शिक्षा
मध्यपश्चिमान्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस विश्वविद्यालय बीच सम्झौता
मध्यपश्चिमान्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि २०७७ माघ १६ गते दुइ पक्षीय सम्झौता सम्पन्न भएको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र चाइना थ्री गोर्जेस विश्वविद्यालय तर्फबाट प्रिजिडेन्ट प्रा. ही वेइजुनद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको विश्वविद्यालयका उपप्राध्यापक तथा सुचना प्रविधी विज्ञ पञ्चदेव भट्टले जानकारी दिए ।
अन्तरराष्ट्रिय सम्बन्ध कायम गर्न तथा दुई विश्व विद्यालय बीच आपसी समझदारी र शैक्षिक सहकार्य स्थापना गर्नु यस सम्झौताको मुख्य उदेश्य रहेको सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
सम्झौता पश्चात दुइ विश्वविद्यालय बीच विशेष गरी प्राध्यापक, शोधकर्ता, प्रशासनिक कर्मचारी तथा विश्वविद्यालयमा अध्यनरत बिद्यार्थीहरु आदान-प्रदान हुनेछन ।
दुइवटै विश्वविद्यालयले सामुहिक रुपमा अनुसन्धानसंग सम्बन्धित परियोजनाहरु अगाडी बढाउन सकिने कुरा सम्झौतामा उल्लेख गरिएको छ । त्यसै गरी विभिन्न लेक्चर तथा गोष्ठीहरु आयोजना गरिनेछन भने एक आपसमा विभिन्न शैक्षिक जानकारी तथा समाग्रीहरु आदान-प्रदान हुनेछन ।
यस सम्झौताको मर्म पुरा गर्न तथा दुवै देशको कानुन र सम्झौता परिधिमा रही विश्वविद्यालय अन्तर्गतका संकाय, स्कुल वा संस्थाहरुले एक आपसमा समझदारी गरी विभिन्न परियोजनाहरु संचालन गर्न सक्नेछन ।
दुई विश्वविद्यालय बीच भएको यस सम्झौताको अवधि सम्झौता मितिदेखि पाँच बर्षको रहनेछ भने त्यस पश्चात स्वत नवीकरण हुनेछ साथै आपसी समझदारी र छलफल पश्चात लिखित रुपमा सम्झौता संसोधन गर्न सकिने व्यवस्था सम्झौतामा उल्लेख गरिएको छ ।
चाइना थ्री गोर्जेस विश्वविद्यालय हाइड्रोइलेक्ट्रिक इञ्जिनियरिङ्ग र इलेक्ट्रिकल इञ्जिनियरिङ्ग विषयका लागि प्रख्यात छ भने स्वास्थ्य, संचार तथा कम्प्युटर प्रविधि, स्पोर्ट्स, अर्थशास्त्र, व्यवस्थापन लगायतका विषयहरु पढाइ हुने चीनकै एक अग्रिणी तथा प्रख्यात विश्वविद्यालय हो ।
यस सहकार्य पश्चात मध्यपश्चिमान्चल विश्वविद्यालयमा कार्यरत प्राध्यापक, शोधकर्ता, कर्मचारी तथा अध्यनरत विद्यार्थीहरुले प्रत्यक्ष शैक्षिक लाभ लिनसक्ने विश्वास गरिएको छ ।
शिक्षा
भर्चुअल रुपमा आयोजना भएको १४ औं इक्यान मेला सम्पन्न, मेलामा ४५ हजार सहभागी
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गरेको ४ दिने भर्चुअल बृहत्त १४ औं इक्य…
नयाँ पाठ्यक्रम २०८० सम्ममा कार्यान्वयन
आगामी २०८० सालसम्ममा विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । प…
त्रिविमा बेथितिः तलबमा वार्षिक ४ अर्बभन्दा बढी खर्च
त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायमा अध्यापनरत कर्मचारीको तलबमा मात्…
कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा एक साताभित्र प्रकाशित गर्ने भएको छ । बोर्…
दि ब्रिटिस कलेजका विद्यार्थीले अब बेलायतमा पढ्न र काम गर्न पाउने
काठमाडौँ । थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी) का विद्यार्थीहरुले बेलायतमा पढ्न र…
माघको पहिलो हप्ताबाट काठमाडौंमा विद्यालय खोल्ने तयारी
काठमाडौं महानगरपालिकाले नगर भित्रका विद्यालय माघको पहिलो हप्ता भित्रबाट खोल्ने तया…
कक्षा ११ को पाठ्यक्रम टुंगो नलाग्दा अन्योल
नयाँ र पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने विषय टुंगो लाग्न नसक्दा यो वर्ष कक्षा ११…
१० महिनापछि खुल्दै विद्यालय
विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण करिब १० महिनादेखि…
त्रिविले पाँच सय उपप्राध्यापक माग्दै
त्रिभुवन विश्वविद्यालयले चाँडै खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक तहमा पदपूर्ति गर्ने भए…
जेठमा एसईई सञ्चालन गर्न चारवटा विकल्प पेश
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी…
यस वर्षको एसईई आगामी जेठमा हुने
यस वर्षको एसईई आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठ महिनामा एसई…
कक्षा ११ को पाठ्यक्रम अदालती निर्णयको प्रतीक्षामा
चालू शैक्षिक सत्रदेखि सुरु भएको कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउने वा पुरानो भन्नेमा…
डिजिटल एजुकेसन आइसिटी अवार्ड बुढानीलकण्ठ स्कूललाई प्रदान
नेपाल टेलिकमसँग सहकार्य गरी विषम परिस्थितिमा पनि इन्टरनेटको माध्यमबाट पठनपाठन सुच…
अनलाइनबाटै सिकाइ सुनिश्चित गर्दैं महानगर क्षेत्रमा विद्यालय
कोरोना भाइरस (कोभिड–१९) का कारण जाडो अवधिमा काठमाडौं महानगर क्षेत्रमा विद्यालय ख…
सफ्टवेरिका कलेजले सुरु गर्यो इनोभेसन हब, उत्कृष्ट परियोजनालाई पाँच लाख सम्म अनुदान
बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको काठमाडौको सफ्टव…