ग्याजेट्स
नेपालमै बनेको ‘निजी पावर’ र ‘जुनकिरी’ सार्वजनिक, के के छन् सुविधा ?
यार्सा टेकले दुई ओटा प्रडक्टहरु सार्वजनिक गरेको छ । यार्सा टेकले नेपालमै बनाएका २ वटा प्रडक्ट निजी पावर र जुनकिरी सार्वजनिक गरेको हो ।
बजारमा भरपर्दाे र स्वदेशी प्रडक्टको कमी देखेर यार्सा टेकले पावर बैंकको रूपमा प्रयोग गर्न सकिने निजी पावर र आफै बत्ती अन र अफ गर्न सक्ने प्रविधि जुनकिरी सार्वजनिक गरेको जनाएको छ ।
निजी पावरलाई पावर बैंकको रुपमा पनि प्रयोग गर्न सकिन्छ । निजी पावर पोर्टेबल भएको कारणले यसलाई आफूलाई सहज हुने गरी जता पनि लैजान मिल्ने कम्पनीको भनाइ छ । पावर बैंकमा ८ हजार ८०० एमएएच क्षमताको ब्याट्री राखिएको छ ।
१२ भोल्टको इन्पुट भोल्टेज रहेको निजी पावरमा १२ भोल्ट डिसी र ५ भोल्ट यूएसबी आउटपुट भोल्टेज रहेको छ । ब्याट्रीले ६ देखि ८ घण्टासम्म काम गर्ने गर्दछ । प्रयोगकर्ताहरुलाई चलाउन सहज पार्नका लागि कम्पनीले साधारण तथा आकर्षक डिजाइन प्रयोग गरेको बताएको छ ।
यसमा एउटा एलइडी लाइट, झुण्डाउनलाई सहज हुने माउण्ट स्टयाण्ड र सँगै लैजान पनि सहज पर्ने पोर्टेबल ह्यांगर समेत राखिएको छ । प्रडक्टलाई भरपर्दाे र टिकाउ बनाउनका लागि हाइ ग्रेड प्लास्टिकको प्रयोग गरेको कम्पनीको दावी छ । नेपाली बजारलाई लक्षित गर्दै बनाइएको प्रडक्ट भएकाले यसमा नेपालमा हुने हाइ भोल्टेज र सर्ट सर्किटको समयमा पनि काम गर्न सक्ने क्षमता राख्ने कम्पनीले जनाएको छ ।
इन्टलीजेन्ट चार्जिंग र ब्याट्री म्यानेजमेन्ट प्रणाली प्रयोग गरिएको हुँदा यसले बत्ती जाँदा पनि पावर सप्लाई दिने गर्दछ र बत्ती आएपछि त्यसलाई सेभ गरेर चार्ज गरिरहेको हुन्छ । यस इन्भटरमा १२ भोल्ट तथा ५ भोल्टको सिडभाइसहरु जडान गरिनुकासाथै मोबाइल चार्ज गर्न दिनका लागि चार्जिङ्ग पोर्ट पनि राखिएको छ ।
यो प्रडक्टले वर्षाैँसम्म काम दिने कम्पनीको दावी छ । निजी पावरका लागि यार्सा टेकले एक वर्षको वारेन्टी प्रदान गरेको छ । म्यानुफयारक्चरिङ डिफेक्ट भएको पाइएमा प्रडक्टलाई कम्पनीले प्रतिसथापन पनि गर्नेछ । निजी पावरको मूल्य ३ हजार रुपैयाँ तोकिएको छ । निजी पावर सप डट यार्सा डट टेकबाट खरिद गर्न सकिने छ ।
यस्तै जुनकिरीको कुरा गर्दा यस प्रविधिले राती अँध्यारो हुँदा बत्ती बाल्ने र बिहान उज्यालो हुँदा बत्ती निभाउने गर्न सक्छ । यसलाई आउट डोर लाइटका लागि बढि प्रयोग गर्न सकिने यार्सा टेकले जानकारी दिएको छ ।
१५०० वाटसम्मको लोड धान्न सक्ने गरी जुनकिरीको डिजाइन गरिएको छ । प्रडक्टको रिस्पोन्स टाइम वा प्रतिक्रिया समय ३ सेकेण्डको रहेको यार्सा टेकले बताएको छ । जुनकिरी वाटर प्रुफ, डस्ट प्रुफ, धूलो प्रतिरोधात्मक रहेको साथै आइपी ६७ रेटिङ बराबरको क्षमता बोकेको छ । जुनकिरीलाई सहजै जडान गर्न सकिने छ ।
ग्याजेट्स
ओप्पोको फोल्डेबल फोन फाइण्ड एनथ्री सार्वजनिक हुँदै, के के छन् फिचर ?
ओप्पोको फोल्डेबल फोन ओप्पो फाइण्ड एनथ्री चाँडै सार्वजनिक हुने भएको छ । फोनले ओप्पो फ…
हिताचीका नयाँ वासिङ मेसिन, रेफ्रिजेरेटर र राइस कुकर बजारमा
हिताची होम अपलायन्सको आधिकारिक वितरक युनिभर्सल इलेक्ट्रोकमले थप चारवटा विशेष होम …
क्यासपरस्कीका ३ नयाँ प्रडक्ट नेपाली बजारमा, यस्ता छन् फिचर र मूल्य
नेपालमा क्यासपरस्की एन्टिभाइरसका ३ नयाँ प्रडक्ट सार्वजनिक भएका छन् । नेपालका लागि क्य…
वानप्लसले आफ्नो पहिलो फोल्डेबल फोन चाँडैं सार्वजनिक गर्ने
इलेक्ट्रोनिक कम्पनी वानप्लस आफ्नो पहिलो फोल्डेबल फोनको साथ छिट्टै बजारमा सार्वजनिक हुनेछ । वानप्लसको फोल्डेबल फोनलाई ल…
आइफोनको सेफ्टी फिचरले बचायो कारसहित ४०० फिट गहिराइमा खसेका व्यक्तिको ज्यान
आइफोन सेफ्टी फिचरले एकजना प्रयोगकर्ताको ज्यान बचाएको छ । लस एन्जलसमा कारसहित ४०० फ…
रियलमी ११ प्रो र रियलमी ११ प्रो प्लस नेपालमा, के के छन् फिचर ?
सबैभन्दा विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीको बहु-प्रतिक्षित रियलमी ११ प्रो सिरिज फाइ…
चाँडै वानप्लस १२ सार्वजनिक हुने, यस्ता छन् फिचर
वानप्लस अहिले आफ्नो आगामी फ्ल्यागशिप स्मार्टफोनमा काम गरिरहेको छ । कम्पनीको अर्को फ्ल्य…
इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरसहित आईफोन १५ सिरिज सार्वजनिक हुने
केही महिनामा आईफोन १५ को सार्वजनिक हुने भएको छ । आईफोन १४ सार्वजनिक हुनु अघि, य…
१८ मिनेटमै फुल चार्ज हुने रियलमी ११ प्रो प्लस फाइभजीको प्रिबुकिङ सुरू, ३ हजार फ्ल्याट छुट
नेपाली बजारमा रियलमी ११ प्रो फाइभजी र रियलमी ११ प्रो प्लस फाइभजीको प्रिबुकिङ सुरू…
नेपाली बजारमा बोटका दुई स्मार्टवाच र एक ब्लुटुथ स्पिकर, ३४ रूपैयाँमै स्मार्टवाच जित्ने अफर
नेपालमा बोटको दुई मोडेलका स्मार्टवाच र ब्लुटुथ स्पिकर सार्वजनिक भएका छन् । बोटका ल…
भिभो वाई २७ फाइभजी सार्वजनिक हुँदै
भिभो वाइ २७ फाइभजी चिनियाँ कम्पनीको भि–श्रृङ्खलाका स्मार्टफोनहरूमा सबैभन्दा नयाँ उत्…
ह्वावे नोभा वाई ७१ विश्वव्यापी बजारमा सार्वजनिक
ह्वावे नोभा वाइ ७१ विश्वव्यापी बजारमा सार्वजनिक भएको छ । स्मार्टफोन कम्पनीको मिड रेन्…
ल्यापटप प्रयोग गर्दा धेरै तातिन्छ? यस्तो छ रोक्ने उपाय
ल्यापटपमा काम गर्दा तपाईको डिभाइस बारम्बार तातिन्छ भने आत्तिनु पर्दैन् । गर्मी मौसममा…
रियलमी ११ प्रो सिरिज फाइभजी नेपालमा सार्वजनिक हुँदै
रियलमीले बहुप्रतिक्षित ११ प्रो सिरिज फाइभजी नेपाली बजारमा चाँडै उपलब्ध गराउने भएक…
एक्यूफिट म्याक्स जीटी स्मार्टवाच नेपालमा सार्वजनिक, कति छ मूल्य ?
एक्यूफिट म्याक्स जीटी स्मार्टवाच नेपालमा सार्वजनिक भएको छ । सिमलेस ब्लुटुथ कलिङ सुवि…