कीवर्डहरू -

सीजीले नथिङ ब्राण्डका स्मार्टफोन नेपाल ल्याउने

सीजीले नथिङ ब्राण्डका स्मार्टफोन नेपाल ल्याउने

सीजी (चौधरी ग्रुप) ले नेपालमा नथिङ ब्राण्डका स्मार्टफोन र इयरफोन नेपाल ल्याउने भएको छ । यसका लागि नथिङ टेक्नोलोजी लिमिटेड र सीजीबीच सम्झौता भएको हो । 

सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले छिट्टै नथिङका उत्पादन नेपाल आउने जानकारी दिएका छन् । 

बेलायतको राजधानी लन्डनमा मुख्यालय रहेको विद्युतीय सामग्री उत्पादक कम्पनी नथिङ सन् २०२० मा स्थापना भएको थियो । 

चिनियाँ स्मार्टफोन ब्राण्ड वालप्लस छोडेर कार्ल पेईले नथिङ सुरू गरेका थिए ।