कीवर्डहरू -

ह्वाट्सएपको स्टेटस अपडेटको रिप्लाइ बार परिमार्जन हुँदै

ह्वाट्सएपको स्टेटस अपडेटको रिप्लाइ बार परिमार्जन हुँदै

ह्वाट्सएपको स्टेटस अपडेटमा अब विस्तृत रिप्लाइ बार उपलब्ध हुने भएको छ । वाईबेटाइन्फोको नयाँ रिपोर्टमा ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताहरूका लागि स्टेटस अपडेटहरूमा रिप्लाइ बार बेटा भर्सनमा रोल आउट गरिरहेको छ ।

नयाँ परिवर्तनहरू बारे यस रिपोर्टमा स्क्रिनसट पनि साझा गरिएको छ । अहिलेसम्म ह्वाट्सएपकन्ट्याक्टको स्टाटस जवाफ दिन, प्रयोगकर्ताले फोनको स्क्रिन तलबाट माथि तान्नु पर्ने गरेको छ ।

यसको कारण फोनको सम्पूर्ण पृष्ठमा स्टाटस देखिन्छ र स्टाटसको रिप्लाइ दिन रिप्लाइ बार हाल लुकेको छ ।

फोनको तल्लो स्क्रिनमा रिप्लाई विकल्प देखिन्छ । यसपछि स्क्रिनलाई ड्र्याग गरेर जवाफ दिनुपर्छ । यद्यपी, नयाँ अपडेटपछि, जवाफ पट्टी स्टेटस स्क्रिनमै देखिने छ । 

ह्वाट्सएपको यो नवीनतम अपडेट हाल एन्ड्रोइड र आईओएस बेटा प्रयोगकर्ताहरूको लागि उपलब्ध छ ।