कीवर्डहरू -

विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा दोषी ठहर

विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा दोषी ठहर

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । 

सोमबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र न्यायाधीशहरु राम बहादुर थापा र रितेन्द्र थोपाको इजलासले झुटा विवरण पेस गरी भ्रष्टाचार गरेको अभियोगमा पौडेललाई दोषी ठहर गरेको हो । 

अदालतले उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा अनुसार कसुर गरेको ठहर गर्दे १ वर्ष कैद र १० हजार जरिवाना हुने फैसला सुनाएको छ । 

विकलले आफ्नो अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र रहेको कुरा ढाँटेर नेपालमा सरकारी सेवामा कार्यरत रहेको ठहर गर्दै उक्त सजाय सुनाएको हो ।

यसअघि उनी २ वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका थिए । विशेषमा उनका विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको मुद्दा बाँकी नै छ ।