कीवर्डहरू -

ह्वाट्सएमा अब एचडी क्वालीटीमा स्टाट्स सेयर गर्न सकिने

ह्वाट्सएमा अब एचडी क्वालीटीमा स्टाट्स सेयर गर्न सकिने

अब ह्वाट्सएप स्टाट्स सेयर गर्दा एचडी क्वालिटीमै फोटो–भिडियो शेयर गर्न सकिने भएको छ ।  वाबेटाइन्फोको पछिल्लो रिपोर्ट अनुसार, ह्वाट्सएपमा प्रयोगकर्ताहरूका लागि एचडी क्वालिटीमै फोटो र भिडियो स्टाट्समा शेयर गर्न सकिने नयाँ फिचर आउँदै छ । 

ह्वाट्सएप स्टाट्समा सेयर गरिएका फोटो र भिडियोहरूको गुणस्तर एचडी राख्न सकिने छ । ह्वाट्सएपमा स्टाट्स सेयर गर्दा फोटो–भिडियोको खराब गुणस्तर ह्वाट्सएप प्रयोगकर्ताहरूको लागि ठूलो समस्या भएको थियो ।

ह्वाट्सएप प्रयोगकर्ताहरूले यस समस्याको बारेमा कम्पनीलाई पटक पटक अनुरोध गरिरहेका थिए । ह्वाट्सएप कन्ट्याक्टमा एचडी क्वालिटीमा फोटो र भिडियो सेयर गर्ने सुविधा पहिले नै ल्याइसकेको छ ।

ह्वाट्सएपमा स्टेटस पोस्ट गर्दा फोटो र भिडियोको गुणस्तर एचडीमा राख्नको लागि, तपाईंले एचडी अप्सनमा ट्याप गर्नुपर्नेछ । यस विकल्पमा ट्याप गरेर स्टेटस अपडेट हुने बित्तिकै एचडी क्वालिटीमा तस्विर र भिडियोहरू हेर्न सकिन्छ ।