कीवर्डहरू -

भुटानको पहिलो ओटीटी प्लेटफर्म समूहले प्राप्त गर्यो साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२३

भुटानको पहिलो ओटीटी प्लेटफर्म समूहले प्राप्त गर्यो  साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२३


भुटानको स्टार्टअप कम्पनी समूह मिडियाटेकले साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२३ पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभको ग्राण्ड फिनाले कार्यक्रममा समूह मिडिया टेकलाई सो अवार्ड प्रदान गरिएको हो । 

दक्षिण एशियाली देशहरूका स्टार्टअप र इन्नोभेसन प्रवर्द्धन र प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षदेखि साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड थप गरिएको थियो ।  

यस विधामा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र माल्दिभ्सबाट ६० बढी आवेदन प्राप्त भएका थिए । प्राप्त आवेदनबाट विज्ञ जुरीहरूको निर्णय अनुसार समूह मिडियाटेकले साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२३ प्राप्त गर्न सफल भएको हो । 

समूह मिडिया टेक भुटानको स्टार्टअप कम्पनी हो । कम्पनीले भुटानको पहिलो ओटीटी प्लेटफर्म समूह सञ्चालन गरिरहेको छ । 

समूहमा भुटानीज फिल्म, टिभी सिरिज, डकुमेन्ट्री, शर्ट फिल्म, म्युजिक भिडियो र एनिमेसन कन्टेन्ट लगायत राखिएको छ । आधिकारिक रूपमा सन् २०२२ मा सार्वजनिक भएको समूह ११७ बढी देशबाट प्रयोग गर्न सकिन्छ । 

यो भुटानको नम्बर वान इन्टरटेनमेन्ट एप हो । विश्वभर १ लाख २० हजार बढी यसका प्रयोगकर्ता रहेका छन् ।