कीवर्डहरू -

फेसबुकमा प्राविधिक गडबडी, प्रयोगकर्ता अलमलमा

फेसबुकमा प्राविधिक गडबडी, प्रयोगकर्ता अलमलमा

काठमाडौं । फेसबुकको डेस्कटप संस्करणमा आइतबार दिउँसो प्राविधिक समस्या देखिएपछि विश्वभरका धेरै प्रयोगकर्ता प्रभावित भएका छन् । समस्या देखिएसँगै कतिपय प्रयोगकर्ताको फेसबुक अकाउन्ट स्वत: लगआउट भएको, पेज नखुलेको तथा "Account Temporarily Unavailable" भन्ने सन्देश देखिएको छ । केहीले फेसबुक लोड हुन ढिलाइ भएको वा लगइन गर्न नसकेको गुनासो गरेका छन् ।

वेबसाइटहरूको सेवा अवस्थाबारे जानकारी दिने डाउन डिटेक्टर (Downdetector) मा पनि ठूलो संख्यामा प्रयोगकर्ताले फेसबुकमा समस्या आएको रिपोर्ट गरेका छन् । उपलब्ध विवरणअनुसार समस्या आइतबार दिउँसो करिब १:३० बजेदेखि देखिन थालेको हो ।

हालसम्म फेसबुकको मातृ कम्पनी मेटा (Meta) ले समस्याको कारणबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । प्राविधिक समस्या समाधान गर्ने प्रयास भइरहेको अनुमान गरिएको छ । त्यसैले प्रयोगकर्तालाई केही समय पर्खिएर पुन: प्रयास गर्न सुझाव दिइएको छ ।