कीवर्डहरू -

आरओजी फोन ८ ल्याउँदै असुस

आरओजी फोन ८ ल्याउँदै असुस

असुसले आरओजी फोन ८ ल्याउने भएको छ । असुसले एक्समार्फत एउटा पोष्ट साझा गरेको छ, जसमाआरओजी फोन ८ ल्याउन लागेको जनाइएको छ ।

टिजरमा फोनको डिजाइनका साथै स्मार्टफोनको स्पेक्स वा रिलीज विन्डोसँग सम्बन्धित कुनै जानकारी दिइएको छैन् ।​​​​​​​

नोटबुक चेकको एक रिपोर्ट अनुसार, असुसले आरओजी फोन ८ लाइनअप अन्तर्गत दुई मोडेलहरू एआइ २४०१ ए र एआइ २४०१ डी  मोडेलमा काम गरिरहेको छ ।​​​​​​​फोनको क्यामेरा मोड्युल वर्गाकार हुने अपेक्षा गरिएको छ ।

असुस आरओजी फोन ८ मा ट्रिपल रियर–फेसिङ क्यामेरा सेटअप डिजाइन हुने अनुमान लगाइएको छ । रिपोर्टमा दावी गरिएको अनुसार दुबै स्मार्टफोनहरू स्न्यापड्रागन ८ जेन ३ प्रोसेसरसँग आउने सम्भावना छ ।