साओमीले नेपालमा रेडमी ए५ सार्वजनिक गरेको छ । रेडमी ए५ एक आकर्षक र अनुपम विशेषताहरू समेटिएको स्मार्टफोन भएको कम्पनीको दावी छ ।
यसमा स्पष्ट फोटो, लामो ब्याट्री लाइफ, सहज संचालन र आकर्षक डिजाइन प्रदान गर्ने क्षमता रहेको छ । प्रयोगकर्ताहरूका दैनिक आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको, रेडमी ए५ ले स्मार्ट फोनको सम्पूर्ण अनुभव प्रदान गर्ने जनाइएको छ ।
साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वी यो स्मार्टफोन सबैको पहुँचयोग्य मूल्यमा स्टाइलिश डिजाइन, सहज कार्यसम्पादन र भरपर्दो फोटोग्राफी सुविधाहरू सहित आएको बताए ।
शक्तिशाली ३२ मेगापिक्सेल एआई डुअल रियर क्यामेरा सहित, रेडमी ए५ ले सजिलैसँग स्पष्ट र विस्तृत फोटोहरू खिच्छ । पोट्र्रेट वा ल्यान्डस्केप, जस्तो फोटो भएनी, यसको स्मार्ट क्यामरा प्रणालीले प्रत्येक शटलाई उत्कृष्ट बनाउँछ। साथै यसमा भएको नयाँ स्टाइलिश क्यामरा वाटरमार्कले फोटोहरु अझै आकर्षक बनाउँछ ।
सेल्फी प्रेमीहरूका लागि, ८ मेगापिक्सेल फ्रन्ट क्यामेराले सधैं पर्फेक्ट शट दिन्छ । चाहे भिडियो कल वा सेल्फ–पोट्र्रेट, यसमा समावेश भएको फिल लाइटले अँध्यारो वातावरणमा समेत अनुहारलाई उज्यालो देखाई हरेक शटको गुणस्तर उत्कृष्ट रहने छ ।
६.८८ इन्च उच्च रिफ्रेश रेट डिस्प्ले, १२० हर्ज अडाप्टिभ सिंक रिफ्रेश रेट र २४० हर्ज टच स्याम्पलिङ रेट र ठूलो स्क्रिन भएकोले पढ्न वा भिडियो हेर्नको लागि यो स्मार्टफोन धेरै उपयुक्त छ ।
यसको फ्ल्याट फ्रेम र उन्नत क्यामेरा डिजाइनका साथ, रेडमी ए५ ले फ्रेस र आधुनिक लुक प्रदान गर्दछ। ८.२६ मी मी पातलो र १९३ ग्राम हलुका भएकोले यो प्रयोग गर्न धेरै सजिलो छ, र यो फोन ओसन ब्लू, स्यान्डी गोल्ड, र मिडनाइट ब्ल्याक – चार सुन्दर रंगहरूमा उपलब्ध छ ।
रेडमी ए५ को ५२०० एमएएच ब्याट्रीले १.४५ दिनसम्मको प्रयोग र एकल चार्जमा २०.७ घण्टासम्म भिडियो प्लेब्याक वा १४.२४ घण्टासम्म स्क्रिन टाइम दिन्छ । साथै १५ वाट फास्ट चार्जिङले तपाईं छिटो फोन प्रयोग गर्न सक्नुहुन्छ।
यसमा युनिसोक टी७२५० ओक्टा–कोर प्रोसेसर भएकोले कम बिजुली खर्च हुन्छ र यसमा ८ जीबी सम्मको ¥याम बढाउन सकिन्छ, जसले गर्दा एपहरू र खेलहरू सजिलै चल्छन्। रेडमी ए५ को स्कोर एन्टुटु बेन्चमार्कमा २६०,००० भन्दा बढी छ, जसले दैनिक कार्यहरूका लागि यसको उत्कृष्ट प्रदर्शनलाई पुष्टि गर्दछ ।
शाओमीको उच्च मापदण्डहरूमा निर्मित, रेडमी ए ५ले परीक्षणहरू पास गरेको छ जसमा ३०० रोलर परीक्षण, १०,००० युयसबी परीक्षण, र ५,००० हेडफोन ज्याक परीक्षणहरू समावेश छन् र यसमा हलुका र छिटो अनुभवका लागि एन्ड्रोइड १५ (गो ईडिसन) मा पनि चल्छ ।
रेडमी ए ५ ओसन ब्लू,स्यान्डी गोल्ड र मिडनाइट ब्ल्याक रंगहरूमा ३+६४ जिबी र ४+१२८ जिबी स्टोरेजमा उपलब्ध छ।
रेडमी ए ५ को मूल्य ३+६४ जिबी र ४+१२८ जिबी स्टोरेजका लागि क्रमशः रु.१० हजार ९९९ र ११ हजार ९९९ छ । रेडमी ए ५ सम्पूर्ण आधिकारिक मी स्टोरहरू र देशभरका शाओमी रिटेलरहरूमा उपलब्ध हुनेछ ।