिन्छ।
यसमा केही एक्सक्लूजनहरू पनि लागू हुन्छन्, जस्तै- हिडन च्याट, भाइबर पेबाट प्राप्त मेसेजहरू, बिजनेस र ग्राहक अन्तरक्रियाहरू यी फोल्डर्समा समावेश गर्न सकिँदैन । राकुटेन भाइबरका सीईओ ओफिर इयालले यस नवीनतम सुविधा कुराकानीलाई उत्कृष्ट पार्न र टाइम सेभ गर्दै अर्थपूर्ण कनेकशनहरू सुरक्षित गर्न सहयोग गर्ने बताए ।
फोल्डर्स फिचर विश्वव्यापी रूपमा रोलआउट हुन सुरू गरिसकेको छ । आगामी केही महिनाहरूमा राकुटेन भाइबरका २२.० र त्यसमाथिका भर्जन भएका सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछन् ।
१० भन्दा बढी च्याट भएका प्रयोगकर्ताहरूले एप खोल्ने बित्तिकै यसको सुविधा प्राप्त गर्नेछन्। फोल्डर्स अक्टिभेट गर्न मुख्य च्याट स्क्रिनमा More मा गएर Manage Folders सेलेकट गरी च्याटहरू थपेर गर्न सकिन्छ।
आईसीटी समाचार