व्यस्त सहर काठमाडौंमा दैनिक आवश्यक सामानहरू किनमेल गर्न समय निकाल्नु झन्झटिलो हुन सक्छ । लामो काम गर्ने घण्टा, भीडभाड र पार्किङको समस्या हुँदा सानो-सानो सामान किनमेल गर्न पनि धेरै समय लाग्न सक्छ ।
यस्तो अवस्थामा, मानिसहरूलाई छिटो र सरल किनमेलको उपाय आवश्यक हुन्छ, जसले समय र ऊर्जा दुवै बचत गरोस् । यस्तो अवस्थामा तपाईको सहयोगी बन्न सक्छ, फुडमाण्डु वानमार्ट ।फुडमाण्डु वानमार्ट फुडमाण्डुको नयाँ सेवा हो, जसले तपाईंका दैनिक आवश्यक सामानहरू २०-३० मिनेटमै तपाईंको ढोकासम्म डेलिभरी गर्छ ।
किराना सामानदेखि घरेलु वस्तुहरूसम्म चाहिए अब पसलसम्म जानुपर्ने झन्झट नै हट्छ । न भीडभाड, न लामो लाइन, न त पार्किङ खोज्ने झन्झट—सबै सामानहरू केही क्लिकमै तपाईंको हातमा ।
फुडमाण्डु वानमार्टबाट किराना सामान, स्न्याक्स, पेय पदार्थ, र घरेलु सामग्रीहरू सजिलै अर्डर गर्न सकिन्छ । अर्डर गरेको २०-३० मिनेटमै सामान घरमा डेलिभर हुनेछ ।
सुरूमा गैरीधाराबाट ३ किमि भित्रका क्षेत्रहरूमा सीमित रहेको फुडमाण्डु सेवा अहिले जावलाखेल, लगनखेल, सानेपा, धोबिघाट, भैंसेपाटी, नख्खु, इमाडोल, सातदोबाटो र बलकुमारीमा उपलब्ध रहेको छ ।
फुडमाण्डु पबाटै वानमार्टको सुविधा लिन सकिन्छ । निकट भविष्यमा, काठमाडौं उपत्यकाभर सेवा विस्तार गर्दै अझ बढी ग्राहकहरूलाई सुविधायुक्त किनमेल अनुभव प्रदान गर्ने फुडमाण्डुको योजना छ ।