कीवर्डहरू -

भोलि एनसीआईटी कलेजमा सफ्टवेयर फ्रिडम डे मनाइँदै

भोलि एनसीआईटी कलेजमा सफ्टवेयर फ्रिडम डे मनाइँदै

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा सफ्टवेयर फ्रिडम डे मनाइने छ । असोज ५ गते शनिबार एनसीआईटीमा सफ्टवेयर फ्रिडम डे २०२४ आयोजना हुने भएको हो ।

एनसीआईटी कलेज बालकुमारी ललितपुरमा शनिबार बिहान १० बजेदेखि सफ्टवेयर फ्रिडम डेका कार्यक्रमहरू सुरू हुनेछन् ।

उक्त कार्यक्रममा किनोट स्पीच, क्याप्चर स फ्ल्याग प्रतियोगिता, ओपन सोर्स परियोजना डेमो तथा प्रदर्शनी, खेल तथा मनोरञ्जन लगायतका गतिविधि हुनेछन् ।

सफ्टवेयर फ्रिडम डे प्रत्येक वर्ष सेप्टेम्बरको तेस्रो शनिबार मनाइन्छ । फ्रिडम डे विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना गरेर मनाउँदै आइएको छ ।

नेपालमा पनि २० वर्षदेखि नेपाल ओपन सोर्स क्लबले सक्रिय रूपमा सफ्टवेयर फ्रिडम डे आयोजना गर्दै आएको छ ।