कीवर्डहरू -

अटो

चेरी वान्डाका ईभी भ्यान, बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पोमा

काठमाडौं  । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाले स्मार्ट विद्युतीय व्यावसायिक ईभी भ्यान प्रस्तुत गरेको छ । अगस्ट ११ देखि १६ (साउन २६ देखि ३१) सम्म सञ्चालन हुने एक्स्पोमा चेरी वान्डाका विभिन्न क्षमताका विद्युतीय व्यावसायिक सवारीको अवलोकन तथा विस्तृत जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

एक्स्पोमा नाइमा स्टल नम्बरः १६, हल डि मा चेरी वान्डाका ११, १२, १४ र १६ सिट क्षमताका विद्युतीय व्यावसायिक सवारी प्रदर्शनमा राखिएका छन् । व्यावसायिक तथा स्कुल, कलेजहरुलाई ध्यानमा राखेर तयार गरिएका ईभी भ्यानमा आधुनिक प्रविधि, पर्याप्त ब्याट्री क्षमता, उच्च पिक पावर र उत्कृष्ट ग्राउन्ड क्लियरेन्सलाई प्राथमिकता दिइएको छ ।

चेरी वान्डाका ११ र १२ सिटका मोडलमा ४१.८६ किलोवाट क्षमताको सिएटिएल ब्याट्री, ७० किलोवाट पिक पावर, १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र एकपटकको चार्जमा ३०० किलोमिटरसम्मको रेन्ज उपलब्ध छ । त्यस्तै, १४ सिट क्षमताको मोडलमा ५३.५८ किलोवाट सिएटिएल ब्याट्री, ८० किलोवाट पिक पावर, २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स तथा ३०० किलोमिटरसम्मको रेन्ज रहेको छ ।

त्यसैगरी, १६ सिट क्षमताको मिनी बस मा ५३.५८ तथा ७० किलोवाट क्षमताको सिएटिएल ब्याट्री, ८० तथा १२० किलोवाट पिक पावर, २१० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र मोडलअनुसार २८० देखि ३५० किलोमिटरसम्मको रेन्ज उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

व्यावसायिक प्रयोजनका लागि विद्युतीय सवारीतर्फ आकर्षण बढिरहेको अवस्थामा चेरी वान्डाका यी ईभी भ्यानले यात्रु तथा व्यावसायिक यातायातका लागि आधुनिक, आरामदायी र वातावरणमैत्री विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यसैबीच, चेरी वान्डाले ग्राहकलाई हायर पर्चेजमार्फत बिना धितो गाडी खरिद गर्ने सुविधा समेत उपलब्ध गराएको जनाएको छ । यसले व्यावसायिक सवारी खरिद गर्न चाहने ग्राहकलाई सहज र पहुँचयोग्य वित्तीय विकल्प उपलब्ध गराउने कम्पनीको विश्वास छ ।

एक्स्पोमा सहभागी आगन्तुक तथा ग्राहकले चेरी वान्डाका विद्युतीय व्यावसायिक सवारीका मोडल, विशेषता, रेन्ज तथा खरिदका लागि उपलब्ध वित्तीय सुविधाबारे प्रत्यक्ष जानकारी लिन सक्ने कम्पनीले उल्लेख गेको छ ।

अटो

याडियाका तीन नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक

काठमाडौं । नेपालका लागि याडिया (YADEA) को आधिकारिक वितरक कुञ्ज नेपाल प्रालिले नयाँ पुस्ताका विद्युतीय स्कुट…

सीजी मोटर्ससँग साझेदारी गर्दै हिरोको ‘भिडा’ नेपालमा, दुई नयाँ ईभी सार्वजनिक

काठमाडौं । हिरोद्वारा सञ्चालित विद्युतीय दुई पाङ्ग्रे ब्रान्ड भिडाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपा…

टीभीएस मोटरले नेपालमा सार्वजनिक गर्‍यो नयाँ विद्युतीय स्कुटर ‘TVS Orbiter’

काठमाडौं । TVS VENU समूहअन्तर्गतको तथा दुई र तीनपाङ्ग्रे सवारीसाधन उत्पादनमा विश्वव्यापी रूपमा परिचित TVS Mot…

जीडब्लुएम ओरा ५ ले एक महिनामै बनायो प्रिमियम विद्युतीय एसयूभी बजारमा बलियो उपस्थिति

काठमाडौं । नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको एक महिनामै जीडब्लूएमको प्रिमियम विद्युतीय एसयूभी ओरा-५ ले …

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले उत्कृष्ट मूल्यसहित बहुप्रतिक्षि…

प्रोटोन ई मास फाइभ सार्वजनिक, सुरुवाती मूल्य २९ लाख ९९ हजार

काठमाडौं । मलेसियन कार ब्रान्ड प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा सार्वजनिक भएको छ । प्रोटोन ई मास फ…

होण्डाले आफ्ना ग्राहकका लागि नि:शुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ले ग्राहकवर्गको सुरक्षा…

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

काठमाडौं । सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङको गौरवशाली इतिहास बोकेको बेइजिङ अटो वर्क्स (BAW) ले अब …

बजाजको नयाँ अफर, अब कम मासिक किस्तामै बाइक

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायत…

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी …

रियल ड्राइभर्स वान्टेड’ अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई ‘Real Drivers Wanted’ …

इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई. एमएएस ५ अब नेपालमा

काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार विजेता प्रोटोन ई. एमएएस ५…

नेपाली बजारमा नयाँ प्रविधियुक्त रियर-ह्विल-ड्राइभ इलेक्ट्रिक एसयूभी आउँदै

काठमाडौं । प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ प्रोटोन ई मास५ नेपाली बज…

बुटवलमा फोटोन मोटर्सको नयाँ शोरुम उद्घाटन : पश्चिम नेपालमा आफ्नो उपस्थितिलाई थप सशक्त बनाउँदै

बुटवल । फोटोन मोटर्स नेपालले असार १५ गते (२९ जुन) बुटवलमा आफ्नो नयाँ शोरुमको औपचारिक उद्घाटन गरेको छ । यो…

नेपालमा टीभीएस अपाचे आरटीआर १६० ४ भीको नयाँ संस्करण सार्वजनिक

काठमाडौं । विश्वप्रसिद्ध सवारी साधन निर्माता टीभीएस मोटर कम्पनीले नेपालमा आफ्नो लोकप्रिय बाइक ‘अपाचे&rs…