कीवर्डहरू -

इनड्राइभको ‘द बेटर ड्राइभ: इनिसिएटिभ – मनी, माइन्ड, म्यानर’ कार्यक्रम सम्पन्न

इनड्राइभको ‘द बेटर ड्राइभ: इनिसिएटिभ – मनी, माइन्ड, म्यानर’ कार्यक्रम सम्पन्न

इनड्राइभले चालक साझेदारहरूको शशक्तिकरण र सामुदायिक संलग्नतालाई थप मबजुत बनाउन ‘द बेटर ड्राइभः इनिसिएटिभ– मनी, माइन्ड, म्यानर’ विषयमा आयोजना गरेको कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागी इन्ड्राइभ चालकरूलाई सडक सुरक्षा, ट्राफिक नियम, आर्थिक साक्षरता, मानसिक स्वास्थ्य र ग्राहक सेवाको महत्त्व जस्ता महत्वपूर्ण विषयमा सेसन सञ्चालन गरिएको थियो ।

 इनड्राइभले केवल रोजगारीका अवसरहरू प्रदान गर्ने मात्र नभई, आफ्ना चालक साझेदारहरूको समग्र हित, सशक्तिकरण र दीर्घकालीन पेशागत विकासप्रति प्रतिबद्धता जनाउँदै कार्यक्रम आयोजना गरेको जनाएको छ । 

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास थपलियाले सडक सुरक्षा र ट्राफिक नियमहरूका विषयमा प्रस्तुती दिएका थिए । यस्तै आईएमई पेका चिफ ग्रोथ अफिसर संजीव न्यौपानेले वित्तीय साक्षरताको विषयमा सेसन प्रदान गरेका थिएन भने ह्याप्पी माइन्ड्सकी संस्थापक श्रेया गिरीले मानसिक स्वास्थ्यको विषयमा सेसन सञ्चालन गरेकी थिइन । 

त्यसैगरी ग्राहक अनुभव वृद्धिका लागि मोटिभेसनल स्पीकर रञ्जित आचार्यले ग्राहकहरूप्रति सम्मान, आत्मीयता र सहृदय व्यवहारले सेवा अनुभवमा कसरी सकारात्मक प्रभाव पार्छ भन्नेबारे प्रेरणादायी उदाहरणसहित प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा इनड्राइभका एसिया प्यासेफिक रिजनका रिजनल डाइरेक्टर मार्क टलीले चालक साझेदारहरूको सशक्तीकरणका लागि कार्यक्रम आयोजना गरेको बताए । 

‘द बेटर ड्राइभः इनिसिएटिभ — मनि, माइण्ड, म्यानर’ कार्यक्रममार्फत हामी एकजुट, सुरक्षित, र समर्पित राइड–हेलिङ्ग समुदायको निर्माणमा योगदान पु‍र्याउन चाहन्छौं,’ उनले भने, ‘यस्ता पहलहरूले हामीलाई नेपालमा उत्तरदायी, दिगो र समावेशी मोबिलिटी इकोसिस्टमको आधार निर्माण गर्ने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाउँछ ।’