कीवर्डहरू -

एक्सको आइओएस एपमा पासकी फिचर उपलब्ध

एक्सको आइओएस एपमा पासकी फिचर उपलब्ध

लामो प्रतीक्षापछि एक्सले सबै आईओएस प्रयोगकर्ताहरूको लागि पासकी सेवा सुरू गरेको छ । गत जनवरीमा पासवर्डको विकल्पमा पासकी फिचर ल्याइएको थियो । पहिले एक्स पासकी अमेरिकी प्रयोगकर्ताका लागि मात्र थियो तर अब यसलाई विश्वव्यापी रूपमा जारी गरिएको छ ।

एक्सको पासकी फिचर हाल वेब र एन्ड्रोइडका लागि उपलब्ध छैन् तर यो चाँडै एन्ड्रोइडका लागि पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ । 

एक्सले आफ्नो आधिकारिक ह्यान्डलमार्फत आफ्नो प्लेटफर्मको यो सुविधा घोषणा गरेको छ । आईओएस अर्थात् आईफोन प्रयोगकर्ताहरूले यो पासकीको फाइदा लिन सक्नेछन् । पासकीका याद गर्न आवश्यक छैन भने यो लीक हुने जोखिम नरहेको कम्पनीको भनाइ छ । 

यो धेरै डिभाइसमा प्रयोग गर्न सकिन्छ । गुगल क्रोममा पनि पासकी सुविधा उपलब्ध छ । कसैले पनि पासवर्ड अनुमान गर्न सक्दैन् । आफ्नो आईफोनमा एक्सको पासकी खोल्नका लागि, आफ्नो एक्स अकाउन्टको सेटिङ एण्ड प्राइभेसीमा जानुहोस् । त्यस पछि सेक्युरिटीमा क्लिक गर्नुहोस् र एडिस्नल पासवर्ड प्रोटेक्सनबाट पासकी चयन गर्नुहोस् ।