कीवर्डहरू -

अवैध क्रिप्टोमार्फत अनलाइन खेल खेलाएको आरोपमा सात जना पक्राउ

अवैध क्रिप्टोमार्फत अनलाइन खेल खेलाएको आरोपमा सात जना पक्राउ

अवैध क्रिप्टोमार्फत अनलाइन खेल खेलाएको आरोपमा सात जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंका विभिन्न स्थानबाट सात जनालाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेहरुमा सिराहा जिल्लाका २४ वर्षीय मिथलेश कुमार मण्डल, मुरारी साह, आर्यन साह, अनिश कुमार रौनियार, २६ बर्षका रोशन चौधरी जैसवाल, २३ बर्षका शिवमकुमार यादव र २४ बर्षका हरिशंकर चौधरी रहेका छन् ।

गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट विभिन्न ब्राण्डका मोबाइलहरु १६ थान र चार थान ल्यापटपहरु बरामद गरिएको छ । आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिई सोधपुछ भईरहेको प्रहरीले जनाएको छ ।