कीवर्डहरू -

विश्वको पहिलो एआई प्रतियोगिता मिस एआई घोषणा, यसरी हुनेछ विजतेाको छनौट

विश्वको पहिलो एआई प्रतियोगिता मिस एआई घोषणा, यसरी हुनेछ विजतेाको छनौट

विश्वको पहिलो एआई इन्फ्लुएन्सर प्रतियोगिता मिस एआई घोषणा भएको छ । यस प्रतियोगितामा उत्कृष्ट र प्रभावकारी  एआई मोडल छनोट गरिने छ ।

यो प्रतियोगिता वर्ल्ड एआई क्रिएटर अवार्ड्स (डब्लुएआईसी) द्वारा आयोजना गरिएको हो । एउटै प्लेटफर्म मार्फत विश्वभरका एआई सिर्जनाकर्ताहरूको उपलब्धिहरू प्रदर्शन गर्नु यसको उद्देश्य रहेको छ ।

वेबसाइट सूची अनुसार यस प्रतियोगिताका विजेताहरूलाई अमेरिकी डलर २० हजार पुरस्कार दिइनेछ । मिस एआई प्रतियोगितामा भाग लिनको लागिअप्रिल १४, २०२४ देखि दर्ता सुरु भएको छ । एआई–उत्पन्न मोडेलहरू सिर्जना गर्ने सिर्जनाकर्ताहरूले यस प्रतियोगितामा भाग लिन सक्छन् । 

यद्यपि, प्रतियोगितामा भाग लिनका लागि क्रियटर १८ वर्षभन्दा माथिको हुनुपर्नेछ । यससँगै क्रियटरको सामाजिक सञ्जालको उपस्थिति पनि महत्त्वपूर्ण रहने छ । 

यस विशेष कार्यक्रममा फेसन, डाइभर्सिटी र एआई जेनरेटेड कन्टेन्ट जस्ता अन्य अवार्डहरू पनि प्रदान गरिने आयोजकले जनाएको छ । तथापि, मिस एआई विशेष रूपमा महिला एआई–उत्पन्न मोडेल र सोशल मिडिया इन्फ्लुएन्सरमा आधारित हुनेछ ।

एआई मोडेलहरू सिर्जना गर्नका लागि डिभाइसमा कुनै प्रतिबन्ध हुने छैन् । यस प्रतियोगितामा, सहभागीहरूलाई सौन्दर्य, प्रविधि र सोसल क्लाउट तीन मापदण्डका आधारमा मूल्यांकन गरिने छ ।

सौन्दर्य विधा अन्तगर्त शिष्टता र सौन्दर्यसँगै प्रश्नहरूको जवाफ दिने तरिकाका आधारमा मूल्यांकन हुनेछ । टेक एआई मोडेलहरूमा एआई टूल प्रयोग र लागू गरिएको सीपमा केन्द्रित हुने आयोजकको भनाइ छ । यसका साथै आउटपुटका लागि प्रयोग गरिएको प्रम्प्ट पनि जाँच हुनेछ । 

यस्तै सोशल क्लाउट मापदण्डले एआई मोडेलको फ्यान–फलोइङ र इन्स्टाग्राम जस्ता प्लेटफर्महरूमा मोडेलको फलोअर वृद्धिलाई ध्यानमा राख्ने छ ।

प्रतियोगिताको मूल्यांकन गर्नका लागि चार सदस्यीय निर्णायह समूह हुनेछ । निर्णायकमा आइटाना लोपेज (३० लाखभन्दा बढी फलोअर्स) र एमिली पेलेग्रिनी (२८.१ लाखभन्दा बढी फलोअर्स) दुवै डिजिटल अवतार हुनेछन् । दुई जना डिजिटल अवतार बाहेक एन्ड्रयू ब्लोच र सैली–एन फाउसेट मानिस निर्णायक टोलीमा रहेका छन् ।