कीवर्डहरू -

पोखरामा सुरू भयो २ दिने वर्डक्याम्प नेपाल

पोखरामा सुरू भयो २ दिने वर्डक्याम्प नेपाल

पोखरामा दुई दिने वर्डक्याम्प नेपाल सुरू भएको छ । शुक्रबारदेखि शनिबारसम्म चल्ने २ दिने वर्डक्याम्प नेपाल होटल पोखरा ग्रान्डमा सुरू भएको हो ।  

कार्यक्रममा १ हजार बढी स्वदेशी तथा विदेशी सहभागीहरुको उपस्थिति रहेको छ । दुई दिनसम्म चल्ने उक्त सम्मेलनको पहिलो दिन अर्थात आज (१२ जनवरी)मा वर्डप्रेस सफ्टवेयरलाई अझ सुरक्षित, उत्कृष्ट तथा सबल बनाउन कसरी योगदान गर्न सकिन्छ भन्ने बारे जानकारी तथा विशेष योगदान गर्ने दिन रहेको छ ।

दोस्रो दिन अर्थात भोलि (१३ जनवरी)मा मुख्य सम्मेलन सम्पन्न हुनेछ । कार्यक्रममा वर्डप्रेस र सूचना प्रविधि क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त विज्ञहरूले वेभ डिजाइन, युजर इन्टरफेस डिजाइन, डिजिटल मार्केटिङ्ग, डिजिटल सामग्री निर्माण, सर्च इन्जिन अप्टिमाइजेसन (SEO), मेसिन लर्निङ, आर्टिफिशियल इन्टेलिजेन्स, वर्डप्रेस समुदायको विकास लगायतका अन्य थुप्रै विषयहरुमा अनुभव र ज्ञान आदानप्रदान गर्नुका साथै सूचना तथा प्रविधीका नविन आयामहरु बारे जानकारी प्रदान हुनेछन् ।

यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले पोखरा र नेपालकै सूचना प्रविधि क्षेत्रमा काम गर्ने व्यक्ति तथा कम्पनीहरूलाई आपसी सहयोग, सहकार्य तथा नेपालको अन्तर्राष्ट्रिय सूचना-प्रविधि बजारमा प्रचार हुने विश्वास गरिएको आयोजकको भनाइ छ ।

वर्डप्रेस नेपालले सन् २०१२ देखि नेपालमा वर्डक्याम्पहरू आयोजना गर्दै आइरहेको छ । पछिल्लो पटक सन् २०२२ मा भरतपुरमा वर्डक्याम्प आयोजना भएको थियो ।