कीवर्डहरू -

महिलाको चरित्रहत्या गरेको आरोपमा युट्युबर मनोज मानव पक्राउ

महिलाको चरित्रहत्या गरेको आरोपमा युट्युबर मनोज मानव पक्राउ

महिलाको चरित्रहत्या गरेको आरोपमा युट्युबर मनोज मानव पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले झूटो विवरण प्रस्तुत गरी युट्युबमार्फत भिडियो प्रसारण गर्ने मनोज मानव पक्राउलाई प्रकाउ गरेको हो । 

व्यक्तिगत तथा सामाजिक जीवनमा असर पार्ने विषयमा झूटो विवरण प्रस्तुत गरी, भिडियो बनाई, यु-ट्युव (YouTube) मार्फत प्रसारण गरी अनावश्यक दुःख, हैरानीका साथै चरित्रहत्या समेत गरेको निवेदनका आधारमा उनी प्रकाउ परेका हुन् । 

प्राप्त निवेदन माथिको प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्दै जाने क्रममा ३६ वर्षिय मनोज मानव भन्ने मनोज कुमार महतो खुल्न आएको ब्यूरोले जनाएको छ । 
निजलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा माघ १५ कीर्तिपुरबाट पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।