कीवर्डहरू -

अटो

बुटवलमा दिपल ईभी सार्वजनिक

लुम्बिनी प्रदेशको बुटवलमा पनि दिपल ईभी सार्वजनिक भएको छ । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले आइतबार लुम्बिनी प्रदेशलाई लक्षित गरी बुटवलमा दिपल ईभी सार्वजनिक गरेको हो ।

बुटवलमा आयोजित एक विशेष समारोहबीच बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ, एमएडब्लू वृद्धिका सीईओ जोजुजोस थाटिल लगायतले फ्युचरिस्टिक डिजाइन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस०७ र एल०७ ईभी सार्वजनिक गरेका हुन्  ।

कार्यक्रममा बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले लुम्बिनी प्रदेशमा दिपल र चांगानको सफलताको कामना गर्दै बिक्री पछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नु कम्पनीलाई सुझाव दिए ।

बुटवलका लागि चांगानको डिलर जेनोस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्रकुमार श्रेष्ठले दिपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको बताए । ‘दिपलले काठमाडौंमा मात्र होइन लुम्बिनीमा पनि बजार तताइसकेको छ । हामीले ग्राहकबाट निकै सकारात्मक प्रतिक्रिया पाइरहेका छौं,’ उनले भने ।

एमएडब्लू वृद्धिले २७ कात्तिकदेखि बुटवलमा लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पको आयोजना गर्दैछ । बुटवलको क्लब डेनोभोमा आयोजना हुने कार्यक्रममा ग्राहकले दिपल प्रिबजेट प्राइसमा सेरेस ४५ लाख ४९ हजार रुपैयाँमा र नामीमा ७ किलोवाटको निःशुल्क चार्जर पाउनेछन् । ग्राहकले ३ वटा रिकन्डिसन हाउसबाट बेस्ट भ्यालुएसन र एक्सचेन्ज बोनस समेत पाउनेछन् ।

अटो

शर्ट सर्किट हुँदा सेरेस ईभीमा आगो लाग्यो, ब्याट्री र मोटरमा क्षति नभएको कम्पनीको भनाइ

प्राविधिक खराबीको कारण सेरेस ब्राण्डको विद्युत गाडीबाट सोमबार बिहान धुवा निश्किएको कम्पनीले बताएको छ । सोमबार बिहान काठम…

एक दिनमै जेईको जे-सिक्स र ओमोडा ई-फाइभ १०० युनिट डेलिभरी

नेपालका लागि ओमोडा एन्ड जेईको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेडले एकैदिनमा ‘जेईको जे-सिक्स’ इलेक्ट्रिक एसयूभी र ओमोडाको १००…

वुलिङ्ग ईभीको एक्सचेन्ज अफर, जुनसुकै गाडीसँग वुलिङ्ग इभी साट्न सकिने

वुलिङ्ग बिंगुओ ईभीले नक्सालमा रहेको शोरुमबाट विशेष सीमित समयको एक्सचेन्ज अफर घोषणा गरेकाे छ । ३० लाख रुपैयाँमा विद्युतीय गाड…

विद्युतीय गाडी दिपलको ब्रान्ड एम्बास्डरमा पारस खड्का नियुक्त

चांगन नेपालले विद्युतीय गाडी दिपलको ब्रान्ड एम्बास्डरमा क्रिकेटर तथा नेपाल क्रिकेट संघका सचिव पारस खड्कालाई नियुक्त गरेको छ…

नक्सालमा गोगोरोको पहिलो एक्सपिरियन्स सेन्टरको उद्घाटन

ब्याट्री-स्वापिङ टेक्नोलोजी इकोसिस्टममा विश्वकै अगुवा गोगोरो इंक र नेबुला इनर्जीले नारायणचौर, नक्सालमा आफ्नो पहिलो एक्सपिरियन्स से…

एमजी जेडएस ईभीको अफर २० सेप्टेम्बरसम्म

नेपालमा एमजी मोटर्सको अधिकृत वितरक र आयातकर्ता पारामाउन्ट मोटर्सले एमजी जेडएस ईभी डिलक्सको अफर यही २० सेप्टेम्बरदेखि अन्त्य हुने…

वीरगञ्जमा पन्च ईभीको डेलिभरी सुरू

सिप्रदी ट्रेडिङ प्रालिको अधिकारिक डिलर प्राइम अटो ट्रेडर्सको नयाँ शो–रुम उद्घाटनसँगै वीरगञ्जमा पन्च ईभीको डेलिभरी सुरु भएक…

भारतमा एमजी विन्डसर सार्वजनिक

एमजी मोटर इन्डियाले एमजी विन्डसर भारतको पहिलो स्मार्ट सीयुभी (क्रसओभर युटिलिटी भेहिकल) को लन्च गरेको छ । यो गाडीले सेडानको आर…

टाटा पन्च इभीको रिजनल लन्च पूर्वबाट सुरू

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा पन्च इभीको रिजनल लन्च पूर्वबाट सुरू गरेको छ ।

लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा, ईभी चार्जिङ प्वाइन्टदेखि सर्भिससम्म सुविधा

लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलहरुका लागि लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। लक्ष्मी न्यू इनर्जी …

काठमाडौँमा १०० टाटा पन्च ईभीको डेलिभरी

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च ईभी १ साताको अवधिमा १०…

काठमाडौं विश्वविद्यालयमा बीवाईडीको चार्जिङ स्टेशन

काठमाडौं विश्वविद्यालय धुलिखेलमा बीवाईडीको विद्युतीय चार्जिङ स्टेशन निर्माण भएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक सा…

विद्युतीय गाडी सिट्रोन ईसी ३ मा चाडपर्व अफर, निःशुल्क बीमा र सडक करको सुविधा

नेपालमा सिट्रोन ब्रान्डको अधिकृत वितरक सांग्रिला मोटर्सले सिट्रोन सी ३ (आईसीई इन्जिन) र विद्युतीय गाडी सिट्रोन ईसी ३ दुवैमा चाडप…

एक्सपेङ जी ६ विद्युतीय गाडी नेपालमा सार्वजनिक, कति छ मूल्य ?

नेपालमा विद्युतीय गाडी एक्सपेङ सार्वजनिक भएको छ । सीजी मोटर्सले चिनियाँ गाडी एक्सपेङको जी ६ भेरियन्ट नेपालमा सार्वजनिक गरेको हो । 

चीनमा ट…

बीवाईडी च्यारिटी फाउन्डेसनको स्थापना, प्रत्येक बीवाईडी गाडी बिक्री बापत १० हजार जम्मा हुने

साइमेक्स इंकले बीवाईडीसँगको सहकार्यमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको स्थापना गरेको छ । नेपालका लागि बीवाईडीको आधिकारिक…