शिक्षा
द ब्रिटिस कलेजका ३२९ जना विद्यार्थी दीक्षित
काठमाडौँ। द ब्रिटिस कलेजले आयोजना गरेको पाँचौ दीक्षान्त समारोहमा ३२९ जना विद्यार्थीहरु दीक्षित भएका छन् । बौद्धस्थित हायत रिजेन्सीमा दीक्षित कार्यक्रममा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
दीक्षित हुनेमा ५१ जना बिबिए (हन्स) बिजनेस एण्ड म्यानेजमेन्ट, ४८ जना एमएस्सी इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (द युनिभर्सिर्टी अफ द वेस्ट अफ इंग्ल्याण्ड, ब्रिस्टल), २३० जना बिएस्सी (हन्स) कम्प्युटिङका विद्यार्थी लिड्स बेक्केट युनिभर्सिटीबाट दीक्षित भएका हुन् ।
यो हालसम्मकै सबैभन्दा धेरै विद्यार्थीहरु दीक्षित भएको वर्ष रहेको र यसले कलेजको सफलताको पक्षलाई दर्शाएको कलेजका अपरेशन डाइरेक्टर महेन्द्रराज कडेँलले बताए ।
यस दीक्षान्त कार्यक्रममा दीक्षित हुने विद्यार्थीहरु, एकेडेमिसियनहरु, विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथिमा बेलायतका हाउस अफ लर्डका प्रतिनिधि एघारौ अर्लअफ स्याण्डवीच जोन एडवर्ड हलिस्टर मोन्टागु रहेका थिए ।
त्यस्तै, अन्य अतिथिहरुमा माइकल रटल्याण्ड ओबिइ (भुटानका लागि ब्रिटिस अनरी काउन्सेल तथा द ब्रिटिस कलेजका सल्लाहाकार), द ब्रिटिस कलेजका सिइओ तथा संस्थापक राजन कँडेल, कलेजका अपरेशन डाइरेक्टर महेन्द्रराज कडेँल, पाउल क्लिभेस (इटोन कलेजका पुर्व भुगोल प्रमुख तथा द ब्रिटिस कलेजका सल्लाहाकार), डाक्टर चिरन थापा (मान्यताप्राप्त शिक्षाविद् तथा द ब्रिटिस कलेजका सल्लाहाकार), पूर्व शिक्षामन्त्री गंगालाल तुलाधर, एच. ही रिचार्ड मोरिस (नेपालका लागि बेलायती राजदूत), अनुबन्ध प्राप्त विश्वविद्यालयका प्रतिनिधिहरुमा लिड्स बेकेट यूनिभसिर्टीका डेपूटी उपकूलपति तथा प्रोफेसर एन्ड्रीउ स्लेड्स, यूनिभसिर्टी अफ वेष्ट इंग्ल्याण्डका कार्यकारी डिन रेमण्ड म्याक’डोउल को उपस्थिति रहेको थियो ।
कार्यक्रम सुरुवातमा ‘द ब्रिटिस कलेज’का प्रिन्सिपल जोए फोस्टर एलिसले सम्बोधन गरेका थिए । ‘द ब्रिटिस कलेज’का सिइओ तथा संस्थापक राजन कँडेलले नेपालको शैक्षिक क्षेत्रको विकासको लागि नेपालभरी गुणस्तरिय शिक्षा प्रदान गर्ने योजना रहेका बारेमा प्रष्ट पारेका थिए ।
साथै उनले भूतपूर्व विद्यार्थीहरुको लागि कलेजले सँधै सहयोग गर्ने वाचा गरेका थिए । उनले कलेजमा रहेको ‘अल्मुनाई’मा आबद्ध हुनको लागि समेत विद्यार्थीहरुलाई अनुरोध गरेका थिए ।
त्यस्तै, नेपालका लागि राजदुत रिचार्ड मोरिसले ब्रिटिस कलेजले नेपालमा नै अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त बेलायती विश्वविद्यालयहरुको सम्वन्धन लिएर नेपालमै विदशी डिग्री प्रदान गरेर उल्लेखनिय काम गरेको बताए ।
समारोहमा द एमस्सी इन्टरनेशन बिजनेश म्यानेजमेन्ट एण्ड बिबिए (हन्स) बिजनेस एण्डका विद्यार्थीलाई यूनिभसिर्टी अफ वेष्ट इंग्ल्याण्डका कार्यकारी डिन म्याक’डोउलले दीक्षित गरेका थिए ।
त्यस्तै, बिएएस्सी (हन्स) कम्प्युटिङ) लाई लिड्स बेकेट यूनिभसिर्टीका उपकूलपति तथा प्रोफेसर एन्ड्रीउ स्लेड्सले दीक्षित गरेकी थिइन् ।
द एमस्सी इन्टरनेशन बिजनेश म्यानेजमेन्ट तर्फबाट दीक्षित भएकी कुसुम श्री निरौलाले द ब्रिटिस कलेजले दिएको अवसर र अनुभवलाई धन्यवाद दिइन् ।
प्रमुख अतिथि मोन्टागुले ब्रिटिस कलेजले भौतिक परिवर्तन भन्दा पनि दिमाग र हृदयमा हुने परिवर्तनलाई बुझेको बताए । उनले दीक्षित भएका विद्यार्थीहरु कर्मशिल भएर काम गर्नको लागि प्रेरणा समेत दिए ।
त्यस्तै, उनले कलेजले दिएको गुणस्तरिय शिक्षाको तारिफ गर्दै सिइओ कँडेल तथा कलेज परिवारलाई पनि बधाइ समेत दिए ।
कार्यक्रमको अन्तमा द ब्रिटिस कलेज परिवारले दीक्षित भएका विद्यार्थीहरुलाई बधाइ दिदै सफल भविष्यको कामना गरेको थियो ।
शिक्षा
आइटीका शैक्षिक कार्यक्रमहरु
त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका मूख्य आइटीकोर्सहरुमा बिएससी सिएसआइटी र बिआइटी रहेका छन् । पूर्वाञ्चल विश्वविद्यालयका स्नातक तहमा रहेका मूख्य आइटीकोर्सहरु …
एनसेल र पुलचोक क्याम्पस बिच छात्रवृति तथा उत्कृष्टता सम्मानलाई निरन्तरता दिने सम्झौता
काठमाडौं। एनसेल र पुलचोक क्याम्पस बिच एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई थ…
डिजिटल लर्निङका १० रोचक तथ्यहरु
१. मोवाइल डिभाइस, ट्याब्लेटको प्रयोगबाट अध्ययन गर्दा ४३ प्रतिशतले प्रोडक्टीभिटी बढेको ग्रोथ इन्जिनियरिङ नामक सस्थाले गरेर अध्ययनले जनाएको छ ।
कान्तिपूर सिटी कलेज र होलिस्टिक डेभेलपमेन्ट नेपालबिच सम्झौता
संयूत्त राष्ट्र संघ दिगोबिकास सोलुसन नेटवर्क UN SDSN अन्तर्गत संस्थागत सदस्य रहेको कान्तिपूर सिटी कलेज र होलिस्टिक डेभेलपमेन्ट नेपाल बिच आज मिति २०७५–१…
मिदासले रुकुममा समृद्धिका लागि गुणस्तरीय शिक्षा कार्यक्रम सञ्चालन गर्दै
मिदास एजुकेशन प्रा. लि.ले रुकुम पश्चिम जिल्लाका स्थानीय सरकारसँगको सहकार्यमा सबै सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न समृद्धिका ला…
चौथो राष्ट्रिय निबन्ध लेखन प्रतियोगितामा ग्रीनल्याण्ड मा.वि. प्रथम
नेसनल माध्यमिक विद्यालय, वालकुमारीको आयोजनामा मिति २०७५ माघ २७ गते सरस्वती पुजाका दिन सम्पन्न भएको राष्ट्रिय निबन्ध लेखन प्रतियोगितामा ग्रीनल्याण्ड माध्यमिक वि…
केएमसीमा रोजगार मेला
केएमसी एजुकेशनल नेटवर्कद्वारा सञ्चालित हिमालय कलेज अफ इन्जिनियरिङ, काठमाडौं मोडेल कलेज र अपोलो इन्टरनेसनल कलेजको संयुक्त आयोजनामा काठमाडौं मोडल कलेज बाल…
कहाँ पढ्ने बिएससी सिएसआइटी ?
नेपालमा अहिले स्वदेशि विश्वविद्यालयदेखि विदेशी विद्यालयका विभिन्न आइटि कार्यक्रमहरु अध्ययन अध्ययापन भइरहेको छ । नयाँ पुस्तामा आइसिटी शिक्षातर्फ आकर्षण बढ्दो छ…
आइसिटी फर स्मार्ट कम्प्युटिङ थिममा \'नेस्कोआइटी २०१८\' आयोजना हुदै
आइटी विद्यार्थीहरुमाझ लोकप्रिय इभेन्ट नेस्को आइटीको नवौं संस्करण आगामी अक्टोबर २७ मा हुदै छ । सन २००३ देखि एनसिआइटीले
द ब्रिटिस कलेजका २२५ जना विद्यार्थी दीक्षित गरी सम्पन्न भयो \'दीक्षान्त समारोह\'
द ब्रिटिस कलेजले आयोजना गरेको चौथो दीक्षान्त समारोहमा २२५ जना विद्यार्थीहरु दीक्षित भएका छन् । बौद्धस्थित रहेको हायत रिजेन्सीमा दीक्षात कार्यक्रममा विशिष्ट व्य…
एनसिआइटीमा ४ बर्षे \'बिसिए\' आइटी शैक्षिक कार्यक्रम
नेपालको आइटी शिक्षामा लामो समयदेखि योगदान दिदै आएको नेपाल कलेज अफ इन्फर्मेशन आइटी (एनसिआइटी)ले गतवर्षदेखि ब्याचलर अफ कम्प्युटर एप्लिकेशन (बिसिए) प्रोग्राम…
समृद्धि स्कूलमा प्रविधिमैत्री वातावरण
समृद्धि स्कूल वनस्थलीले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थी तथा अभिभावकहरुलाई राजधानी बैङ्क्वैट वनस्थलीमा बिहीवार बिहान अभिमुखिकरण कार्यक्रम गरेको छ । अभ…
\'शिक्षित सियारी, शिक्षित समाज’ कार्यक्रममा सम्पन्न
सियारी गाउँपालिकाले आयोजना गरेको ‘शिक्षित सियारी, शिक्षित समाज’ नामक कार्यक्रममा अर्घाखाँची सिमेन्टले आफ्नो सशक्त उपस्थिति जनाएको छ । उक्त कार्यक्…