ग्याजेट्स
रियलमीको नार्जो ७० प्रो फाइभजी र १२ एक्स फाइभजी नेपालमा आउँदै, कति छ मूल्य ?
रियलमीले आफ्नो लाइनअपमा दुई नयाँ स्मार्टफोन रियलमी नार्जो ७० प्रो फाइभ जी र रियलमी १२एक्स फाइभ जी नेपाली बजारमा ल्याउने तयारी गरेको छ ।
रियलमी १२एक्स फाइभ जीमा १२० हर्जको अल्ट्रा स्मूथ एमोलेड डिस्प्ले छ, जसले २००० निट्ससम्मको पीक ब्राइटनेस प्रदान गर्दछ ।
त्यस्तै रियलमी नार्जो ७० प्रो फाइभ जीमा पनि २००० निट्सको पीक ब्राइटनेस र १२० हर्जको अल्ट्रा स्मूथ एमोलेड डिस्प्ले छ, जसले अद्वितीय भिजुअल क्ल्यारिटी र भ्युइङ एक्स्पिरियन्स प्रदान गर्दछ ।
दुवै स्मार्टफोनहरूमा ५००० एमएएच्को शक्तिशाली ब्याट्री छ, जसले गर्दा प्रयोगकर्ताहरूले फोन आरामसँग चलाऊन सक्छन् ।
नार्जो ७० प्रो फाइभ जी
नार्जो ७० प्रो फाइभजीको फ्ल्यागशिप सोनी आइएमएक्स ८९०ओआइएस् क्यामरा र मास्टर शट एल्गोरिदमले उत्कृष्ट फोटोग्राफीको अनुभव गर्न पाइने छ ।
यसमा २००० निट्सको पीक ब्राइटनेस र १२०हजर्को अल्ट्रा स्मूथ एमोलेड डिस्प्ले रहेको छ, जसले उत्कृष्ट भिजुअल क्ल्यारिटी प्रदान गर्दछ ।
त्यस्तै यसमा भएको डाइमेन्सिटी ७०५० फाइभ जी चिपसेटले फोनको हरेक फंक्सनहरु हाई पर्फर्मेन्स र स्मूथ हुन्छन् । ५००० एमएएच्को शक्तिशाली ब्याट्री र ६७ वाटको सुपरभोक चार्जको साथ आउन लागेको नार्जो ७० प्रो फाइभ जी पावर र पर्फर्मेन्सको सम्मिश्रण हो।
८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको नार्जो ७० प्रो फाइभजीको मूल्य ३३ हजार ९९९ रूपैयाँ रहेको छ ।
रियलमी १२ एक्स फाइभ जी
रियलमी १२ एक्स फाइभ जीमा रहेको एड्भान्स्ड ६ एन्एम् डाइमेन्सिटी ६१०० प्लस फाइभ जी चिपसेटले दमदार प्रदर्शन र प्रभावकारीता प्रदान गर्दछ । ९५० निट्सको पीक ब्राइटनेस र १२० हर्जको एफ्एचडी प्लस डिस्प्ले भएको यो रियलमी १२ एक्स फाइभ जीले चुस्त र जीवन्त भ्युइङ एक्स्पिरियन्स प्रदान गर्दछ ।
रियलमी १२ एक्स फाइभ जीको ५० एमपि कलर एआइ क्यामराले मिहिनताका साथ उत्कृष्ट फोटो लिन सक्छ। त्यस्तै ५००० एमएएच्को शक्तिशाली ब्याट्री र ४५ वाटको सुपरभोक चार्जले दिनभर फोन पावरमा राख्छ ।
रियलमी नार्जो ७० प्रो फाइभ जी र रियलमी १२ एक्स फाइभजीले रियलमीको इनोभेसनप्रतिको प्रतिबद्धतालाई जारी राख्दै प्रयोगकर्ताहरूलाई शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनका स्मार्टफोनहरू प्रदान गरेको छ ।
८ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको रियलमी १२ एक्स फाइभ जीको मूल्य २४ हजार ९९९ रूपैयाँ तोकिएको छ ।
ग्याजेट्स
एलजी स्मार्ट टिभीमा ५ वर्षसम्म निःशुल्क अपरेटिङ सिस्टम अपग्रेडको सुविधा
एलजी इलेक्ट्रोनिक्सले आफ्ना पुराना एलजी स्मार्ट टिभीका ग्राहकहरूलाई नयाँ वेबओएस स्मार्ट टिभी प्लेटफर्मको अपग्रेड प्रदान गर्ने घोषणा ग…
नथिङका स्मार्टवाच र इयरबड नेपालमा, यस्तो छ फिचर अनि मूल्य
नेपाली बजारमा नथिङ ब्रान्डका स्मार्टवाच र इयरबड सार्वजनिक भएका छन् । नेपालका लागि नथिङको आधिकारिक वितरक सीजी मोबाइल्सले बड्स प्र…
ग्यालेक्सी एस २४ सिरिज फोन खरिद गर्दा १५ हजार पर्ने ग्यालेक्सी बड्स एफई ५ हजारमै पाइने
ग्यालेक्सी एस २४ सिरिजको स्मार्टफोन खरिद गर्दा अब १५ हजार पर्ने ग्यालेक्सी बड्स एफई ५ हजारमै किन्न सकिने भएको छ ।
ठूलो गेमको लागि ठुलो टिभी स्क्रिन, फुटबल सिजनमा सामसङ टिभी खरिद गर्दा विशेष अफर
टिभी प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा १८ वर्ष देखि निरन्तर अग्रणी रहेको ब्रान्ड सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारम…
नेपाली बजारमा भीभो वाई १८ स्मार्टफोन सार्वजनिक
नेपाली बजारमा भीभो वाई १८ स्मार्टफोन सार्वजनिक भएको छ । ६.५६ इन्च आईपीएस एलसीडी भएको भीभो वाई १८ सार्वजनिक भएको हो । …
सामसङको ग्यालेक्सी एम ३५ फाइभजी स्मार्टफोन नेपालमा, कति छ मूल्य ?
नेपाली बजारमा सामसङको नयाँ फोन ग्यालेक्सी एम ३५ फाइभजी सार्वजनिक भएको छ । लामो समयदेखि प्रतिक्षित ग्यालेक्सी एम ३५ सार्वजनिक भए…
एप्पल फोल्डेबल आईफोन कहिले हुनेछ लन्च?
एप्पलको फोल्डेबल फोनको बारेमा लामो समयदेखि चर्चा भइरहेको छ । विज्ञहरूका अनुसार एप्पलले सन् २०२७ अघि फोल्डेबल फोन लन्च गर्ने बारे…
सामसङले घटायो तीन वटा स्मार्टफोनको मूल्य
सामसङ नेपालले तीन वटा स्मार्टफोनको मूल्य घटाएको छ । कम्पनीले ग्यालेक्सी ए २५ फाइभजी, ग्यालेक्सी एम १४ एलटीई र ग्यालेक्सी ए ०५ को …
रियलमी १२ प्रो प्लस फाइभजी जुन १ देखि दराजबाट प्रिबुकिङ गर्न सकिने
जुन १ देखि अनलाइन शपिङ प्लेटफर्म दराजबाट रियलमी १२ प्रो …
लोकप्रिय बन्दै रेड्मी नोट १३, कति छ मूल्य ?
रेड्मी नोट १३ सिरिज पछिल्लो समय नेपाली बजारमा रुचाइएको स्मार्टफोन मध्येमा पर्छ । रेड्मी नोट १३ को ७.९७ एमएम मोटाई र १८८.…
फोरके भिडियो खिच्न सक्ने रियलमी १२ प्रो प्लस फाइभजी नेपालमा सार्वजनिक हुँदै
नेपाली बजारमा रियलमी १२ प्रो प्लस फाइभजी स्मार्टफोन सार्वजनिक हुने भएको छ । रियलमी नेपालले छिट्टै रियलमी १२ प्रो प्लस सार्वजनिक …
विश्वको पहिलो अल्ट्रावाइड ल्यापटप असुस जेनबुक डुओ (२०२४) नेपालमा सार्वजनिक
विश्वको पहिलो अल्ट्रावाइड ल्यापटप असुस जेनबुक डुओ (२०२४) नेपालमा सार्वजनिक गरिएको छ । यो ल्यापटप डुअल डिस्प्लेसँगै डि…
१० महिनामा २४ अर्ब बढीका स्मार्टफोन आयात
चालु आर्थिक वर्षको २०८०-८१ को १० महिनामा १५ लाख २८ हजार ६४४ थान स्मार्टफोन आयात भएको छ ।
६ हजार एमएएच ब्याट्रीसहित ग्यालेक्सी एम १५ फाइभजी नेपालमा सार्वजनिक, कति छ मूल्य ?
सामसङ नेपालले सेग्मेन्टकै अग्रणी सुविधाहरूसहित ग्यालेक्सी एम १५ फाइभजी सार्वजनिक गरेको छ ।
मोबाइल एपबाटै कन्ट्रोल गर्न सकिने माइडिया रेफ्रिजेरेटर नेपाली बजारमा
माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक किचनको लागि डिजाइन गरिएको साइड वाई साइड र मल्टी डोर (४ ढोका) …