कीवर्डहरू -

अनलाइन क्यासिनो गेम खेलाउने ४ जना पक्राउ

अनलाइन क्यासिनो गेम खेलाउने ४ जना पक्राउ

एप्लिकेसनबाट क्यासिनो गेम खेलाउने ४ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्यास एप, फिरिन लगायतका एप्लिकेसनमार्फत अनलाइन क्यासिनो गेम खेलाउने ४ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेका सरिता लामा, सिन्धुपालचोकका सारङ्गा गुरूङ, खोटाङका पूर्णीमा राई र नुवाकोटमा तेम्बा लामा रहेका छन् । 

विभिन्न खेलहरुमा अनलाईन मार्फत् बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको वाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट अनलाइन गेम खेलाउन प्रयोग भएका ५ थान ल्यापटप तथा ११ थान मोबाइल समेत बरामद भएको छ । आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौ पठाईएको छ ।