प्रदर्शनी
काठमाडौं विश्वविद्यालयमा आयोजना भएको ईपेक्स मेला सम्पन्न, २ हजार बढीले गरे अवलोकन
काठमाडौं विश्वविद्यालयको इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स विभागले हरेक वर्ष आयोजना गर्ने ईपेक्स मेला यस वर्ष पनि आयोजना गरेको छ ।
विभागसँगको सहकार्यमा सोसाइटी अफ इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियर्सले फागुन २३ र २४ गते काठमाडौं विश्वविद्यालयको केन्द्रिय क्याम्पस धुलिखेलमा २ दिने इपेक्स सम्पन्न भएको हो ।
ईपेक्सको उद्घाटन काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ डीन प्रा.डा. मनिष पोखरेलले बताए । कार्यक्रममा बोल्दै पोखरेलले ईपेक्स जस्ता कार्यक्रमले विद्यार्थीहरूलाई बजारसँग जोड्ने र क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
फागुन २३ र २४ गते टक शो, रोबो वार, रोबोट प्रतियोगिता एकुवा सुमो, गेमिङ प्रतियोगिता र प्रोजेक्ट प्रदर्शनी गरिएको थियो । कार्यक्रममा रोबोवारको विजेता सफ्टवेरिका कलेज भएको छ भने टिम बलियो दोस्रो र टिम जार तेस्रो भएको थियो ।
यस्तै प्रोजेक्ट प्रदर्शनीमा स्मार्ट होम अटोमेसन परियोजना विजेता र सीसीआरसी कलेजबाट आएको टिम उपविजेता बन्न सफल थियो । यस वर्ष इपेक्सको प्रि-ईभेन्टको रूपमा इलेक्ट्रोनिक्स वर्कशप, सर्किट डिजाइन प्रतियोगिता लगायतका कार्यक्रम सञ्चालन गरिएको थियो । साथै सो कार्यक्रममा इन्सिफिर वार्षिक म्यागजिन समेत सार्वजनिक भएको छ ।
यस वर्षको इपेक्स २ हजार बढीले अवलोकन गरेका थिए । सन् २०१२ देखि आयोजना हुँदै आएको इपेक्स यो दशौं संस्करण हो । कोरोना महामारीका कारण सन् २०२० र २१ मा भने आयोजना हुन सकेको थिएन ।
प्रदर्शनी
युनाइटेड एकेडेमीले रोबो फेस्ट आयोजना गर्दै
युनाइटेड एकेडेमीले युनाइटेड रोबो फेस्ट २.० आयोजना गर्ने भएको छ । आगामी फागुन २१ गते ललितपुरको कुमारीपाटी स्थित युनाइटेड एक…
क्यान इन्फोटेक हेर्न कलाकारदेखि नेतासम्म पुगे, सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड
राजधानीको भृकुटीमण्डमा माघ २५ देखि जारी ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ मा प्रविधिप्रे…
भोलिदेखि पाँच दिने एस पावर क्यान इन्फोटेक २०२४ सुरू हुँदै, यस्ता छन् आकर्षण
२९ औं संस्करणको एस पावर क्यान इन्फोटेक बिहीबारदेखि सुरू हुने भएको छ । मेला माघ २५ देखि २९ सम्म काठमाडौंको भृकुटीमण्डपमा प्रदर्…
माघ २५ गतेदेखि एस पावर क्यान इन्फोटेक, नेपाली स्टार्टअप तथा इन्नोभेसनलाई निःशुल्क स्टल
२९ औं संस्करणको एस पावर क्यान इन्फोटेक माघ २५ गतेदेखि सुरू हुने भएको छ । मेला माघ २५ देखि २९ सम्म काठमाडौंको भृकुटीमण्डपमा प्…
फागुन २३ र २४ गते काठमाडौं विश्वविद्यालयमा २ दिने इपेक्स आयोजना हुँदै
काठमाडौं विश्वविद्यालयको इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स विभागले हरेक वर्ष आयोजना गर्ने इपेक्स मेला यस वर्ष पनि आयोजना हुने भएको छ …
भोलिदेखि पुलचोक क्याम्पसमा ३ दिने प्रविधि मेला, डिजिटल रूपान्तरणमा सघाउने प्रोजेक्ट प्रदर्शनी हुने
माघ १२, १३ र १४ गते ललितपुरको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुलचोक क्याम्पस राष्ट्रिय प्रविधि मेला लोकस आयोजना हुने भएको छ …
भिरिञ्ची कलेजमा सुरू भयो ३ दिने आईसीटी मेला, यस्ता छन् विद्यार्थीले बनाएका आईटी प्रोजेक्ट
भिरिञ्ची कलेजमा बिहीबारदेखि ३ दिने आईसीटी मेला ४.० सुरू भएको छ । पुस १२ गतेदेखि सुरू भएको मेला पुस १४ गते शनिबारसम्म सञ्चा…
भोलिदेखि भिरिञ्ची कलेजमा आईसीटी मेला, मानवीय रोबोटदेखि आईओटीसम्मका प्रोजेक्ट प्रदर्शनीमा
भिरिञ्ची कलेजले पुस १२ गतेदेखि १४ गतेसम्म आईसीटी मेला ४.० आयोजना गर्न…
असोज तेस्रो साता काठमाडौंमा सय बढि स्टार्टअप तथा इन्नोभेसनको प्रदर्शनी हुँदै
असोज १९ र २० गते काठमाण्डौंको बानेश्वर बैंकुटमा स्र्टाटअप एण्ड आइडिया फेस्टसँगै स्टि…
भदौ १५ गतेदेखि १७ गतेसम्म इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी
भदौ १५ गतेदेखि १७ गतेसम्म काठमाडौंमा नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनीक्स अन्तर्राष्ट्रि…
सफ्टवेरिका कलेजको स्मार्ट प्रविधि प्रदर्शनी ‘टेक एक्स २०२३’ सम्पन्न, १० हजार बढीको अवलोकन
सफ्टवेरिका कलेजले जुलाई २७ देखि जुलाई ३० सम्म आयोजना गरेको स्मार्ट प्रविधि सम्बन्धी …