कीवर्डहरू -

सुरक्षण मुद्रण सम्बन्धि विधेयक प्रमाणीकरण,बैंक नोटदेखि ड्राइभिङ लाइसेन्ससम्म नेपालमै छपाइ हुने

सुरक्षण मुद्रण सम्बन्धि विधेयक प्रमाणीकरण,बैंक नोटदेखि ड्राइभिङ लाइसेन्ससम्म नेपालमै छपाइ हुने

राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षण मुद्रण सम्बन्धि विधेयक प्रमाणीकरण गरेका छन् । 

संविधानको धारा ११३ को उपधारा (२) बमोजिम सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि संघीय संसदको दुवै सदन प्रतिनिसभा र राष्ट्रिय सभाबाट पारित गरेर प्रमाणीकरणका लागि विधेयक राष्ट्रपति कहाँ पठाइएको थियो ।

त्यसपछि असार १८ गते मंगलबार राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका हुन् । 

योसँगै नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमतिपत्र छपाइ अब नेपालमै हुनेछ ।