अटो
दशैंमा बजाजको ‘गेम अफ पावर’, बाइक खरिदमा १ लाखसम्म पुरस्कारदेखि च्याम्पियनसँग भेट्ने मौका
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले दशैंलाई लक्षित गर्दै ‘बजाज गेम अफ पावर–खेल्ने हो ?’ अभियान सार्वजनिक गरेको छ ।
अभियानअन्तर्गत बजाजका ग्राहक तथा मोटरसाइकल प्रेमीहरूले मोटरसाइकल खरिदसँगै पुरस्कार जित्ने, डिजिटल रेसमा सहभागी हुने तथा आफ्ना मनपर्ने च्याम्पियनसँग प्रत्यक्ष भेट गर्ने अवसर पाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार दशैंको अवसरमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्मको पुरस्कार जित्न सक्नेछन् । साथै स्मार्ट घडी, हस्ताक्षरित सामाग्री तथा बजाजका विशेष उपहार समेत जित्ने अवसर रहनेछ ।
अभियानको प्रमुख आकर्षणका रूपमा रविन्द्र ढाँट, सीआर७ होराआ (सन्जन गौतम) र दीपेन्द्रसिंह ऐरीसँग भेट्ने अवसर राखिएको छ । अभियानअन्तर्गत छनोट भएका विजेताले उनीहरूसँग प्रत्यक्ष भेटघाट गर्न पाउनेछन् ।
डिजिटल ‘पल्सर रेसिङ गेम’ पनि
बजाजले अभियानलाई डिजिटल माध्यमसँग जोड्दै ‘पल्सर रेसिङ गेम’ समेत ल्याएको छ । यसमा सहभागीले आफूलाई मनपर्ने च्याम्पियनको पात्र छनोट गरी डिजिटल ट्र्याकमा रेस गर्न सक्नेछन् ।
सबैभन्दा कम समयमा रेस पूरा गर्ने तथा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीले हस्ताक्षरित टी–सर्ट, च्याम्पियनका सामाग्री तथा बजाजका विशेष उपहार जित्न सक्ने कम्पनीले जनाएको छ ।
युवापुस्तामा डिजिटल माध्यमको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै अभियानमा विभिन्न सहभागितामूलक गतिविधि समेटिएको कम्पनीको भनाइ छ । यसले ग्राहक तथा युवालाई बजाज ब्रान्डसँग थप नजिक जोड्ने अपेक्षा कम्पनीले गरेको छ ।
‘शो योर पावर’ च्यालेन्ज
अभियानअन्तर्गत ‘शो योर पावर’ च्यालेन्ज समेत सञ्चालन हुनेछ । यसमा राइडर तथा मोटरसाइकल प्रेमीहरूले आफ्नो शक्ति, फिटनेस र पल्सरप्रतिको लगावलाई सिर्जनात्मक शैलीमा प्रस्तुत गर्दै सहभागिता जनाउन सक्नेछन् ।
उक्त च्यालेन्जबाट छनोट भएका विजेताले पनि च्याम्पियनहरूसँग भेट्ने अवसर पाउने कम्पनीले जनाएको छ । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले दशैंको उत्साहलाई मोटरसाइकल खरिदसँगै नयाँ अनुभवसँग जोड्ने उद्देश्यले ‘गेम अफ पावर’ अभियान ल्याइएको बताए ।
उनका अनुसार पुरस्कार, डिजिटल रेस तथा च्याम्पियनसँगको भेटघाटमार्फत ग्राहकलाई सक्रिय सहभागिताको अवसर दिने गरी अभियान डिजाइन गरिएको हो ।
कम्पनीले ‘बजाज गेम अफ पावर–खेल्ने हो ?’ अभियानमार्फत यस वर्षको दशैंमा मोटरसाइकल खरिदलाई पुरस्कार, प्रतिस्पर्धा र विशेष अनुभवसँग जोडेर थप उत्साहपूर्ण बनाउने जनाएको छ ।
अटो
दुई भेरियन्टमा उपलब्ध नयाँ नामी बक्स ई२ को बुकिङ तथा बिक्री खुला
काठमाडौं । नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले नाडा अटो…
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको छोटो समयमै उच्च माग र उत्साहजनक प्रतिक्रिया पाएको नामी भिगो ई२ को र…
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक
काठमाडौं । स्कोडा नेपालको आधिकारिक वितरक एमएडब्लु एक्स्पान्ज प्रालिले नाडा अटो शो २०२६ (भृकुटीमण्डप, काठमाडौं…
भेस्पा र अप्रिलियाद्वारा नाडा अटो शोमा ‘द सेभिङ एक्स्ट्राभ्यागान्जा’ योजना सार्वजनिक
काठमाडौं । नेपालमा भेस्पा र अप्रिलियाका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नाडा अटो शो २०२६ लाई लक्षित ग…
यात्रीले सार्वजनिक गर्यो नयाँ विद्युतीय स्कुटर पी-२, तीन भेरियन्टमा उपलब्ध
काठमाडौं । नेपाली कम्पनी यात्रीले नेपालमै निर्माण गरेको नयाँ विद्युतीय स्कुटर पी-२ सार्वजनिक गरेको छ । कम्पनी…
नयाँ नामी बक्स चाँडै आउँदै, नाडा अटो शो २०२६ मा सार्वजनिक हुने
काठमाडौं । नामीले आगामी नाडा अटो शो २०२६ मा नयाँ नामी बक्स सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सन् २०२४ मा …
वीरगञ्जमा प्रोटोनको ११ औँ सोरुम शुभारम्भसँगै ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
काठमाडाैं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले मधेश प्रदेशको प्रमुख व्यापारिक…
टोयोटा विजय उत्सव सुरु हुँदै, दशैंसम्म आकर्षक अफर
काठमाडौं । टोयोटा नेपालले नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै भोलि अगस्ट २४ देखि ‘टोयोटा विजय…
जनकपुरमा प्रोटोनको नयाँ सोरुम, शुभारम्भसँगै ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
जनकपुर । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले जनकपुरमा नयाँ आधिकारिक सोरुम स…
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्राए…
नामी भिगो ई२ सार्वजनिक : सर्वाधिक स्पेस, सर्वाधिक फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल एसयूभी
काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक मूल्य रु. ३५.९९ लाखमा सार्वजन…
चेरी वान्डाका गाडीमा ग्राहकको विशेष आकर्षण, नाइमा एक्स्पोमा उल्लेख्य बुकिंङ
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भर्खरै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाका विद्युती…
नामीको भिगो ई-२ ‘फुल एसयूभी’ बुधबार सार्वजनिक गरिँदै
काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले बुधबार (अगस्ट १९) मा नयाँ नामी भिगो ई-२ सार्वजनिक गर्न…
नाइमा मोबिलिटी एक्स्पोमा ईभी ‘आर्कफक्स टी१’ सार्वजनिक
काठमाडौं । ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को पाँचौँ दिन बहुप्रतीक्षित प्रिमियम फेमिली क्रसओभर ईभी…
नेपालमा नेक्स्ट जेनेरेसन इलेक्ट्रिक थ्री-ह्विलर ‘सुपर अटो’ सार्वजनिक
काठमाडौं । पूर्णतया इलेक्ट्रिक कमर्सियल भेहिकलमा केन्द्रित भारतीय ब्रान्ड मोन्ट्रा इलेक्ट्रिक आफ्नो पहिलो अन्तर्राष्ट्र…