कीवर्डहरू -

ग्याजेट्स

घट्यो स्मार्टफोन रेड्मी १३ को मूल्य

शाओमीले नेपाली ग्राहकहरूको लोकप्रिय स्मार्टफोन रेड्मी १३ को मूल्य घटाएको छ । कार्यक्षमता र आकर्षक डिजाइनको संयोजन भएको रेड्मी १३ अब थप किफायती मूल्यमा उपलब्ध हुने भएको छ ।

शक्तिशाली मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर, १०८ मेगापिक्सेल क्यामारा, र लङ लास्टिङ ब्याट्रीको साथमा रेड्मी १३ असाधारण प्रदर्शन प्रदान गर्न डिजाइन गरिएको छ । हाइपर ओएस सहितको शाओमीले प्रयोगकर्तालाई निर्बाध प्रयोग सुनिश्चित गर्दछ ।

यस अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीज्युले भन्नुभयो, “रेड्मी १३ को मूल्यमा छुट प्रदान गर्न पाउँदा हामी निकै खुसी छौँ । रेड्मी १३ कार्यक्षमता, नवीनता र डिजाइनको उत्कृष्ट संयोजन भएको डिभाइस हो । यस मूल्य समायोजनले ग्राहकहरूलाई अझ सन्तुष्ट बनाउने विश्वास हामीलाई छ । प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधि प्रदान गर्ने शाओमीको प्रतिबद्धतालाई हामीले रेड्मी १३ को साथमा कायम गरेका छौँ ।”

रेड्मी १३ का मुख्य विशेषताहरू

रेड्मी १३ को शक्तिशाली मेडियाटेक हेलिओ जी९१–अल्ट्रा प्रोसेसरले गेमिङ, मल्टिटास्किङ र दैनिक प्रयोगलाई सहज र प्रभावकारी बनाउँछ । साथै रेड्मी १३ को ६.७९ इन्चको फुल एचडी + डट डिस्प्ले प्रयोगकर्तालाई दमदार भिजुअल अनुभव प्रदान गर्नेछ ।

९० हर्जको रिफ्रेस रेट र टियुभी राइनल्याण्डबाट सर्टिफाइड डिस्प्लेले जीवन्त रंग प्रदान गर्नुका साथै आँखालाई आरामदायक दृश्य अनुभव प्रदान गर्दछ । १०८ मेगापिक्सेल मुख्य क्यामेरा र २ मेगापिक्सेल म्याक्रो लेन्स रहेको रेड्मी १३ ले हरेक फोटोलाई स्पष्ट र सटीक रूपमा कैद गर्न सक्षम बनाउँछ भने १३ मेगापिक्सेलको प्रन्ट क्यामेराले उत्कृष्ट सेल्फी र भिडियो कल अनुभव प्रदान गर्दछ ।

५०३० एमएएचको लामो समय टिक्ने ब्याट्री र ३३ वाटको फास्ट चार्ज सुविधाले ग्राहकहरूलाई दिनभरिका लागि ब्याट्री पावर प्रदान गर्नुका साथै छिटो चार्ज गर्न पनि सक्षम बनाउँछ ।

रेड्मी १३ को नयाँ मूल्य तथा उपलब्धता

६ जीबी + १२८ जीबीः पुरानो मूल्य – १८ हजार ९९९ रूपैयाँ । नयाँ मूल्य – १७ हजार ९९९ रूपैयाँ
८ जीबी + २५६ जीबीः पुरानो मूल्य – २१ हजार ९९९ रूपैयाँ । नयाँ मूल्य – २० हजार ९९९ रूपैयाँ

रेड्मी १३ मिडनाइट ब्ल्याक, पर्ल पिंक र ओसन ब्लु गरी तीन आकर्षक रङहरूमा उपलब्ध रहेको छ । यो स्मार्टफोन देशभरका सबै एमआई स्टोरका साथै शाओमीका आधिकारिक स्टोरहरूमा किन्न सकिनेछ ।

रेड्मी १३ अब झनै आकर्षक मूल्यमा उपलब्ध भएपछि प्रयोगकर्ताहरूले भरपर्दो र शक्तिशाली स्मार्टफोनको अनुभव पाउन झनै सहज भएको छ । 

ग्याजेट्स

ग्यालेक्सी एस२५ सिरिज लन्च गर्ने तयारीमा सामसङ

२२ जनवरीमा आयोजना हुने ‘ग्यालेक्सी अनप्याक्ड इभेन्ट’मा सामसङले आफ्नो नयाँ ग्यालेक्सी एस२५ सिरिज सार्वजनिक गर्ने तयारी…

टेक्नो फ्यान्टम भी फोल्ड टु स्मार्टफोन नेपाली बजारमा

टेक्नोले नेपाली बजारमा आफ्नो नवीनतम उत्पादन टेक्नो फ्यान्टम भी फोल्ड २  फाइभजी  सार्वजनिक गरेको छ। फोल्डेबल प्रविधिमा न…

आईफोन १७ एयर ल्याउँदै एप्पल, अहिलेसम्मकै सबैभन्दा पातलो आईफोन हुने

एप्पल आईफोन १७ एयरको लन्च गर्ने तयारीमा छ । रिपोर्टहरुका अनुसार कम्पनीले नयाँ आईफोन मोडेलमा काम सुरु गरिसकेको छ । पछिल्लो रिप…

ईसीजी सुविधासहित सर्कुलर रिङ २ को घोषणा, कति पर्छ मूल्य ?

कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) २०२५ मा स्मार्ट रिङ निर्माता कम्पनी सर्कुलर रिङले रिग २ को घोषणा गरेको छ । आफ्नो पहिलो स्मार्ट रि…

सामसङका टिभीमा पनि अब लाइभ ट्रान्सलेट सुविधा

सामसङले अब टिभीमा लाइभ ट्रान्सलेट सुविधा ल्याउने भएको छ । सीईएस २०२५ मा फोन र ट्याबलेटमा लोकप्रिय लाइभ ट्रान्सलेट सुविधा टिभीम…

सन् २०२५ को पहिलो त्रैमासिकमा आईफोन एसई ४ सार्वजनिक हुने, कति होला मूल्य ?

आईफोन एसई ४ सन् २०२५ को पहिलो त्रैमासिकमा सार्वजनिक हुने अपेक्षा गरिएको छ । आईफोन एसई ४ को मूल्य ५०० अमेरिकी डलरभन्दा कम हुने…

रे-ब्यान स्मार्ट चश्मामा डिस्प्ले पनि राख्दै मेटा

मेटाले रे-ब्यान स्मार्ट चश्मामा डिस्प्ले थप्ने तयारी गरेको छ । फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार मेटाले आफ्नो लोकप्रिय स्मार्ट चश्मा…

नेपालमा रियलमी सी ६३ को नयाँ भेरिएन्ट उपलब्ध, १ मिनेट चार्जमा १ घण्टा कल

रियलमीले रियलमी सी ६३ को ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भेरिएन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी सी ६३ मा ६.७…

इनफिनिक्सको हट ५० आई स्मार्टफोन सार्वजनिक, मूल्य १४ हजार

इनफिनिक्सको हट ५०आई स्मार्टफोन सार्वजनिक भएको छ । उच्चस्तरीय क्यामेरा सुविधा र मनोरञ्जन विकल्प रहेको हट ५०आई स्मार्टफोनको मूल्य १४ …

नेपालमा असुस जेनबुक एस १४ सार्वजनिक, पातलो डिजाइन, उच्च प्रदर्शन र एआई प्रविधिको संयोजन

असुस नेपालले आफ्नो अत्याधुनिक नयाँ युगको एआई पीसी, जेनबुक एस १४ (यूएक्स५४०६) सार्वजनिक गरेको छ । १४ इन्चको यो अल्ट्रा–पो…

नेपाल भित्रियो गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क, ५० प्रतिशतसम्म छुटसँगै आकर्षक उपहार

विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क औपचारिक रुपमा नेपाल भित्रिएको छ । नेपालको प्रमुख इलेक्ट्रोनिक्स तथा ग्याजेट मार्केट…

एलजीको नानोसेल टिभी सार्वजनिक

चौधरी ग्रुपअन्तर्गत नेपालमा एलजी उत्पादनका अधिकारिक आयातकर्ता तथा वितरक सिजी इलेक्ट्रोनिक्सले ४३ इन्च, ५५ इन्च र ६५ इन्चका साइजमा …

ब्ल्याक शार्कका उत्पादन नेपालमा उपलब्ध हुँदै

चिनियाँ कम्पनी ब्ल्याक शार्कका उत्पादन अब नेपालमा पनि उपलब्ध हुने भएका छन् ।

असुसको कन्भर्टिबल ल्यापटप प्रो आर्ट पिएक्स १३ नेपालमा, क्रियटरहरूका लागि उपयुक्त

असुसले नेपालमा प्रो आर्ट पिएक्स १३ नामक नयाँ १३.३–इन्च एआई कन्भर्टिबल ल्यापटप सार्वजनिक गरेको छ । यो ल्यापटप विश…

उच्च क्षमता र फास्ट चार्जिङसहित साओमीका नयाँ पावर ब्याङ्कहरू नेपालमा, कति छ मूल्य ?

साओमीले नेपालमा तीन वटा नयाँ पावर ब्याङ्कहरू सार्वजनिक गरेको छ । 

नयाँ उपलब्ध मोड…