कीवर्डहरू -

शिक्षा

अनलाइन कक्षाको बारेमा के भन्छन विज्ञ तथा सरोकारवालाहरु

कोरोना भइरसको प्रकोपसँगै शैक्षिक क्षेत्र प्रभावित भएका छन्  । यतिखेर पहुचहुने र सक्षम बिद्यालय र बिद्यार्थी अनलाइन कक्षा लिरहेका छन् तर धेरै बिद्यार्थीहरु अनलाइनको पहुचबाट पनि बाहिर रहेको यथार्थ हामीसँग छ । कसरि अनलाइन शिक्षा प्रभाकारी बनाउने भन्ने बहस एकातिर छ भने अर्को तर्फ यसले डिजिटल डिभाइड बढाउने तर्क छ ।

नेपालमा अहिले अनलाइन तथा डिजिटल शिक्षामा जाने राम्रो अवसर भएपनि डिजिटल इन्फास्ट्रक्चरको अभाब, दक्ष जनशक्ति नहुनु, स्मार्ट दिभाइसको पहुचमा कमि र लोकल कन्टेन्ट पर्याप्त नभएको कारण समस्या भएको बिज्ञ तथा सरोकारवालाको भनाइ छ ।

अहिले अनलाइन कक्षा, डिजिटल लर्निंगका बारेमा धेरै बहस र छलफलहरु हुन थालेका छन् । यसैक्रममा कम्प्युटर फ्याकेल्टी एसोसिएसन अफ नेपालले आयोजना गरेको बहस (शिलापत्र डटकमबाट साभार)  र डिजिटल सम्बाद कार्यक्रममा विज्ञहरूले राखेको धारणाहरु (लिभिंग विथ आइसिटी) मा प्रशारित तथा प्रकाशित सामग्री यहाँ प्रस्तुत गरेका छौ ।


अनलाइन कक्षाको नाममा डिजिटल डिभाइड नबढोस भन्ने पक्षमा हामि सचेत हुनुपर्दछ
गणेश शाह, संयोजक, कोरोना नियन्त्रण सहयोग समिती, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय


मन्त्रालयले मेरो संयोजकत्वमा गठन गरेको समितिले काम सुरु गरिसकेको छ । हामिले विभिन्न पक्षबाट यसको अध्ययन गरिरहेका छौ । नेपालमा डिजिटल लर्निङ तथा अनलाइन शिक्षाको प्रणाली विकास गर्न विश्वविद्यालय, प्याब्सन, हिसानहरुसँग पनि छलफल भइरहेको छ । सरकारले केहि समयदेखि आइसिटी इन एजुकेशनमा लगानी पनि गरिरहेको हो । अब अहिलेको परिस्थितीमा हामिले तत्काल कसरी घरबाटै अध्ययन गर्न सकिन्छ भन्ने विषयमा गृहकार्य भइरहेको छ ।


डिजिटल लर्निङमा काम गरिरहेका सस्थाहरुसँग पनि छलफल भइरहेको छ । एसइइ, कक्षा ११ र १२ को परिक्षा र अन्य विश्वविद्यालयका परिक्षाहरु सञ्चालन गर्न केहि कठिनाई हुनसक्छ । तरपनि उपयुक्त समाधानहरु मन्त्रालयलाई सुझाव दिएका छौ । अब तत्कालको लागि एक किसिमको प्रयास हुनसक्छ भने दुरगामी प्रभाव पार्नेगरि योजनावद्ध कामहरु हुन्छन ।  अहिले विभिन्न माध्यमबाट अनलाइन कक्षाहरु सञ्चालन पनि भइरहेका छन । इन्टरनेट र डिभाइसमा पहुच हुनेहरुले अहिले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन ।  अनलाइन कक्षाको नाममा डिजिटल डिभाइड नबढोस भन्ने पक्षमा हामि सचेत हुनुपर्दछ ।


शिक्षामा लगानी बढाउनुपर्छ
डा. गंगालाल तुलाधार, पूर्वशिक्षामन्त्री


नयाँ राष्ट्रिय शिक्षा नीति बनेको छ । शिक्षा मा आइसीटी कक्षालाई जोड दिइएको छ । आइसीटी कक्षा आजको आवश्यकता हो । शिक्षिा नीति कार्यान्वयनमा कोरोनाले रोकेको छ । तर, यसलाई कार्यान्वयन गर्न सरकारले प्राथमिकता दिनुपर्छ । २१औँ शताब्दीमा गरिखाने शिक्षा बनाउन सबै पक्ष लाग्नुपर्छ । सरकारले शिक्षामा २० प्रतिशतसम्म लगानी गर्नुपर्छ ।


\"\"

अनलाइन आजको आवश्यकता
गगनकुमार थापा, पूर्वस्वास्थ्यमन्त्री

सरकारले अब अनलाइन शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ । यसका लागि समस्या र चुनौती पनि छ । समस्या समाधानका लागि स्थानीय तहले सहजीकरण गर्न सक्छ । कतिको पहुँचमा रेडियो, टेलिभिजन, इन्टरनेट, मोबाइललगायतका प्रविधि पुगेको छ, त्यसको तथ्यांक निकालेर कहाँ कुन माध्यमबाट पढाउन सकिन्छ, त्यहीअनुसार विद्यालय विश्वविद्यालयको पठनपाठन अगाडि बढाउन सकिन्छ ।


एकछिन कक्षा चलाउँदैमा अनलाइन हुँदैन
डा. लेखनाथ शर्मा, उपकुलपति, खुला विश्वविद्यालय

कोरोना भाइरसको प्रकोपपछि अनलाइन कक्षाको बहस चलेको छ । तर, लर्निङ म्यानेजमेन्ट खोइ रु पूर्वाधार नभई कसरी अनलाइन कक्षा चलाउन सकिन्छ रु एकछिन चलाउँदैमा अनलाइन हुँदैन । अनलाइनको आफ्नै तरिका र मोड छ । यसका लागि चाहिने प्रविधि र पाठ्यसामग्री पहिले बनाउनुपर्ने हुन्छ । इन्टरनेट, कम्प्युटर, ल्यापटप, मोबाइल, रेडियो, टीभीको पहुँच सबै ठाउँमा पुर्‍याउनुपर्‍यो । अनि शिक्षक र विद्यार्थीलाई प्रविधिमैत्री बनाउनुपर्छ ।


प्रविधिमैत्री जनशक्ति आवश्यक
डा. मनप्रसाद वाग्ले, शिक्षाविद्

२१औं शताब्दीमा साइन्स, टेक्नोलोजी, म्याथ र आर्ट हो । यसतर्फ जानुपर्छ । अहिले अनलाइन शिक्षाको तयारी गर्ने हो । विद्यार्थीलाई अनलाइनबाट पढाएको नै सबै हो भन्न मिल्दैन । लकडाउन खुलेपछि फेरि पढाइ हुन्छ भनेर अहिले अनलाइनबाट पढाउन सकिन्छ । तर, अनलाइनबाट पढाउन प्रविधिमैत्री शिक्षक छन् कि छैनन् रु त्यसका लागि तत्काल तालिम आवश्यक छ । सरकारले कम्प्युटर ट्रेनिङका लागि विदेश पठाएको थियो रु ती जनशक्ति कहाँ छन् रु आईसीटी कक्षाका लागि लगानी पनि आवश्यक छ । इन्टर्नेटको स्पिड कति छ रु अहिलेको स्पिडले सकिँदैन, भ्याउँदैन । यसको क्षमता पनि बढाउनु आवश्यक छ ।


तत्काल अनलाइनमा जान सकिँदैन
प्रेमराज रिमाल, शिक्षासेवक

कोरोना भाइरस कहिलेसम्म लम्बिन्छ, थाहा छैन । बच्चाहरूलाई पढाइ खतम भयो भन्ने हङ्गामा छ । कोरोनाका कारण अनलाइनको बहस चलेको छ । के ७० लाख बालबालिका अनलाइनको पहुँचमा छन् रु अभिभावक अहिले राहत थाप्न जाने कि कम्प्युटर किन्न जाने रु कहाँ नेटको सुविधा छ रु कति ठाउँमा बिजुली पुगेको छ रु बोल्दाबोल्दै बत्ती जाने, नेट घुम्याघुम्यै गरिबस्ने अवस्था छ । यस्तो प्रविधिबाट कसरी अनलाइन चलाउन सकिन्छ रु एउटा कापीमा तीनवटा विषयको गृहकार्य गर्ने अवस्थामा हाम्रा बालबालिका छन् रु तिनीहरूले कम्प्युटर किन्न सक्छन् रु अनि ७० लाख बालबालिकालाई राज्यले कम्प्युटर किन्न सक्छ रु रेडियो टेलिभिजनलगायतका प्रविधिको पहुँचमा रहेका बालबालिकालाई सृजनशील बनाउन भने सकिन्छ ।


नयाँ मोडेलको आवश्यकता
डा. पदम सिम्खडा, जनस्वाथ्यविद्

कोरोना भाइरसका कारण विश्व नै दोस्रो विश्वयुद्धपछिको जस्तै अवस्था हुने छाँटकाँट देखिन्छ । १९१८ मा स्पेनिस फ्लूले लाखौँ मानिस मरे । यसको असर २ वर्षसम्म परेको थियो । अहिलेको कोरोना महामारी पनि कहिलेसम्म जान्छ भन्ने टुंगो छैन । यसको असर शिक्षाक्षेत्रमा पर्ने देखिन्छ । प्रकोपमा पहिलो प्राथमिकता स्वास्थ्य नै हो । बेलायतमा पनि स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यसपछि स्वास्थ्यमा असर नपर्ने गरी पढाउने हो । अर्को राज्यलाई सहयोग गर्ने हो । यस्तो समयमा पढाउने भनेको अनलाइनबाटै हो । त्यसैले प्रत्येक विद्यालयमा विज्ञानसँगै टेक्निसियन राख्न पनि जरुरी छ । साथै, शिक्षकलाई पनि प्रविधिमैत्री बनाएर शिक्षामा नयाँ मोडेल ल्याइनु जरूरी छ ।


समयको माग हो
डा. सुवर्ण शाक्य, प्राध्यापक

सरकारले अनलाइन शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ । कोरोना प्रकोसँगै भय र त्रासका कारण विद्यालय विश्वविद्यालयको पठनपाठन रोकिएको छ । यसलाई लामो समयसम्म रोक्न सकिँदैन । त्यसैले अनलाइन शिक्षाका लागि आवश्यक पर्ने पूर्वाधारमा राज्यले जोड दिनुपर्छ । अबको विकल्प भनेको अनलाइन शिक्षा नै हो ।


शिक्षामा सरकारको लगानी र प्राथमिकता आबश्यक

प्रा.डा. मनिष पोखरेल

अबको समय डिजिटल लर्निङको हो । प्रविधिको भरपुर उपयोग गरेर हामिले शिक्षा क्षेत्रमा नयाँ आयाम थप्न सक्छौ । काठमांडौ विश्वविद्यालयले अहिले पनि अनलाइन कक्षाहरु सञ्चालन गरिरहेको छ । म विभिन्न विश्वविद्यालयको कोर्सहरु अहिले पनि पढाइरहेको छु । यो राम्रो अवसर हो, डिजिटल एजुकनेशलाई प्रवद्धन गर्ने । तर, सरकारको तयारी र  यस क्षेत्रमा लगानी अझै कमि भए जस्तो लाग्छ । बिशेष प्राथमिकतामा राखेर काम गर्नु आबश्यक छ ।


\"\"

प्रबिधिमैत्री शिक्षाको पहल र अभ्यासमा छौ

टिकाराम पुरी, अध्यक्ष प्याब्सन

अहिलेको अवस्थालाई लिएर प्याब्सनले केहि गृहकार्य गरिरहेको छ । हामिले केहि सस्थाहरु सहकार्य गरेर डिजिटल कन्टेन्टहरु विद्यार्थीहरुलाई सरल रुपमा पनि उपलब्ध गराएका छौ । प्रविधि र डिभाइसको पहुचमा भएका धेरै विद्यालयले अनलाइन कक्षा सुरु पनि गरिसकेका छन । नतिजा प्रकाशन गर्ने र भर्ना लिएर नयाँ कक्षा सञ्चालन गर्नेतर्फ लागिरहेका छौ । प्याब्सन प्रविधिमैत्री शिक्षाको सधै वकालत गरिरहेको सस्था हो । यस्ता अन्तकृयाले हामिलाई प्रविधिको बारेमा बुझ्ने र प्रयोग गर्न उत्साहित बनाउदछ ।


नयाँ प्रबिधि सहितको लर्निंग प्लेटफर्म

पराग श्रेष्ठ, फ्युजमेशिन्स
आर्टि्फिसियल इन्टेलिजेन्स (एआई)को क्षेत्रमा काम गरिरहेको फ्युजमेशिन्सले विद्यार्थी लक्षित एआईसहितका वेब तथा मोबाइल एप प्लेटफर्म फ्युज कलासरुप सार्वजनिक गरेको छ । डिजिटल प्लेटफर्ममा विद्यार्थीको प्रगति निरीक्षण, प्रश्तोत्तर, पाठ्यक्रममा थप सिकाई आवश्यक पर्ने विद्यार्थीको लागि एआईको माध्यमबाट थप सुझावहरुसँगै् विद्यालयको प्रशासन, प्राज्ञिक परामर्श, एल्मुनाई फिचरहरु राखिएको छ । यसले नेपालको शिक्षा क्षेत्रलाई रुपान्तरण गर्न महत्वपुर्ण भुमिका खेल्छ । अहिले दर्जनौ विद्यालयहरुबाट यो प्लेटफर्म प्रयोगको लागि अनुरोध आइरहेको छ ।


लकडाउनले अनलाइन कक्षाको आवश्यक्ता र महत्व बुझाएको

छत्रहरी कार्की, अध्यक्ष, मिदास

मिदासले नेपालमा लामो समयदेखि डिजिटल लर्निङ र कन्टेन्टको विकासमा काम गरिरहेको छ । डिजिटल इन्फास्ट्रक्चरको अभावले गर्दा हामिले जतिनै पहल गरेपनि शिक्षण पद्धतीलाई रुपान्तरण गर्न सकिरहेका थिएनौ । यो लकडाउनको अवस्थाले अब डिजिटल लर्निङ तथा अनलाइन कक्षाको आवश्यक्ता र महत्व बुझाएको छ । हामिले प्याब्सन, नेपाल टेलिकम लगायतसँग पनि सहकार्य गरेर विद्यार्थीलाई कन्टेन्टहरु सस्तो मुल्य र डेटा प्याकमा दिएका छौ ।


कनेक्टिभिटी र लोकल कन्टेन्टको विकासमा जोड दिउ

नवराज पौडेल, विभागीय प्रमुख, एमएस्सी आइटी (त्रिभुवन विश्वविद्यालय)

त्रिभुवन विश्वविद्यालयले एमएस्सी आइटीका कक्षाहरु अनलाइनबाट सञ्चालन गर्न थालिसकेका छौ । विभिन्न कठिनाइहरु पनि छन । नेपालमा कनेक्टिभिटीको विस्तार, लोकल कन्टेन्टको विकास र शिक्षकलाई ट्रेनिङ गराउनेतर्फ काम गर्न आवश्यक छ । अब लकडाउनको लागि मात्र भन्दापनि भविश्यमा शिक्षालाई कसरी अघि बढाउने भन्नेतर्फ योजनाहरु बनाउनु पर्दछ ।


हाम्रो जोड प्रविधिमैत्री शिक्षा नै हो

नरेश प्रसाद श्रेष्ठ, सिइयो, समृद्धी स्कुल तथा कलेज

हामिले लकडाउन भएको केहि समयदेखि नै उपलब्ध भएका अनलाइन टुल्सहरुबाट कक्षा सञ्चालन गरिरहेका छौ । हाम्रो जोड प्रविधिमैत्री शिक्षा नै हो । नेपालमा अहिले हामि अभ्यास गरिरहेका छौ । यसले पक्कै पनि सकरात्मक सन्देश दिन्छ । काठमाडांैमा त केहि सहज होला तर सरकारी विद्यालय र दुरदराजमा अनलाइन शिक्षा प्रदान गर्न सहज छैन । यसतर्फ सरकारले ध्यान दिनुपर्दछ ।


डिजिटल दिभाइड बढाउछ

टेक छेत्री, पोखरा बिस्वबिद्यालय

अहिले नै हामी अनलाइन कक्षा संचालन र ब्यबस्थापन गर्न सक्षम छौ जस्तो लाग्दैन । यस्तै अवस्थामा हामीले अनलाइन कक्षा मा जोड दियौ भने पक्कै पनि प्रविधिमा पहुच हुने र नहुनेबिचको खाडल झन बढ्ने छ । यो समय र अवस्थालाई बुझेर अब सरकार र सम्वन्धित निकायहरुलाई कनेक्टिभिटी विकास गर्ने, दक्ष जनशत्ती तयार गर्ने र कम आय भएकाहरुलाई पनि पहुचमा ल्याउने गरि काम गर्नु आवश्यक छ ।


कम आय भएका सरकारी विद्यालयका विद्यार्थीको पहुच महत्वपुर्ण

शिशिर खनाल, टिच फर नेपाल


कम आय भएका व्यत्तिहरुलाई पहुचमा ल्याएर अघि बढ्न सके राम्रो हुन्छ । हाम्रो शिक्षण पद्धती र अभ्यासमा नै धेरै कमि कमजोरी छ । विद्यालयमा कम आय भएका र सरकारी विद्यालयहरुमा पढ्ने विद्यार्र्थीहरुलाई कसरी दक्ष जनशत्ती मार्फत आधुनिक शिक्षा दिने भन्ने तर्फ सचेत हुनु आवश्यक छ । सरकारको दुरगामी योजना र कार्यान्वयन महत्वपुर्ण हुन्छ । लकडाउन तथा कोरोनाले हामिलाई यस तर्फ सोच्न र सोहि अनुसार अघि बढ्न झक्झकाएको छ ।


भएका टुल्स र प्लेटफर्मको सहि ब्यबस्थापन आबश्यक

हेमपाल श्रेष्ठ, नलेज म्यानेजमेन्ट स्पेसियलिस्ट

डिजिटल संवाद सूचना प्रविधिको अधिकतम प्रयोग गरि सेवा र सुविधा लिन प्रेरित गर्ने अन्तकृयात्मक कार्यक्रम हो ।  अहिलेको परिस्थितीमा शिक्षालाई आधुनिकिकरण गर्ने र अनलाइन मार्फत कक्षा सञ्चालन र व्यवस्थापन गर्नमा प्रविधिको महत्वपुर्ण भुमिका हुन्छ । हामिसँग भइरहेका प्रविधि, टुल्स र प्लेटफर्महरुको सहि प्रयोग र व्यवस्थापन गर्न सकेमा पनि केहि सकरात्मक बाटोमा अघि बढ्न सकिन्छ ।



स्रोत - कम्प्युटर फ्याकेल्टी एसोसिएसन अफ नेपालले आयोजना गरेको बहस (शिलापत्र डटकमबाट साभार)  र डिजिटल सम्बाद कार्यक्रममा विज्ञहरूले राखेको धारणाहरु (लिभिंग विथ आइसिटी) मा प्रशारित तथा प्रकाशित सामग्री

डिजिटल सम्बाद कार्यक्रम हेर्नुहोस :

शिक्षा

प्रदेश १ मा पुसेट \'आइटी तथा इन्जिनियरिङ\'को लागि पहिलो रोजाईको कलेज हो – मनोज कुमार हलुवाई

मनोज कुमार हलुवाई , क्याम्पस प्रमुख (पुसेट) तथा एसोसिएट प्रोफेसर 

 

पूर्वाञ्चल युनिभर्सिटी स्कुल अफ इन्…

हाम्रो चाँही तालुक अड्डामै समस्या छ

समग्रमा हेर्ने हो भने अहिले नेपालमा प्रविधिमैत्री शिक्षाको कमी नै छ । यो नुहुनुका कारण सबैभन्दा पहिले प्रिन्सिपलदेखि टिचर सबै प्रविधिमैत्री हुनुपर्छ । मोबाइल…

स्टडी एडिलेडद्वारा नेपालमा २०२० ब्राण्ड एम्बेसेडर कार्यक्रमको घोषणा


महत्वकाङ्क्षी विद्यार्थीहरु सपोर्ट प्याकेज स्वरुप प्रति विद्यार्थी ५००० अष्ट्रेलियन डलर जित्ने अवसर प्राप्त गर्नेछन्
नेपाली विद्…

विदेश जाने विद्यार्थीहरुले अनलाईनबाटै एनओसी लिन सकिने 


उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई एनओसी लिन सहज भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नो अब्जेक्सन सर्टिफिकेट ९एनओसी० लाई अनला…

एनसीसी बैंकद्वारा शिवपुरी माध्यमिक विधालयलाई रु ४ लाख आर्थिक सहयोग

एनसीसी बैंकले काठमाण्डौ जिल्लाको महाराजगञ्ज स्थित शिवपुरी माध्यमिक विधालयलाई यहि असोज १०  गते (हिजो) रु. ४ लाख आर्…

के हो सफ्टवेयर फ्रिडम डे ? 

नेपालमा सफ्टवेयर इञ्जिनियरिङ र यसको क्षेत्र

सरोज शाक्य


प्रविधिको प्रयोगले भइरहेका अकल्पनीय परिवर्तनहरूका पछाडि सफ्टवेयरको सबैभन्दा ठूलो भूमिका छ । कुरा गरिर…

द ब्रिटिस कलेजका ३२९ जना विद्यार्थी दीक्षित

काठमाडौँ। द ब्रिटिस कलेजले आयोजना गरेको पाँचौ दीक्षान्त समारोहमा ३२९ जना विद्यार्थीहरु …

इन्टरसफ्ट इन्साइड प्रालिले ल्यायो विद्यार्थीका लागि श्रव्य-दृश्य पाठ्यसामग्री

काठमाडौं। इन्टरसफ्ट इन्साइड प्रालिले कक्षा १० का विद्यार्थीलाई लक्षित गरेर श्रव्य-दृश्य पाठ्यस…