कीवर्डहरू -

अब ह्वाट्सएपमा ३० सेकेण्ड भन्दा लामो भिडियो सेयर गर्न सकिने

अब ह्वाट्सएपमा ३० सेकेण्ड भन्दा लामो भिडियो सेयर गर्न सकिने

ह्वाट्सएप प्रयोगकर्ताहरूले अब ३० सेकेन्ड भन्दा लामो समयका भिडियोहरू स्टेटसमा सेयर गर्न सक्ने भएका छन् । वाबेटाइन्फोले आफ्नो एक्स ह्यान्डलमा ह्वाट्सएपको यो सुविधाको बारेमा जानकारी दिएको छ । यो सुविधा चाँडै सबै प्रयोगकर्ताहरूका लागि रोल आउट हुनेछ ।

हालसम्म, प्रयोगकर्ताहरूले स्टेटसमा ३० सेकेन्डको भिडियो मात्र सेयर गर्न सक्छन् । तर अब यसको समय सीमा बढ्दै भएको छ । प्रयोगकर्ताहरूले एक मिनेटसम्म भिडियोहरू सेयर गर्न सक्ने फिचरमा काम भइरहेको छ । 

यस सम्बन्धमा वाबेटाइन्फोले स्क्रिनसट पनि शेयर गरेको छ, जसले यस सुविधाको बारेमा थप जानकारी दिन्छ । ह्वाट्सएप स्टेटस सुविधा एन्ड्रोइड २.२४.७.६ बेटा प्रयोगकर्ताहरूको लागि उपलब्ध गराइएको छ ।