कीवर्डहरू -

ट्राभल कम्पनीको सिस्टम ह्याक गरी करिब २ करोड ठगी गर्ने एकजना पक्राउ

ट्राभल कम्पनीको सिस्टम ह्याक गरी करिब २ करोड ठगी गर्ने एकजना पक्राउ

ट्राभल कम्पनीको युजर आईडी सिस्टम ह्याक गरी करिब २ करोड ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् । 

केन्द्रिय अनुन्धान ब्यूरो (सीआईबी) ले ट्राभल्सको युजर आईडी सिस्टम हयाक गरी करिब २ करोड रूपैयाँ ठगी गर्ने स्याङ्जा घर भई अहिले काठमाडौंमा बस्दै आएका मर्स्यांदी ट्राभल्सका म्यानेजर नारायण सुवेदीलाई पक्राउ गरेको हो । 

उनले गत कात्तिक १८ गतेदेखि मंसिर २ गतेसम्मको अवधीमा काठमाडौं महानगरपालिका वडा नं. ३ बालुवाटारमा रहेको जियोल्याण्ड ट्राभल्स एण्ड टुर्स प्रालिको युजर आईडी पोर्टल ह्याक गरेका थिए । 

ह्याक गरेपछि जजिरा एयरलाइन्स र एयर अरेबिया एयरलाइन्सका ३३७ जना व्यक्तिहरूको नाममा १ करोड ९९ लाख ८२ हजार ९८४ रूपैयाँको हवाइ टिकट बनाइ उक्त टिकट बराबरको रकम यात्रीहरूबाट लिएका थिए । 

त्यसपछि जियोल्याण्ड ट्राभल्स एण्ड टुर्स प्रालिले प्रहरीमा ठगी गरेको भन्दै जाहेरी दिएको थियो । 

जाहेरी पश्चात सीआईबीबाट खटीएको टोलीले सिस्टम ह्याक गरी रकम ठगी गर्ने कार्यमा संलग्न व्यक्तिलाई मंसिर ६ गते पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।