कीवर्डहरू -

इन्स्टाग्राममा एआई पावर्ड सर्चबार परीक्षण गर्दै मेटा

इन्स्टाग्राममा एआई पावर्ड सर्चबार परीक्षण गर्दै मेटा

मेटाले इन्स्टाग्राममा एआई पावर्ड सर्चबार परीक्षण गरिरहेको छ । कम्पनीले इन्स्टाग्रामको सर्च बार र च्याटमा मेटा एआई राख्ने गरी परीक्षण सुरू गरेको हो । 

पछिल्लो समय मेटाले आफ्ना प्रयोगकर्ताहरूलाई जेनेरेटिभ एआईबाट सञ्चालित प्रडक्टहरुलाई उपलब्ध गराउन अग्रसर भएको छ । 

सर्चबारको सर्च क्वेरीले मेटा एआईसँग च्याट गराउन सघाउने छ, जहाँ तपाईले आफैले प्रश्न सोध्न वा पहिले नै निर्धारित गरिएका प्रम्प्टहरू प्रयोग गर्न सक्नु हुनेछ । 

साथै मेटा एआईले नयाँ सामग्री सजेष्ट गर्न समेत सहयोग गर्नेछ । हालै मेटाले ह्वाट्सएपमा एआई च्याटबटको परीक्षण समेत गरिरहेको छ ।