ग्याजेट्स
एलजी स्मार्ट टिभीमा ५ वर्षसम्म निःशुल्क अपरेटिङ सिस्टम अपग्रेडको सुविधा
एलजी इलेक्ट्रोनिक्सले आफ्ना पुराना एलजी स्मार्ट टिभीका ग्राहकहरूलाई नयाँ वेबओएस स्मार्ट टिभी प्लेटफर्मको अपग्रेड प्रदान गर्ने घोषणा गरेको छ । योसँगै एलजी स्मार्ट टिभी प्रयोगकर्ताले ५ वर्षसम्मका लागि निःशुल्क अपरेटिङ सिस्टम अपग्रेडको सुविधा पाउनेछन् ।
वेबओएस रि:न्यू प्रोग्राम अन्तर्गत एलजीको २०२२ ओएलईडी टिभी लाइनअप, एलजी ओएलईडी फ्लेक्स, एलजी ओएलईडी ऑब्जेक्ट कलेक्शन पोसे, साथै एलजीको २०२२ क्यूएनईडी मिनी एलईडी ८ के (क्यूएनईडी९९/९५ श्रृंखला) को प्रत्येक मोडेलमा नयाँ वेबओएस अपग्रेड सुविधा ल्याएको हो ।
वेबओएसको नयाँ संस्करणसँग, एलजी स्मार्ट टिभीका ग्राहकहरूले अझै व्यक्तिगत टिभी अनुभवको आनन्द लिन सक्ने कम्पनीको दावी छ ।
उन्नत सुरक्षा प्रविधि र अनुकूलित अपरेटिङ सिस्टमले, प्रयोगकर्ताहरूलाई टिभी हेर्ने अनुभवको समयमा उच्चस्तरको स्थिरता, सुरक्षा र सहजतासँग सुरक्षित गरिने जनाइएको छ ।
एलजी स्मार्ट टिभीले नयाँ वेबओएस अपग्रेडलाई अपनाउँदै गर्दा, सामग्री प्रदायक र सेवा विकासकर्ताहरूलाई नयाँ सामग्री, सेवाहरू र सुविधाहरूलाई व्यापक दर्शकहरूमा फैलाउने थप अवसरहरू प्राप्त हुने कम्पनीको भनाइ छ ।
सोही एलजी वेबओएस रि:न्यू प्रोग्राम नेपालमा उपलब्ध २०२२ देखिका ओएलईडी र क्यूएनईडी टिभी र २०२३ देखिका युएचडि टिभीहरुमा पनि लागु हुनेछ भने, जसमा आगामी पाँच वर्ष सम्म नि:शुल्क अपग्रेड आउनेछ।
ग्याजेट्स
नेपाली बजारमा भीभो वाई १८ स्मार्टफोन सार्वजनिक
नेपाली बजारमा भीभो वाई १८ स्मार्टफोन सार्वजनिक भएको छ । ६.५६ इन्च आईपीएस एलसीडी भएको भीभो वाई १८ सार्वजनिक भएको हो । …
सामसङको ग्यालेक्सी एम ३५ फाइभजी स्मार्टफोन नेपालमा, कति छ मूल्य ?
नेपाली बजारमा सामसङको नयाँ फोन ग्यालेक्सी एम ३५ फाइभजी सार्वजनिक भएको छ । लामो समयदेखि प्रतिक्षित ग्यालेक्सी एम ३५ सार्वजनिक भए…
एप्पल फोल्डेबल आईफोन कहिले हुनेछ लन्च?
एप्पलको फोल्डेबल फोनको बारेमा लामो समयदेखि चर्चा भइरहेको छ । विज्ञहरूका अनुसार एप्पलले सन् २०२७ अघि फोल्डेबल फोन लन्च गर्ने बारे…
सामसङले घटायो तीन वटा स्मार्टफोनको मूल्य
सामसङ नेपालले तीन वटा स्मार्टफोनको मूल्य घटाएको छ । कम्पनीले ग्यालेक्सी ए २५ फाइभजी, ग्यालेक्सी एम १४ एलटीई र ग्यालेक्सी ए ०५ को …
रियलमी १२ प्रो प्लस फाइभजी जुन १ देखि दराजबाट प्रिबुकिङ गर्न सकिने
जुन १ देखि अनलाइन शपिङ प्लेटफर्म दराजबाट रियलमी १२ प्रो …
लोकप्रिय बन्दै रेड्मी नोट १३, कति छ मूल्य ?
रेड्मी नोट १३ सिरिज पछिल्लो समय नेपाली बजारमा रुचाइएको स्मार्टफोन मध्येमा पर्छ । रेड्मी नोट १३ को ७.९७ एमएम मोटाई र १८८.…
फोरके भिडियो खिच्न सक्ने रियलमी १२ प्रो प्लस फाइभजी नेपालमा सार्वजनिक हुँदै
नेपाली बजारमा रियलमी १२ प्रो प्लस फाइभजी स्मार्टफोन सार्वजनिक हुने भएको छ । रियलमी नेपालले छिट्टै रियलमी १२ प्रो प्लस सार्वजनिक …
विश्वको पहिलो अल्ट्रावाइड ल्यापटप असुस जेनबुक डुओ (२०२४) नेपालमा सार्वजनिक
विश्वको पहिलो अल्ट्रावाइड ल्यापटप असुस जेनबुक डुओ (२०२४) नेपालमा सार्वजनिक गरिएको छ । यो ल्यापटप डुअल डिस्प्लेसँगै डि…
१० महिनामा २४ अर्ब बढीका स्मार्टफोन आयात
चालु आर्थिक वर्षको २०८०-८१ को १० महिनामा १५ लाख २८ हजार ६४४ थान स्मार्टफोन आयात भएको छ ।
६ हजार एमएएच ब्याट्रीसहित ग्यालेक्सी एम १५ फाइभजी नेपालमा सार्वजनिक, कति छ मूल्य ?
सामसङ नेपालले सेग्मेन्टकै अग्रणी सुविधाहरूसहित ग्यालेक्सी एम १५ फाइभजी सार्वजनिक गरेको छ ।
मोबाइल एपबाटै कन्ट्रोल गर्न सकिने माइडिया रेफ्रिजेरेटर नेपाली बजारमा
माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक किचनको लागि डिजाइन गरिएको साइड वाई साइड र मल्टी डोर (४ ढोका) …
क्यारो आईपी टिभीको सेवा सुरू, १ वर्षको प्याकेजमा २०० एमबिपिएसको इन्टरनेटसँगै निःशुल्क सेटअप बक्स
आईपी टिभी सेवा प्रदायक कम्पनी क्यारो टिभी नेपालले आफ्नो सेवा सुरू गरेको छ । क्यारो टिभीमा २०० बढी लाइभ एचडी र एसडी खेल…
विद्युत खपत कम गर्ने माइडियाको फ्यान
सीजी इलेक्ट्रोनिक्सले घरलाई चिसो र आरामदायी राख्न डिजाइन गरिएको माइडियाको फ्यान नेपाली बजारमा सर्वत्र उपलब्ध रहेको जानकारी गराएको छ ।
…अहिलेसम्मकै पातलो र हलुका फोल्डेबल स्मार्टफोन अनर म्याजिक भी २, मूल्य २ लाख ३९ हजार
नेपालका लागि अनरको एक मात्र अधिकारिक बिक्रेता सेलट्रोन नेपाल प्रालिले विश्व इन्नोभेसन दिवसको अवसर पारेर अहिलेसम्मकै पातलो र हल…
२५ वर्षपछि नोकियाको सन् १९९९ को आइकोनिक फोन फिर्ता हुँदै, यसपटक नयाँ शैलीमा आउने
के तपाईंले सन् १९९९ मा आएको बटन भएका नोकिया फोन प्रयोग गर्नुभएको छ? एचएमडी ग्लोबलले एचएमडी प्लस लन्च कार्यक्रममा नयाँ नोकिया फो…