ग्याजेट्स
चाँडै नेपालमा सामसङ ग्यालेक्सी एस२३ एफ इको प्रिअर्डर सुरु हुने
सामसङ नेपालले नेपालमा प्रख्यात ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ग्यालेक्सी एस२३ एफ इ सार्वजनिक भएको छ ।
युवा पुस्ताका ग्यालेक्सी प्रयोगकर्ताहरुलाई सामसङको उच्चकोटीको अनुभव प्रदान गर्न निर्माण गरिएको ग्यालेक्सी एस२३ एफ इ सर्वश्रेष्ठ विशेषताहरुका साथ पूर्ण रुपमा सुसज्जित छ र गेमिङ्गमा रुची राख्नेहरुका लागि यसले शक्तिशाली कार्यसम्पादन प्रस्तुत गर्दछ ।
नेपालमा मिन्ट र ग्रेफाइट गरी २ रङ्गहरुमा उपलब्ध हुने यो ग्यालेक्सी एस२३ एफ इ मोबाइलको प्रि–अर्डर यही २० नोभेम्बर, २०२३ देखि नेपालभर सामसङको आधिकारिक स्टोरहरुबाट गर्न सकिनेछ ।
ग्यालेक्सी एस२३ एफइ यसमा भएको नयाँ फ्लोटिङ क्यामरा र अझै स्लीकर डिस्प्लेको लागि सर्वश्रेष्ठ फिनिसका साथ एस सिरिजको डिजाइनलाई वास्तवमै अँगीकार गरेको छ । सर्वश्रेष्ठ धातु र सिसाबाट बनाइएको ग्यालेक्सी एस२३ एफ इले प्रमुख स्टाइलिस बनावट र स्पर्शलाई प्रतिबिम्बित गर्दछ ।
उत्कृष्ट दृश्यावलोकनको अनुभव दिलाउने गरी निर्माण गरिएको ग्यालेक्सी एस२३ एफ इमा १२० हर्ज अनुकूल रिफ्रेस दरका साथ चम्किलो, अत्यन्त सरस ६.४ इन्चको भव्य एमोलेड २एक्स डिस्प्ले रहेको छ ।
ग्यालेक्सी एस२३ एफ इमा रहेको भिजन बूस्टर प्रविधिले स्वचालित रुपमा उज्यालो प्रकाशको अवस्थाहरु पत्ता लगाएर स्क्रीनलाई जीवन्त राख्दै डिस्प्लेलाई सहज बनाइदिन्छ ।
ग्यालेक्सी एस२३ एफ इमा प्रो¬¬–ग्रेड क्यामराको विशेषताहरु छन्, जसले असाधारण व्यापकताका साथ भिडियोहरु र फोटोहरु खिच्दछ जुन आज सम्म कै सबैभन्दा ठूलो क्यामरा हो ।
यसको पछाडी प्रमुख ग्रेडको ५० एमपि (डब्लु) र १२ एमपि (युडब्लु) र ८ एमपि (ओआइएस) युक्त ३ गुणा ठूलो अप्टिकल जूम सहितको क्यामरा जडान गरिएको छ, जसले चम्किलो र आकर्षक फोटोहरु खिचेर हरेक पललाई जीवन्त बनाइदिन्छ । ग्यालेक्सी एस२३ एफ इमा नाइटोग्राफि विशेषताले तपाईंलाई अँध्यारोमा पनि जीवनजस्तै रङ्गहरुमा सेल्फि र पोट्रेट प्रष्ट खिच्न मद्दत गर्छ ।
एड्भान्स्ड डिजिटल इमेज स्टेबलाइजेसन (भिडिआइएस) का साथ प्रयोगकर्ताहरुले अप्टिकल इमेज स्टेबलाइजर (ओआइएस) कोणमा पछाडीको क्यामरा प्रयोग गरेर चालु रहेकै समयमा स्थिर सट लिन सक्दछन् ।
जब सही रुपर्मो कन्टेन्ट सिर्जना गर्ने अवस्था आउँछ, ग्यालेक्सी एस२३ एफ इ त्यसको लागि एक सुचारु सम्पादन स्टुडियो हो । प्रो मोडमा अबरोधक गति, छिद्र, आइएसओ नियन्त्रण र सहजताको लागि हस्तकृत रुपमा संयोजन गर्न सकिन्छ ।
ग्यालेक्सी एस२३ एफ इ क्यामरामा एआइ शक्ति प्रदत्त टुलहरु रहेका छन्, जसले चालु रहेकै समयमा रचनात्मक बनाउने स्वतन्त्रता र अनुकूलन गर्न दिई तपाईंको सटहरुलाई उत्कृष्ट तुल्याउने कम्पनीको दावी छ ।
ग्यालेक्सी एस२३ एफ इमा सर्वोत्कृट र भरपर्दो कार्यसम्पादनको लागि भव्य ४एनएम चिपसेटको पावर दिइएको छ, जुन भव्य अनुभवहरुका लागि एक ठोस मेरुदण्ड हो ।
गेमिङ्ग र स्ट्रिमिङ्गको लागि ग्यालेक्सी एस२३ एफ इको शक्तिशाली प्रोसेसरले भेपर चेम्बर, जसले ताप नियन्त्रण गर्न र कार्यसम्पादनलाई एक समान राख्न मद्दत गर्दछ, त्यसको साथमा हरेक कार्यलाई तीव्र र तरल बनाइदिन्छ ।
यो रेट्रेसिङका साथ पनि आउँछ, एक त्यस्तो ग्राफिक चित्रण गर्ने प्रविधि जसले गेमलाई वास्तविक संसारको जस्तै प्रतिबिम्बहरु, प्रकाशहरु र छायाँहरु देखाउँछ ।
धेरै समय चल्ने, २५ वाटको एडप्टरका साथ केवल ३० मिनेटमा ५० प्रतिशतसम्म चार्ज हुने ४५०० एमएएच ब्याट्रीले ऊर्जाको बचत गर्न सहजै संयोजन गर्दछ ।
मेमोरी विविधता, मूल्य र उपलब्धता
ग्यालेक्सी एस२३ एफ इ प्रभावकारी ८ जिबि ¥याम र २५६ जिबिको स्टोरेजमा उपलब्ध छ । मिन्ट र ग्रेफाइट रङ्गहरुमा पाइने ग्यालेक्सी एस२३ एफ इ चाँडै नै देशभरका आधिकारिक सामसङ स्टोरहरुमा उपलब्ध हुनेछ ।
ग्राहकहरुले स्टोरमा आफै उपस्थित भएर यही २० नोभेम्बर, २०२३ देखि अग्रीम अर्डर गर्न सक्नु हुनेछ । यो मोबाइलको मुल्य रु.८५,९९९/ तोकिएको छ ।
आश्चर्यजनक लाभहरु रहेको एस२३ एफ इ शुन्य प्रतिशत ब्याजदरमा पनि उपलब्ध हुनेछ । ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्सले दिएको सुविधाको लाभ उठाउँदै मासिक रु.४,३००/ किस्ता तिरेर नयाँ ग्यालेक्सी एस२३ एफ इलाई आफ्नो बनाउन सक्नु हुनेछ ।
सामसङले एक वर्षको लागि १ पटकको ब्रेकेज बीमा प्रदान गरेको छ भनें आफ्नो सामसङ फोनको अपग्रेड गर्न इच्छुकहरुका लागि एक्सेञ्ज सुविधा पनि प्रदान गरिएको छ ।
ग्याजेट्स
नेपालमा भीभोको भी २९ ई फाइभजी सार्वजनिक, कति छ मूल्य ?
टेक्नोलोजी ब्रान्ड भिभोले भी सिरिजको नयाँ स्मार्टफोन भी २९ ई फाइभजी सार्वजनिक गरेको छ । कार्तिक १६ देखि १९ गतेसम्म भी २९ ई फाइभ…
सीजीले नथिङ ब्राण्डका स्मार्टफोन नेपाल ल्याउने
सीजी (चौधरी ग्रुप) ले नेपालमा नथिङ ब्राण्डका स्मार्टफोन र इयरफोन नेपाल ल्याउने भएको छ । यसका लागि नथिङ टेक्नोलोजी लिमिटेड र सी…
एप्पलको नयाँ म्याकबुक प्रो, आईम्याक र एमथ्री चिप सार्वजनिक
एप्पलले नयाँ म्याकबुक प्रो, आईम्याक र एमथ्री चिप सार्वजनिक गरेको छ । मंगलबार एप्पलले अक्टोबर कार्यक्रममार्फत नयाँ म्याकबुक, आईम्याक …
बढ्यो ल्यापटप र नोटबुकको आयात
चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा २ अर्ब ३ करोड रुपैयाँ बराबरका ल्यापटप तथा नोटबुक आयात भएको छ । भन्सार विभागको तथ्यांक अनु…
३ महिनामा ९० हजार स्मार्टवाच नेपाल भित्रिए, चीनबाट मात्रै ७ करोड बढीको आयात
चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा ८ करोड ७२ लाख २५ हजार रुपैयाँ बराबरको स्मार्ट वाच आयात भएको छ । भन्सार विभागले सार्वजनिक …
तीन महिनामा १० लाख १५ हजार बढी मोबाइल सेट आयात
चालु आर्थिक वर्षको ३ महिनामा १० लाख १५ हजार बढी मोबाइल सेट आयात भएको छन् । आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोजसम्म १० लाख १५…
सन् २०२४ मा एप्पलले भिजन प्रोका लागि रिटेल स्टोरका कर्मचारीलाई तालिम दिने
एप्पलले सन् २०२४ देखि आफ्नो रिटेल स्टोरका कर्मचारीहरूलाई भिजन प्रोको तालिम दिन सुरू गर्ने भएको छ ।
इसेवाले ल्यायो बोलेरै कारोबारको जानकारी दिने ई-स्पीकर, कति पर्छ मूल्य ?
डिजिटल माध्यमबाट जनजीवनलाई थप सहज बनाउन नवीन कार्यहरू गर्दै आएको इसेवाले पुन: डिजिटल कारोबारलाई सजिलो बनाउनका लागि आवाजबाट…
स्याटेलाइट म्यासेजिङ सुविधासहित दुई नयाँ फोन ल्याउँदै ह्वावे
ह्वावेले चाँडै नै आफ्नो नयाँ फोन ह्वावे नोभा १२ बजारमा ल्याउने भएको छ । यद्यपी ह्वावे नोभा …
गुगल पिक्सेल फोनमा पिक्सेल क्यामेरा एप सार्वजनिक हुँदै
गुगलको पिक्सेल फोनमा क्यामेरा एप उपलब्ध हुने भएको छ । एप अहिले प्ले स्टोरमा नाम परिवर्तन प्रक्रियामा रहेको छ ।
अक्टोबर १७ मा सार्वजनिक हुँदै नयाँ आईप्याड लाइनअप
एप्पलले केही समय अगाडि आईफोन १५ सार्वजनिक गरेको थियो । अब फेरि कम्पनीले नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी गरेको छ ।
<…सामसङका नयाँ टिभी नेपालमा, के के छन् सुविधा ?
सामसङले आफ्नो क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टिभी सेटहरुको नयाँ लाइन–अप, २०२३ सी–सिरिज टिभी सार्वजनिक गरेको छ …
क्यामियो फायर १०० इयरबड्स नेपाली बजारमा, यस्ता छन् सुविधा
क्यामियो इन्टरनेसनल प्रालिले 'क्यामियो फायर १०० इयरबड्स' नेपाली ग्याजेट्स बजारमा भित्रिएको छ। युवा प्रयोगकर्तालाई मध्यनजर …
गूगल पिक्सेल ८ र पिक्सेल ८ प्रो सार्वजनिक, यस्ता छन् फिचर
गुगलको मेगा इभेन्ट मेड बाइ गुगल इभेन्ट २०२३ मा गुगल पिक्सेल ८ र पिक्सेल ८ प्रो सार्…
अल्टिमाका २ नयाँ स्मार्टवाच सार्वजनिक, कति छ मूल्य ?
अल्टिमा लाइफ स्टाइलले आफ्ना उपभोक्ताका लागि सस्ता दुई वटा स्मार्टवाच बजारमा सार्वजनिक…