कीवर्डहरू -

ग्याजेट्स

शाओमी प्याड ७ र रेड्मी प्याड २ नेपालमा

साओमीले नेपाली बजारमा दुई अत्याधुनिक ट्याब्लेट शाओमी प्याड ७ र रेड्मी प्याड २ को नेपालमा उपलब्ध भएको छ। 

शक्तिशाली प्रोसेसर, उच्च गुणस्तरको डिस्प्ले, लामो ब्याट्री आयु र नवीनतम साओमी हाइपरओएस प्रणालीसहित आएका यी ट्याब्लेटहरूले नेपाली प्रयोगकर्ताहरूका लागि मनोरञ्जन, अध्ययन र अन्य काममा पनि नयाँ प्रविधिको अनुभव दिलाउने अपेक्षा गरिएको छ।

सार्वजनिक कार्यक्रममा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनास्वीले भने, 'यी ट्याब्लेटहरूले नेपाली उपभोक्ताहरूका लागि अत्याधुनिक प्रविधि ल्याउने शाओमीको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्छन्। शाओमी प्याड ७ उत्कृष्ट प्रदर्शन खोज्ने उपभोक्ताका लागि लक्षित गरिएको छ भने रेड्मी प्याड २ प्रिमियम ट्याब्लेट अनुभव सबैका लागि सुलभ बनाउने प्रयास हो।'

साओमी प्याड ७ः प्रिमियम प्रदर्शन र डिजाइनको संयोजन

शाओमी प्याड ७ मा ३.२ के रिजोलुसन सहितको १४४ हर्जको हाई–रिफ्रेस रेट भएको डिस्प्ले दिइएको छ, जसले स्क्रोलिङ र मल्टिमिडिया अनुभवलाई सरल र सहज बनाउँछ।

स्न्यापड्रागन® ७+ जेन ३ प्रोसेसरसहित यो ट्याब्लेट ४एनएम प्रविधिमा निर्मित भएको हो, जसले गहन कामहरूमा समेत उत्कृष्ट प्रदर्शन दिन्छ।

८८५० एमएएच क्षमताको ब्याट्रीलाई ४५वाटको फास्ट चार्जिङ प्रविधिद्वारा १०३ मिनेटमै पूर्ण चार्ज गर्न सकिन्छ। 

डेस्कटप जस्तै मल्टी टास्किङ अनुभव दिन सक्ने हाइपरओएस प्रणाली यसमा समावेश छ। १३ मेगापिक्सल ब्याक र ८ मेगापिक्सल फ्रन्ट क्यामराले उच्च गुणस्तरको फोटोग्राफी अनुभव प्रदान गर्छ।

रेड्मी प्याड २ः सबैका लागि पहुँचयोग्य ट्याब्लेट

११ इन्चको २.५के डिस्प्ले, ९० हट्र्ज रिफ्रेस रेट र हेलिओ जी १०० अल्ट्रा प्रोसेसरसहित रेड्मी प्याड २ अध्ययन, मनोरञ्जन र सामान्य कामका लागि उत्तम विकल्प हो।

यो ट्याब्लेट ६ एनएम प्रविधिमा निर्मित शक्तिशाली प्रोसेसरसहित आएको छ जसले भरपर्दो कार्य सम्पादन प्रदान गर्छ।

यसमा रहेको ९००० एमएएच ब्याट्रीले दिनभरको कामलाई सहज बनाउँछ। स्टोरेज विकल्पका रूपमा ६ जिबी + १२८ जिबीदेखि सुरू भई ८ जिबी+२५६ जिबीसम्म उपलब्ध छ।

दुबै ट्याब्लेटमा चारवटा स्पिकर छन् जसमा डल्बी एटमस प्रविधिको रहेको छ, जसले सिनेम्याटिक साउन्ड अनुभव प्रदान गर्छ। टियुभी रेहिइनल्याण्ड प्रमाणीकरण पाएको स्क्रिनले आँखाको सुरक्षालाई ख्याल राखेको छ।

मूल्य र उपलब्धता

शाओमी प्याड ७ ग्रे (खैरो), ग्रिन (हरियो) र ब्लु (निलो) रंगमा उपलब्ध छ। 

८जिबी+ १२८जिबी र ८जिबी + २५६जिबी स्टोरेज भेरियन्टमा प्राप्त गर्न सकिन्छ।

त्यस्तै रेड्मी प्याड २ ग्राफाइट ग्रे (खैरो), मिन्ट ग्रिन (हरियो)  र ल्याभेन्डर पर्पल (बैजनी) रंगमा ६जिबी+ १२८जिबी र ८जिबी+२५६ जिबी स्टोरेज उपलब्ध छ।

६ जिबी+१२८ जिबी स्टोरेज भएको रेड्मी प्याड २ को मूल्य २४ हजार ९९९ रूपैयाँ र ८ जिबी+२५६ जिबी स्टोरेजको लागि २९ हजार ९९९ रूपैयाँ तोकिएको छ।

त्यसैगरी, ८ जिबी+१२८ जिबी स्टोरेज भएको शाओमी प्याड ७ को मूल्य ४४ हजार ९९९ रूपैयाँ र ८ जिबी+२५६ जिबी स्टोरेजको लागि ४९ हजार ९९९ रूपैयाँ निर्धारण गरिएको छ।

यसअघि जुन १७ देखि २० सम्म शाओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि बुकिङ खुला रहेको थियो । 

शाओमीका अनुसार यी दुवै ट्याब्लेटहरू नेपालभरीका सबै एमआई स्टोरहरू शाओमीका आधिकारिक बिक्रेता र दराज तथा हुकुट स्टोरमा पनि समेत उपलब्ध छन्। 

ग्याजेट्स

इन्फिनिक्स हट ५० प्रो प्लस नेपालमा सार्वजनिक

इन्फिनिक्सले नेपाली बजारमा आफ्नो नयाँ प्रिमियम मोडेल हट ५० प्रो प्लस औपचारिक रूपमा सार्वजनिक गरेको छ। आकर्षक डिजाइन, उन्नत …

असुसका ३ एआई ल्यापटप नेपालमा सार्वजनिक

एआई प्रविधिमा आधारित उत्पादनहरूमार्फत अन्तर्राष्ट्रिय बजारमा ख्यातिप्राप्त प्रविधि ब्राण्ड असुसले नेपालमा जनबुक एस १६ (UM5606KA) र २…

नेपालमा असुसको गेमिङ ल्यापटप जेफाइरस जी १६ सार्वजनिक

असुसले नेपालमा रिपब्लिक अफ गेमर्स (ROG) ब्रान्डको अत्याधुनिक गेमिङ ल्यापटप जेफाइरस जी १६ नेपाली बजारमा सार्वजनिक गरेको छ ।&nbs…

सामसङको पातलो स्मार्टफोन सार्वजनिक

सामसुङले मंगलबार आफ्नो फ्ल्यागशिप स्मार्टफोनको पातलो संस्करण सामसङ ग्यालेक्सी एस २५ एज सार्वजनिक गरेको छ । 

ग्यालेक्सी ट्याब ए१० एफई नेपालमा सार्वजनिक, के के छन् सुविधा ?

सामसङ नेपालले आफ्नो नयाँ ट्याब्लेट ग्यालेक्सी ट्याब ए१० एफई सार्वजनिक गरेको छ । ग्यालेक्सी इकोसिस्टममा नयाँ प्रयोगकर्ता अनुभवहरू प्र…

नेपालमा रेडमी ए५ सार्वजनिक, के के छन् विशेषता ?

साओमीले नेपालमा रेडमी ए५ सार्वजनिक गरेको छ । रेडमी ए५ एक आकर्षक र अनुपम विशेषताहरू समेटिएको स्मार्टफोन भएको कम्पनीको दा…

१ टिबी स्टोरेज भएको ग्यालेक्सी एस २५ अल्ट्रा नेपाली बजारमा, कति छ मूल्य ?

सामसङले नेपाली बजारमा १ टिबी स्टोरेज क्षमता भएको नयाँ ग्यालेक्सी एस २५ अल्ट्रा उपलब्ध गराएको छ । मोबाइल अनुभवको नयाँ परिभाषा ब…

गोरिल्ला ग्लासदेखि सेरामिक सिल्ड स्क्रिन प्रविधि प्रयोग हुँदै, स्क्रिन प्रोटेक्टरको युग सकिँदै हो ?

स्मार्टफोनको डिस्प्लेलाई स्क्र्याच र फुट्नबाट जोगाउन हामीमध्ये धेरैजसोले स्क्रिन प्रोटेक्टर लगाउने गर्छौ ं। तर, स्मार्टफोन कम्पनीहरूका अ…

नेपालमा ग्यालेक्सी एम १६ फाइभजी फोन सार्वजनिक, ६ वर्षसम्मको सिस्टम र सुरक्षा अपडेट पाइने

सामसङले नेपालमा ग्यालेक्सी एम सिरिजको ग्यालेक्सी एम १६ फाइभजी फोन सार्वजनिक गरेको छ । विशेषगरी युवापुस्तालाई लक्षित गर्दै &lsqu…

ब्रदर प्रिन्टरको नयाँ मोडल नेपाली बजारमा

जापानिज ब्रान्ड ब्रदर प्रिन्टरको नेपालका लागि आधिकारिक वितरक सागर ग्रुपले बजारमा नयाँ मोडलको प्रिन्टर ल्याएको छ । उक्त ग्रुपले ब्रद…

जेडटिइको नेपाली बजारमा पुनरागमन, ब्लेड ए र नुबिया सिरिजका ५ वटा मोडल सार्वजनिक

जेडटिई कर्पोरेशनले आफ्नो ब्लेड ए र नुबिया सिरिजका ५ फिचर–प्याक्ड स्मार्टफोन मोडलहरू सार्वजनिक गर्दै नेपालमा पुनः प्रवेश गरे…

आइटेल ए ८० स्मार्टफोन सार्वजनिक, १०० दिनको रिप्लेसमेन्ट वारेन्टी

आइटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन आइटेल ए ८० सार्वजनिक गरेको छ। ‘क्या दामी छ!’ नारासहित सार्वजनिक गरिएको यस …

रियलमी सी ७५ नेपालमा सार्वजनिक, अहिलेसम्मकै बलियो र विशेषतायुक्त स्मार्टफोन भएको दावी

रियलमीले अहिलेसम्मकै सबैभन्दा बलियो र विशेषतायुक्त स्मार्टफोन दावी गरेको रियलमी सी ७५ नेपालमा सार्वजनिक भ…

भिभो भी ५० नेपालमा सार्वजनिक, मूल्य ६७ हजार

स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा बहुप्रतीक्षित भिभो भी ५० सार्वजनिक गरेको छ । जाइस्सँगको सहकार्यमा डिजाइन गरिएको यो स्मार्टफोन प्र…

अन्डरवाटर फोटोग्राफी सुविधा भएको ओप्पो ए फाइभ प्रो नेपालमा, कति छ मूल्य ?

नेपाली बजारमा ओप्पो ए फाइभ प्रो फोरजी सार्वजनिक भएको छ । आउटडोर, गेमिङ र मनोरञ्जनका लागि उपयोगी हुने फोन ओप्पो ए फाइभ प्रो सा…