कीवर्डहरू -

शिक्षा

सिकाइमा अनलाइन कक्षा प्रभावकारी

कोरोना भाइरस सङ्क्रमण कायमै रहेको बेला विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित गर्न अनलाइन माध्यमलाई बढी प्रभावकारी बनाउनुपर्ने औँल्याइएको छ ।

वैकल्पिक विधिमध्ये शिक्षकले विद्यार्थीको सामान्य रेखदेख गर्न सक्ने तथा दुई पक्षबीच दोहोरो संवाद हुनसक्ने हिसाबले यसको पहुँचमा वृद्धि गर्दा न्यूनतम सिकाइ सुनिश्चित गर्न सकिने जनाइएको छ ।

अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारी भौतिक कक्षा सञ्चालन हुन नसकेको अहिलेको अवस्थामा अनलाइन माध्यमबाटै विद्यार्थीको पठनपाठन अगाडि बढाउनुपर्ने बताउनुहुन्छ ।

रेडियो, टेलिभिजनको तुलनामा दोहोरो संवाद हुनसक्ने तथा कतिपय अवस्थामा शिक्षकले निगरानीसमेत गर्न सक्ने भएकाले यसलाई बढी प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।

न्यूनतम सिकाइबिना नै विद्यार्थीको कक्षा चढाइएको अवस्थामा शैक्षिक गुणस्तरसमेत कायम हुन नसकी शैक्षिक क्षेत्रमा ठूलो क्षति हुन सक्नेसमेत औँल्याइएको छ ।

सरकारले पनि अनलाइन माध्यमबाट हुने पठनपाठनलाई जोड दिने नीति बनाएको छ । हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गर्ने भनी घोषणा गरिएको छ ।

यस क्रममा इन्टरनेट सेवाको पहुँच नपुगेका विद्यालयमा इन्टरनेट सुविधा पु¥याउने कार्ययोजना तयार गरी लागू गर्ने र असोजबाट यसलाई निरन्तर सञ्चालन गरिने उल्लेख छ ।

सरकारी तथ्याङ्कअनुसार हालसम्म १३ प्रतिशत सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच छ । महासङ्घका अध्यक्ष भण्डारी अब विद्यालयमा रहेको इन्टरनेटको पहुँचलाई विद्यार्थीको सिकाइ उपलब्धिसित जोड्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुहुुन्छ ।

विद्यार्थीसित इन्टरनरेटको पहुँच वृद्धिका लागि विद्यार्थीको घरसम्म इन्टरनेट पुग्नुपर्ने र कम्युटर तथा डिभाइस जरुरी हुन्छ । यसका लागि सरकारले लगानी वृद्धि गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

सरकारले वैकल्पिक विधिका माध्यमका रूपमा रेडियो र टेलिभिजनसमेत प्रयोग गरे पनि त्यसमा कति विद्यार्थी सहभागी भए, उनीहरूको सिकाइ उपलब्धि कस्तो रह्यो भन्ने बारेमा खासै केही भन्न सकिने अवस्था नरहेको जनाइएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।

शिक्षा

अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती जाँदा हैरान

कोरोना भाइरसको सङ्क्रमणका कारण अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती …

ई प्लानेटले शुक्रबार भर्चुअल अष्ट्रेलियन शैक्षिक मेला गर्दै

शैक्षिक कन्सल्टेन्सी एजुकेशन प्लानेटले  आउँदो असोज १६ गते शुक्रबार भर्चुअल माध्यमबाट …

महामारीकाबीच पनि गुणस्तीय शिक्षा प्रदान गरिरहेको छ ‘द ब्रिटिस कलेज’

कोरोना महामारीका कारण देश विभिन्न संकटसँग जुधिरहेको छ । तर, यसैकाबीच थापाथलीस्थ…

छठलगत्तै त्रिविले रोकिएका सबै परीक्षा सञ्चालन गर्ने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोभिड-१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तया…

परीक्षा सञ्चालनको तयारीमा विश्वविद्यालय

कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले …

एआईमा माइक्रोडिग्री शिक्षा प्रदान गर्न फ्युजमेसिन्स र पीसीपीएस कलेजबीच साझेदारी

फ्युजमेसिन्सले पाटन कलेज प्रोफेशनल स्टडीज (पीसीपीएस) कलेजको पाठ्यक्रममा एआइमा माइक्र…

प्रदेश ५ का १९ विद्यालयलाई प्रविधिमैत्री बनाउन एनआईसी एशिया बैंकले प्रदान गर्‍यो सफ्टवेयर

एनआईसी एशिया बैंकले प्रदेश ५ का १९ वटा विद्यालयलाई सफ्टवेयर प्रदान गरेको छ । आफ्नो…

पूर्वाञ्चल विश्वविद्यालयले ईमेलबाटै परीक्षा लिने, यस्ता छन् पालना गर्नुपर्ने नियम

पूर्वाञ्चल विश्वविद्यालयले ईमेल मार्फत परीक्षा लिने भएको छ । कोरोना महामारीको समयमा…

शैक्षिक संस्थालाई डिजिटल बनाउन २ लाख ५० हजारसम्म अनुदान दिदैं \'फ्युजमेसिन्स\' 

फ्युजमेसिन्स इंन्कले शैक्षिक संस्थालाई डिजिटल बनाउन अनुदान दिने भएको छ । स्कुलहरुला…

त्रिविको स्थगित परीक्षा असोजभित्रै हुने, भर्चुअल विधिबाट परीक्षा लिने तयारी 

त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्…

आजदेखि टेलिभिजनबाट देशभरका विद्यार्थीलाई पढाउँदै सरकार (समय तालिका सहित)

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि टेलिभिजनबाट कक्षा १ देखि १० कक्षा सम्मक…

आजदेखि रेडियो नेपालबाट विद्यार्थीलाई पढाउदै सरकार (समय तालिका सहित)

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि रेडियो नेपालबाट देशभरका कक्षा ९ र १० …

एसईई परीक्षा नगर्ने, आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने तयारी

सरकारले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने  निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले (एसईई) परीक्षा नगर्ने र …

शिक्षक प्रतिनिधि भन्छन,  अनलाइन पढाउन डिजिटल कन्टेन्ट र कनेक्टिभिटी खै ? 

गत चैतदेखि नेपालमा कोरोना संक्रमण देखिएपश्चात् नै सुरु भएको लकडाउनको कारण विद्यालय गएर अध्ययन गर्ने ८० लाखभन्दा बढी विद्यार्थीहरू शिक्षाविहीन अवस्थामा छन् ।…