कीवर्डहरू -

वित्तीय प्रणाली सुरक्षित बनाउन सिद्धार्थ बैंकद्वारा मनीपाल टेक्नोलोजिजसँग सम्झौता

वित्तीय प्रणाली सुरक्षित बनाउन सिद्धार्थ बैंकद्वारा मनीपाल टेक्नोलोजिजसँग सम्झौता

ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउनका लागि सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिज लिमिटेड बीच सम्झौता भएको छ । 

यस पहलले एंटी मनी लाउन्डरिंग प्रविधिको सुदृढिकरण गरी  नेपाल राष्ट्र बैंकका नियामकीय आवश्यकता अनुरूप वित्तीय अपराधको जोखिमलाई न्यूनीकरण गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास बैंकको छ । 

यस सोलुसनले सिद्धार्थ बैंकलाई कृत्रिम बुद्धिमत्ता  र मेसिन लर्निङको प्रयोग गरी कारोबार अनुगमन, ठगी नियन्त्रन तथा ग्राहक पहिचान पद्धति अवलम्बन गर्न सक्षम बनाउने बैंकको भनाइ छ ।