कीवर्डहरू -

सामसङले घोषणा गर्‍यो फोल्डेबल फोन जेड फोल्ड ६ र जेड फ्लिप ६

सामसङले घोषणा गर्‍यो फोल्डेबल फोन जेड फोल्ड ६ र जेड फ्लिप ६

सामसङले १० जुलाईमा पेरिसमा आयोजित ग्यालेक्सी अनप्याक्डमा आफ्नो नयाँ ग्यालेक्सी जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६, साथै ग्यालेक्सी बड्स ३ र ग्यालेक्सी बड्स ३ प्रोको घोषणा गरेको छ । 

यस वर्षको सुरूवातमै सामसङले ग्यालेक्सी एआईमार्फत मोबाइल एआईको युगको सुरूवात गरेको थियो ।अब सामसुङले यसको सबैभन्दा बहुमुखी र फ्लेक्सिब्ल फर्म फ्याक्टरलाई उपयोग गर्दै ग्यालेक्सी एआईको अर्को अध्याय सुरू गर्ने तयारी गरेको छ । 

सामसङ इलेक्ट्रोनिक्सको मोबाइल अनुभव व्यवसायका प्रमुख टीएम रोले फोल्डेबल र एआई प्रविधिलाई सँगसँगै अगाडि बढाउने बताए । ‘संसारभरिका प्रयोगकर्ताहरूका लागि नयाँ सम्भावनाहरू अनलक गर्न उत्साहित छौं,’ उनले भने, ‘हाम्रा फोल्डेबलहरूले हरेक प्रयोगकर्ताको अनौठो आवश्यकताहरू पूरा गर्छन् र अब ग्यालेक्सी एआईको शक्तिले प्रवर्धित भएकोले, सामसुङले कहिल्यै नभएको अनुभव प्रदान गर्नेछ ।’

सामसुङको फोल्डेबलहरूको निरन्तर नवप्रवर्तनले सबैभन्दा स्लिम  (पातलो)  र हल्का ग्यालेक्सी जेड सिरिज बनाएको छ, जसलाई पोर्टेबिलिटीका लागि अनुकूलित गरिएको छ। ग्यालेक्सी जेड फोल्ड ६ मा नयाँ कभर स्क्रिन अनुपातले अधिक प्राकृतिक बार-प्रकारको दृश्य अनुभव प्रदान गर्ने कम्पनीको दावी छ । 

डिजाइन परिष्कृततासँगै, नयाँ ग्यालेक्सी जेड सिरिजले अझ बढी टिकाउपन प्रदान गर्नेछ । नवीनतम ग्यालेक्सी जेड सिरिजमा पनि उन्नत आर्मर एल्युमिनियम र कोर्निङ गोरीला ग्लास भिक्टस २ राखिएको छ ।

ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६ दुवै ग्यालेक्सीको लागि स्न्यापड्रागन ८ जेन ३ प्रोसेसर प्रयोग गरिएको छ । प्रोसेसर एआई अनुकूलित भएको र उन्नत ग्राफिक्सको समेत अनुभव गर्न पाइने छ । 
उन्नत कूलिंग प्रणालीले ग्यालेक्सी जेड फोल्ड ६ मा ठूलो भ्यापर चेम्बर पनि रहेको छ ।