कीवर्डहरू -

थ्रेडमा सर्च गर्न सजिलो बनाउने फिचर आउँदै

थ्रेडमा सर्च गर्न सजिलो बनाउने फिचर आउँदै

थ्रेड्समा कुनै पनि विषय सर्च गर्न सजिलो बनाउने गरी नयाँ फिचरमा काम गरिरहेको छ । मेटाले थ्रेड्समा रिसेन्ट फिल्टरको परीक्षण सुरु गरेको छ ।

परीक्षण सुरु गरेको जानकारी इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले दिएका छन् । हाल, यो फिचर थ्रेड्समा परीक्षण भइरहेको छ जसमा धेरै कम प्रयोगकर्ताहरूको पहुँच छ ।

मोसेरीका अनुसार यो फिचर धेरै सीमित प्रयोगकर्ताहरूका लागि परीक्षण भइरहेको छ । बेटा प्रयोगकर्ताहरूका लागि एपमा दुईवटा फिल्टरहरू टप र रिसेन्ट देखिने छन् ।

रिसेन्ट फिल्टरमा क्लिक गरेपछि, प्रयोगकर्ताहरूले नवीनतम पोस्टहरू हेर्न पाउनेछन् । यसअघि पनि कम्पनीले यस वर्षको सुरुमा गल्तीले यो फिचर जारी गरेको थियो तर पछि हटाइएको थियो । गत वर्ष नोभेम्बरमा, मोसेरीले रियल टाइम सर्च फिचर थ्रेड्समा छिट्टै उपलब्ध हुने बताएका थिए ।