शिक्षा
११ औं संस्करणको डिजिटल संवादमा \'सामुदायिक विद्यालयमा वैकल्पिक सिकाइ\'बारे अन्तकृया हुदै
हरेक शनिवार आयोजना हुदै आएको डिजिटल संवादमा सूचना प्रविधिलाई विभिन्न क्षेत्रसँग जोडेर अन्तकृया हुदै आएको छ । ११ औं संस्करणको डिजिटल संवाद कार्यक्रममा सामुदायिक विद्यालयहरुलाई वैकल्पिक सिकाईबाट विद्यार्थीहरुलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने सन्दर्भमा छलफल कार्यक्रम हुनेछ ।
शनिवार १ बजेदेखि अनलाइन अन्तर्गत जुममा आयोजना हुने कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ , सरोकारवाला , स्थानिय निकायका प्रतिनिधि तथा शिक्षकहरुको सहभागिता रहनेछ । विद्यालय स्तरको शिक्षामा वैकल्पिक सिकाइ र प्रविधि विषयमा आयोजना हुने कार्यक्रममा शिक्षा विभागका महानिर्देशक डा.तुलसी प्रसाद थपलिया स्रोत व्यत्तिको रुपमा हुनुहुन्छ ।
यसैगरी कार्यक्रममा सिकाइ समुहका प्रवन्ध निर्देशक सुदर्शन घिमिरे , ओएलइ नेपालका कार्यकारी निर्देशक रवि कर्माचार्य स्रोत व्यत्तिको रुपमा सहभागी हुनुहुनेछ । स्थानिय निकायको प्रतिनिधित्व गर्दै कार्यक्रममा बेलवारी नगरपालिकाका शिक्षा शाखा प्रमुख भुपेन्द « प्रसाद कोइरालाको उपस्थिती रहनेछ भने विद्यालयबाट कन्चन गाँउपालिकामा रहेको गजेडी विद्यालयका प्राधानाध्यापक रेश्मा भुषाल वाग्ले स्रोत व्यत्तिको रुपमा रहनुहुनेछ ।
राष्ट्रिय शिक्षक संगठनको प्रतिनिधित्व गर्दै अध्यक्ष लक्ष्मण शर्मा कार्यक्रमको अर्का स्रोत व्यत्तिको रुपमा सहभागी हुनुहुनेछ । यस वाहेक पनि देशभरका शिक्षकहरु , स्थानिय निकायका प्रतिनिधि , सूचना प्रविधि तथा शिक्षालाई प्रविधिमैत्री बनाउन काम गरिरहेका दर्जनौ व्यत्तिहरुको कार्यक्रममा सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
अबको शिक्षा कस्तो रहनेछ ? सरकारले विद्यार्थीलाई तत्काल वैकल्पिक प्रणालीबाट सिकाइ सुरु गरेको योजना अन्तर्गत कसरी काम भइरहेको छ ? स्थानिय निकाय , शिक्षक तथा प्राध्यापकहरु यसको लागि कतिको तयारी छन भन्ने विषयमा डिजिटल संवादको कार्यक्रममा छलफल हुनेछ । कार्यक्रममा इच्छुक जो कोहिले सहभागिता जनाउन सक्नेछन ।
यो लिंक ( http://tiny.cc/s6efpz ) मार्फत सहभागी हुन इच्छुकले रजिस्ट्रेसन गर्न सक्नेछन । रजिस्ट्रेसन पश्चात आयोजकलेक कार्यक्रमको विस्तृत जानकारी र मिटिङ आइडी तथा पासवर्ड उपलब्ध गराउनेछन । कार्यक्रमको अध्यक्षता पूर्वमन्त्री गणेश शाहले गर्नुहुनेछ ।
नेपालमा कोरोना संक्रमण देखिएसंगै गत चैतदेखि सुरु भएको लकडाउन(बन्दाबन्दी)को कारण विद्यालय गएर अध्ययन गर्ने अधिकांश सामुदायिक विद्यालयको पठनपाठन ठप्प छ र झण्डै ८० लाख विद्यार्थीहरु औपचारिक शिक्षाबाट बन्चित अवस्थामा छन । यहि अवस्थालाई मध्यनजर गर्दै शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेदेखि लागु हुनेगरी “वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजिकरण निर्देशिका २०७७” जारी गरेको छ ।
गत संस्करणको कार्यक्रम हेर्नुहोस :
<iframe width="697" height="392" src="https://www.youtube.com/embed/8o3ElipUj9s" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>
शिक्षा
लोकसेवा आयोग र चाटर्ड एकाउन्टेंन्सी परिक्षाको त्यारी अब घरबाट
नेपालमा एक हप्ते लामो लकडाउन सुरु भएको छ। छिमेकि देश भारतमा पनि २१ दिन लामो लकडाउनको निर्णय भए लगतै नेपालमा पनि लकडाउन लम्बिने सम्भावन…
काठमाडौंमा खुल्यो अष्ट्रेलियन शिक्षा सूचना केन्द्र
उच्च शिक्षा…
प्रदेश १ मा पुसेट \'आइटी तथा इन्जिनियरिङ\'को लागि पहिलो रोजाईको कलेज हो – मनोज कुमार हलुवाई
मनोज कुमार हलुवाई , क्याम्पस प्रमुख (पुसेट) तथा एसोसिएट प्रोफेसर
पूर्वाञ्चल युनिभर्सिटी स्कुल अफ इन्…
हाम्रो चाँही तालुक अड्डामै समस्या छ
समग्रमा हेर्ने हो भने अहिले नेपालमा प्रविधिमैत्री शिक्षाको कमी नै छ । यो नुहुनुका कारण सबैभन्दा पहिले प्रिन्सिपलदेखि टिचर सबै प्रविधिमैत्री हुनुपर्छ । मोबाइल…
स्टडी एडिलेडद्वारा नेपालमा २०२० ब्राण्ड एम्बेसेडर कार्यक्रमको घोषणा
महत्वकाङ्क्षी विद्यार्थीहरु सपोर्ट प्याकेज स्वरुप प्रति विद्यार्थी ५००० अष्ट्रेलियन डलर जित्ने अवसर प्राप्त गर्नेछन्
नेपाली विद्…
विदेश जाने विद्यार्थीहरुले अनलाईनबाटै एनओसी लिन सकिने
उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई एनओसी लिन सहज भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नो अब्जेक्सन सर्टिफिकेट ९एनओसी० लाई अनला…
एनसीसी बैंकद्वारा शिवपुरी माध्यमिक विधालयलाई रु ४ लाख आर्थिक सहयोग
एनसीसी बैंकले काठमाण्डौ जिल्लाको महाराजगञ्ज स्थित शिवपुरी माध्यमिक विधालयलाई यहि असोज १० गते (हिजो) रु. ४ लाख आर्…
नेपालमा सफ्टवेयर इञ्जिनियरिङ र यसको क्षेत्र
सरोज शाक्य
प्रविधिको प्रयोगले भइरहेका अकल्पनीय परिवर्तनहरूका पछाडि सफ्टवेयरको सबैभन्दा ठूलो भूमिका छ । कुरा गरिर…