काठमाडौं । जब–जब पेन ड्राइव कम्प्युटर वा फोनसँग जडेको हुन्छ, हामीलाई लाग्छ काम सकियो । तर वास्तविकतामा अपरेटिङ सिस्टम (विन्डोज वा एन्ड्रोइड) पृष्ठभूमिमा केही डेटा राइट गरिरहेको हुन्छ । यदि तपाईं त्यही बेला पेन ड्राइव तान्नुहुन्छ भने राइटिङ प्रक्रिया बीचमै टुट्छ । त्यसले तपाईंका फाइलहरू करप्ट हुन सक्छन् र तिनीहरूलाई फेरि रिकभर गर्नु लगभग नामुमकिन हुन सक्छ ।
पेन ड्राइव मात्र स्टोरेज डिभाइस होइन, यो एउटा इलेक्ट्रोनिक सर्किट हो । जडित अवस्थामा त्यसमा निरन्तर बिजुलीको प्रवाह रहन्छ । बिना सफ्टवेयर कमान्ड (इजेक्ट) को हटाउँदा अचानक भोल्टेज स्पाइक आउन सक्छ । त्यो करेन्टले पेन ड्राइवको इन्टरनल मेमोरी चिपलाई जलााउन सक्छ र पेन ड्राइव डेड हुन सक्छ । यसले तपाईंको ल्यापटपको यूएसबी पोर्ट पनि बिगार्न सक्छ ।
हरेक पेन ड्राइव विशेष फर्म्याट (जस्तै एफएटी 32 वा एनटीएफएस) मा काम गर्छ । अचानक डिस्कनेक्शनले यी इन्डेक्स सिस्टमहरू बिगार्छ । धेरै पटक यस्तो अवस्थामा कम्प्युटरले पेन ड्राइवलाई चिनिदिन छोड्छ र फर्म्याट डिस्कको एरर देखाउन थाल्छ । एउटा क्लिकको गल्तीले तपाईंको वर्षौँको डेटा एकैपटक हराउन सक्छ ।
आफ्नो डिभाइस कसरी बचाउने ?
कम्प्युटर वा ल्यापटपका लागि: यदि तपाईं आफ्नो डेटा सुरक्षित राख्न चाहनुहुन्छ भने सर्वप्रथम माई कम्प्युटरमा गएर सम्बन्धित ड्राइवमा राइट–क्लिक गरी इजेक्ट रोज्नुहोस् । अथवा टास्कबारको कुनामा रहेको सेफ्ली रिमुभ हार्डवेयर आइकन पनि प्रयोग गर्न सक्नुहुन्छ ।
स्मार्टफोनका लागि: नोटिफिकेशन बार तलतिर तानेर यूएसबी स्टोरेज नजिक देखिएको इजेक्ट विकल्पमा ट्याप गर्नुहोस् ।
यस प्रक्रिया पछाडि जब सिस्टमले ‘सेफ टु रिमूव हार्डवेयर’ म्यासेज देखाउँछ त्यसपछि मात्र फिजिकल रूपमा ड्राइव निकाल्नुहोस् ।
आईसीटी समाचार