कीवर्डहरू -

अलराउण्डर स्मार्टफोन रेड्मी १३, के के छन् सुविधा ?

अलराउण्डर स्मार्टफोन रेड्मी १३, के के छन् सुविधा ?

सुपथ मूल्यका सुविधा सम्पन्न स्मार्टफोनहरु बजारमा फेला पार्न निकै चुनौतिपूर्ण हुन्छ । सामान्यतया, बजारका स्मार्टफोनहरुमा जति धेरै सुविधा भयो त्यतिनै मूल्य उच्च हुन्छ । जसले गर्दा आफ्नो खल्ती खाली नगरी आफूले चाहेको सबै सुविधायुक्त फोन किन्न गाह्रो छ । अहिलेको आधुनिक युगमा ग्राहकहरु सुपथ मूल्यमा अधिकतम् सुविधा भएको स्मार्टफोनहरु खरिद गर्न चाहन्छन्।

गेमिङ, फोटोग्राफी, र अन्य दैनिक कार्यहरू निर्बाध रूपमा धान्न सक्ने फोनको विकासमा पूरा विश्वका वैज्ञानिकहरु लागेका छन् । आविश्कारको यो दौडमा स्मार्टफोन उद्योगले फट्को मार्दैछ । जसको फल स्वरुप हामीले थप किफायती मूल्यमा सुविधायुक्त स्मार्टफोनहरूको प्रयोग गर्न पाईरहेका छौं । 

हेर्दा आकर्षक र राम्रो चल्ने स्मार्टफोन जुन बजारमा सुपथ मूल्यमा सहजै प्राप्त गर्न सकिन्छ त्यस्तो फोनलाई नै अलराउण्डर स्मार्टफोन भन्दा फरक पर्दैन । यी सबै सुविधा सहित बजारमा आएको छ रेड्मी १३ । यो स्मार्टफोनमा प्रयोग भएको हेलियो जी ९१ अल्ट्रा प्रोसेसर, १०८ एमपीको सुपर क्लियर क्यामेरा, ६.७९ इन्चको फुल एचडी प्लस डट डिस्प्ले, ५०३० एमएचको ब्याट्रीको र ३३ वाटको चार्जर जस्ता अत्याधुनिक प्रविधिहरुले सर्वसाधरणको मन जित्न सफल भएको छ । 

यो फोन ६ जीबी र्‍याम १२८ जीबी र ८ जीबी प्लस २५६ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ । रेड्मी १३ को मिडियाटेक हेलियो जि ९१ अल्ट्रा एडभान्स्ड चिपसेटले विभिन्न कार्यहरूलाई सजिलैसँग हेन्डल गर्छ । यसमा भएको ६.७९ इन्चको फुल एचडी + डट डिस्प्ले  र ९० हर्जको सम्मको रिफ्रेस रेटले प्रयोगकर्ताहरुलाई भिडियो हेर्न, गेम खेल्न, र सामाजिक संजाल प्रयोग गर्न एकदमै सहजता प्रदान गर्दछ यस फोनको  डिस्प्लेले ब्लु लाईट  फिल्टर गर्छ  जसको कारण तपाईले  लामो समयसम्म  फोन  चलाउँदा नि तपाईको आँखालाई गारो बनाउँदैन । उत्कृष्ट क्यामारा सेटअप सहित रेड्मी १३ बाट उत्कृष्ट फोटो र भिडियो खिच्न सकिन्छ ।

यसको रियर क्यामेरामा १०८ मेगापिक्सेलको सामसङ आइसोसेल एचएम ६ क्यामेरा समाबेश गरिएको छ ।  यस स्मार्टफोनको ३० एफपिइएसमा १०८० पि एचडी भिडियो मोड र ७२० पि एचडी भिडियो मोडले  भिडियोमा रुची राख्नेहरुका लागि थप मजा प्रदान गर्दछ । 

५,०३० एमएचको ब्याट्रीले प्रयोगकर्ताहरुलाई घरी घरी चार्ज गर्नपर्ने झन्झटबाट मुक्त राख्छ भने ३३ वाटको चार्जरले चाँही फोनलाई थोरै समयमै चार्ज गर्छ । आकर्षक हुनुका साथै टिकाउ पनि भएको रेड्मी १३ ले एक अलराउण्डर स्मार्टफोनको रुपमा बजारमा चर्चा कमाउदैछ । 

रेड्मी १३ मिडनाइट ब्ल्याक, पर्ल पिंक र ओशन ब्लू रंगहरूमा उपलब्ध छन् । ६ जीबी + १२८ जिबी र ८ जीबी + २५६ जिबी भेरियन्टमका मुल्यहरु क्रमशः १८ हजार ९९९ रूपैयाँ २१ हजार ९९९ रूपैयाँ रहेको छ ।