प्रदर्शनी
नेप्से प्रेडिक्ट सफ्टवेयरदेखि रोबोटिक्स लगायतका परियोजना प्रदर्शनीमा (तस्विरहरु)
टेक एवं बिजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा, २०२५’ काठमाडौंमा चलिरहेको छ ।
प्रदर्शनीमा बीएससी आइटी अद्ययनरत विद्यार्थीहरूले एआई, सफ्टवेयर र वेब डेभलपमेन्ट, साइबर सुरक्षा र मल्टिमिडियामा आधारित ५० परियोजना प्रदर्शन गरेका छन्। प्राविधिक र व्यावसायिक सम्भावना बोकेका परियोजनाहरू निर्माण गर्न करिब १७० विद्यार्थी आवद्ध छन् ।
प्रदर्शनीमा पुष्प वृष्टि गराउने एफ पीभी ड्रोन, रोबो सकर्स (फुटबल खेल्ने रोबोट), डान्सिङ रोबट (गीतमा नाच्ने), इमोसन डिटेक्शन सिस्टम (एआईद्वारा अनुहारको भावना पत्ता लगाएर सङ्गीत सिफारिस गर्ने), डाँफे अपरेटिङ सिस्टम, ईभी बाईक, स्मार्ट होम सिस्टम (ग्यास लिक हुँदा स्वचालित अलार्म र कट प्रणाली), भूकम्प तथा बाढी पहिरोको सूचना दिने प्रणाली, नेप्से प्रेडिक्ट सफ्टवेयरलगायत छन्।
उद्घाटनमा पुष्पवृष्टिका लागि प्रयोग भएको ड्रोन भविष्यमा डेलिभरी सेवामा उपयोगी हुने गरी विकास गर्ने विद्यार्थीहरुको भनाइ छ ।
साइबर सुरक्षाका परियोजनाहरूले अनलाइन ठगी, डेटा लिक र बैंक खाताको सुरक्षालाई सम्बोधन गर्नसक्ने केसीले बताए ।
स्मार्ट इरिगेसन र टुरिजम प्रवर्द्धन गर्ने सफ्टवेयरहरू पनि प्रदर्शनमा छन्। प्रदर्शनीमा अटोनोमस र ३६० डिग्री क्यामेराद्वारा रिमोटली नियन्त्रण हुने गाडी पनि राखिएको छ ।
अमेरिकाको वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनमा काठमाडौँको थापागाउँ, बानेश्वरमा सन्चालित प्रेसिडेन्सियल ग्र्याजुएट स्कूलमा विद्यार्थीका उत्कृष्ट परियोजना प्रदर्शन गर्ने उद्देशले आयोजित प्रदर्शनी आयोजना गरिएको कलेजका कार्यकारी अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए।
आइतबारसम्म चल्ने प्रदर्शनीको प्रवेश नि:शुल्क रहेको छ ।
प्रदर्शनी
असार ३२ गतेदेखि सफ्टवेयरिका कलेजमा चारदिने ‘टेकएक्स एलिभेट’ हुँदै, यस्ता छन् आकर्षण
सफ्टवेरिका कलेजले जुलाई १६ देखि १९ सम्म अर्थात असार ३२ गतेदेखि साउन ३ गतेसम्म ‘
नेपाल उद्योग परिसंघ (सीएनआई) ले अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) को सहकार्यमा ‘टेक पीक नेपालः ओर्लान्डो…
टेक पीक नेपाल: ओर्लान्डो २०२५ सम्पन्न
एआई, कोडिङ र रोबोटिक्स प्रतियोगिता कोडेभर सम्पन्न, शीर्ष २० कतारमा सहभागी हुन पाउने
राष्ट्रियस्तरको प्रतियोगिता कोडेभर ६.० सम्पन्न भएको छ । नेपाली विद्यार्थी आविष्कारकहरूको असाधारण सिर्जनात्मक क्षमता तथा प्राविधिक वि…
सेन्ट जेभियर्स कलेजले आयोजना गरेको २९औं प्रविधि तथा इन्नोभेसन प्रदर्शनी सम्पन्न
सेन्ट जेभियर्स कलेजले आयोजना गरेको २९औं प्रविधि तथा इन्नोभेसन (सेट) प्रदर्शनी सम्पन्न भएको छ । कलेजको सामाजिक सेवा, वातावरण र प्…
सागर ग्रुपको आईटी एक्सपो सुरू, अवलोकनकर्तालाई छुटदेखि ल्यापटप जित्नेसम्म मौका
माघ २३ गतेदेखि सागर ग्रुपको कर्पोरेट हाउस कलंकीमा प्रविधि मेला अर्थात आईटी एक्सपो सुरू भएको छ । माघ २९ गतेसम्म सञ्चालन हुने यस…
माघ २४ देखि भृकुटीमण्डपमा क्यान इन्फोटेक, राष्ट्रिय परिचयपत्रको इनरोलमेन्ट पनि गर्न सकिने
आउँदो माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने ३०औं संस्करणको क्यान इन्फोटेक २०२५ तयारी अन्तिम चरण…
माघ २४ देखि राजधानीमा क्यान इन्फोटेक २०२५ हुने, प्रायोजक एवं स्टल बुकिङ खुला
क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करण …
काठमाडौँ विश्वविद्यालयमा इपेक्स हुँदै, आईटी र उर्जा सम्बन्धि परियोजनाहरू प्रदर्शनी हुने
सोसाइटी अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स र काठमाडौँ विश्वविद्यालयको इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागको सह…
माघ ९ र १० गते काठमाडौं विश्वविद्यालयमा २ दिने प्रदर्शनी इपेक्स हुँदै
काठमाडौं विश्वविद्यालयको इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स विभागले हरेक वर्ष आयोजना गर्ने इपेक्स मेला यस वर्ष पनि आयोजना हुने भएको छ …
भिरिञ्ची कलेजमा आइसिटी मेला सुरू, के के छन् आकर्षण ?
मंसिर २० गते बिहीबारदेखि ललितपुरको कुमारिपाटीस्थित भिरिञ्ची…
बिहीबारदेखि भिरिञ्ची कलेजमा आइसिटी मेला, निःशुल्क अवलोकन गर्न सकिने
काठमाडौं । यही मंसिर २०, २१ र २२ गते ललितपुरको कुमारिपाटीस्थित भिरिञ्ची कलेजमा आइसिटी मेला ५.० हुने भएको छ । भिरिञ्ची कलेज…
कात्तिक २९ र ३० गते काठमाडौंमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ हुँदै, सय बढी स्टार्टअप र इन्नोभेसनहरू प्रदर्शनी हुने
देशैभरीका डिजिटल स्टार्टअपहरुको सहभागितामा काठमाडौंमा २ दिने स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रमको आयोजना हुने भएको छ । लिभिङ…
टेकस्पायर कलेजमा आयोजना भएको इन्नोभेट एक्सपो २०२४ सम्पन्न
टेकस्पायर कलेजमा आयोजना भएको इन्नोभेट एक्सपो २०२४ सम्पन्न भएको छ । रोबोटिक्सको क्षेत्रमा काम गरिरहेको कम्पनी खुड्किलाको आयोजना तथ…
यस्तो छ एआई, रोबोट र साइबर सुरक्षासम्बन्धी प्रदर्शनी ‘टेक एक्स’ (भिडियोसहित)
आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबोट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरुको प्रदर्शनी ‘टेक एक्स २०२४’ मा विद्यार्…
एआई, रोबाेट र साइबर सुरक्षासम्बन्धी प्रदर्शनी ‘टेक एक्स, २०२४’ सुरु, प्रवेश नि:शुल्क
सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्शको आयोजनामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबाेट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरुको प्रदर्…