कीवर्डहरू -

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ ब्ल्यांकसरलाई प्रदान

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ ब्ल्यांकसरलाई प्रदान

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ ब्ल्यांकसरलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभको ग्राण्ड फिनाले कार्यक्रममा ब्ल्यांकसरलाई राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ प्रदान गरिएको हो ।

यस विधामा विद्यार्थीले बनाएका आइटी प्रोजेक्टलाई सम्मान तथा प्रोत्साहन गरिन्छ । प्राप्त आवेदन मध्येबाट यो अवार्ड ब्ल्यांकसर जित्न सफल भएको हो ।

ब्ल्यांकसर करिब १ वर्ष अगाडि काठमाडौं विश्वविद्यालयमा पढ्ने किरण न्यौपाने र प्रशान्त फुँयालले सुरू गरेको प्लेटफर्म हो । यसबाट विभिन्न ई-कमर्सका लागि आवश्यक वेबसाइटहरू बनाउन सकिन्छ । यसमा छिटो रेस्पोनसिभ सुविधा, वेबसाइट कस्टुमाइजेसन, अनलाइन पेमेन्ट लगायतका सुविधा रहेका छन् । ब्ल्यांकसर, ई-कमर्स अर्थात अनलाइन व्यापार सञ्चालन गर्न सघाउने सजिलो माध्यम हो ।