कीवर्डहरू -

भिभो वाई २७ एस स्मार्टफोन नेपालमा सार्वजनिक, यस्ता छन् सुविधा

भिभो वाई २७ एस स्मार्टफोन नेपालमा सार्वजनिक, यस्ता छन् सुविधा

भिभोले वाई सिरिज अन्तर्गत नवीन विशेषता र शानदार स्टाइल भएको वाई २७ स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन, शानदार पर्फमेन्श र उत्कृष्ट क्यामेरा क्षमतासहित कम्पनीले नेपालमा नयाँ फोन सार्वजनिक गरेको हो । 

अल्ट्रा–स्लिम डिजाइनमा आउँने वाई २७ एस दुई निकै आकर्षक रंग बरगन्डी ब्ल्याक र गार्डेन ग्रीनमा उपलब्ध हुने भन्दै कम्पनीले यस स्मार्टफोनको लञ्च संगै भिभोले नयाँ स्मार्टफोनको अनुभव लिने मौका बाहेक #vivoCoolAmbassador  अफर अन्तर्गत तीन जना भाग्यशाली विजेताहरुलाई आकर्षक उपहार जित्ने अवसर प्रदान गर्ने भीभोले जनाएको छ ।   

वाई२७ एसमा ९० हर्ज रिफ्रेस रेट रहेको छ, जसले सहज ट्रान्जिशन डिस्प्लेको अनुभव प्रदान गर्दछ । साथै विस्तारित र प्रभावकारी उपयोगका लागि यसमा विशाल ५००० एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज रहेको छ ।

यसबाहेक, ८ जीबी र्‍यामका साथै ८ जीवी एक्सटेन्डेड र्यामले सहज र निर्बाध अनुभव प्रदान गर्ने कम्पनीको दावी छ ।  २५६ जीवी रोम रहेको फोनमा क्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर राखिएको छ । 

भिभो नेपालका जनरल म्यानेजर माईकलले नयाँ स्मार्टफोनले  सुन्दर क्षणहरू सहजै कैद गरेर अतुलनीय प्रयोगकर्ता अनुभव प्रदान गर्ने उद्देश्य राखेको बताए । 

'पर्फमेन्श वृद्धि गर्न प्रतिबद्ध, भिभोले प्रयोगकर्ताहरूको निरन्तर विकासशील आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ र यसका लागि अत्याधुनिक प्रविधिमा केन्द्रित रहेको छ । अझै उत्साह थप्दै, हामीले प्राविधिक उत्कृष्टता रोज्ने र आफ्नो रचनाहरु मार्फत आफुलाई अभिव्यक्ति गर्न रुचाउने हाम्रो प्रशंसकहरूका लागि #vivoCoolAmbassador  अभियान ल्याएका छौं,’ उनले भने ।

#vivoCoolAmbassador   अभियानले प्रयोगकर्ताहरुलाई भिडियो बनाएर आफ्नो सामाजिक सञ्जालमा अपलोड गरी भभो वाई सिरिजको कूल एम्बेसेडर बन्न आमन्त्रित गर्ने कम्पनीको भनाइ छ ।  सहभागीहरु मध्ये सबैभन्दा बढि मनपराईएको भिडियोबाट पहिलो विजेताले भिभो वाई २७ एस स्मार्टफोन जित्न सक्नेछन् र फोटोसुट गर्ने अवसर पनि प्राप्त गर्नेछन् । 

त्यस्तै दोस्रो विजेताले फोटोसुट गर्ने अवसर सहित १० हजार नगद पुरस्कार र तेस्रो हुनेले ५ हजार नगद पुरस्कार तथा फोटोसुट गर्ने अवसर प्राप्त गर्नेछन् । यस फोनको मूल्य २४,९९९ रूपैयाँ तोकिएको छ ।