कीवर्डहरू -

यात्रालाई सजिलो र छिटो बनाउने गूगल म्याप्सका यी फिचर

यात्रालाई सजिलो र छिटो बनाउने गूगल म्याप्सका यी फिचर

गुगल म्याप केवल एउटा नक्सा देखाउने प्रणाली मात्रै होइन । यो एउटा पावरफुल टूल हो, जसले तपाईंको यात्रालाई सजिलो र रमाइलो पनि बनाउन मद्दत गर्छ ।

चाहे तपाईं नयाँ शहरमा जानुहोस् वा आफ्नै शहरमा घुम्नुहोस्, गुगल म्याप्समा धेरै यस्ता फिचरहरू छन्, जसले तपाईको यात्रामा मद्दत गर्न सक्छन् ।

आज हामी तपाईंलाई गुगलका केही उत्कृष्ट फिचरहरूबारे बताउँछौं, जुन प्रयोगकर्तालाई थाहा हुनैपर्छ ।

पब्लिक ट्रान्सपोर्ट

यदि तपाईं बस, वा क्याबबाट यात्रा गर्न चाहनुहुन्छ भने गुगल म्याप्सले तपाईंलाई पब्लिक ट्रान्सपोर्टका विकल्पहरू पनि देखाउनेछ । यदि तपाईं पैदल जान चाहनुहुन्छ भने पनि, गुगल म्याप्सले तपाईंलाई पैदल मार्ग पनि देखाउनेछ ।

ट्राफिक

गुगल म्यापले तपाईंलाई रियल टाइममा ट्राफिकको अपडेट देखाउँछ ताकि तपाईं जामबाट बच्न सक्नुहोस् । कुनै बाटोमा जाम छ भने, गुगल म्यापले तपाईंलाई यसबारे पहिले नै जानकारी दिन्छ । यसले गर्दा समय बचत गर्न सकिन्छ । 

स्ट्रिट भ्यू

गुगल स्ट्रिट भ्यूको मद्दतले तपाईं कुनै पनि ठाउँको ३६०–डिग्री भ्यू हेर्न सक्नुहुन्छ । यसले तपाईंलाई त्यस ठाउँबारे जान्न मद्दत गर्दछ । साथै, तपाईंलाई इमर्सिभ भ्यूको सुविधा पनि उपलब्ध हुन्छ । यो एउटा नयाँ फिचर हो जसले तपाईंलाई कुनै पनि स्थानको थ्रीडी मोडल हेर्न दिन्छ ।

अफलाइन म्याप्स

तपाईं गुगल म्यापलाई अफलाइन डाउनलोड गर्न सक्नुहुन्छ, जसले गर्दा इन्टरनेट बिना पनि यसको प्रयोग गर्न सकिन्छ । गुगल म्यापमा तपाईले वरपरका रेस्टुरेन्ट, क्याफे, र बार पनि खोज्न सक्नुहुन्छ । यदि तपाईं गाडीमा यात्रा गरिरहनु भएको छ भने, तपाईं गुगल म्याप्समा पेट्रोल पम्पको जानकारी पनि प्राप्त गर्न सक्नुहुन्छ ।