कीवर्डहरू -

ग्याजेट्स

साओमी १४ टी नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र फिचर

साओमीले आफ्नो नयाँ स्मार्टफोन साओमी १४ टि नेपालमा सार्वजनिक गरेको छ । लाइकासँगको सहकार्यमा निर्मित यो स्मार्टफोनले अत्याधुनिक मोबाइल फोटोग्राफी अनुभव प्रदान गर्छ भने मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर, १४४ हर्ज एमोलेड डिस्प्ले र एड्भान्सड् एआई फिचरहरू सहित उत्कृष्ट प्रदर्शनको सुनिश्चितता दिनेछ ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले साओमी १४ टि शक्ति, इन्टेलिजेन्स र इनोभेसनको प्रतीक भएको बताए । 'लाइका क्यामेरा प्रणाली, उच्च प्रदर्शन र स्मार्ट एआई फिचरहरूसहितको यो डिभाइस नेपाली ग्राहकवर्गमाझ प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौं,' उनले भने, 'हामी विश्वस्त छौं कि यो स्मार्टफोनले फोटोग्राफी, परफर्मेन्स र प्रयोगकर्ताको अनुभवमा नयाँ मापदण्ड स्थापित गर्नेछ ।”

साओमीले आफ्नो लाइकासँगको सहकार्यलाई निरन्तरता दिँदै शाओमी १४ टिमा ट्रिपल क्यामेरा प्रणाली समावेश गरेको छ । यसमा लाइका सुम्मिलक्स सहितको ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा र ५० मेगापिक्सेलको टेलिफोटो लेन्स समावेश रहेको छ जसले प्रत्येक फोटोमा अतुलनीय डिटेल्स र स्पष्टता प्रदान गर्छ ।

साओमी प्रोफोकस र ६० एफपिएस सहितको फोके भिडियो रेकर्डिङले यसलाई प्रोफेसनल–ग्रेड भिडियोग्राफीको अनुभव दिलाउँछ । मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसरद्वारा संचालित शाओमी १४ टि ले मल्टीटास्किङ, गेमिङ, र दैनिक कार्यहरूमा उच्च प्रदर्शन सुनिश्चित गर्दछ । यसमा रहेको ४ एनएम चिपसेटले ऊर्जा खपतलाई प्रभावकारी रूपमा नियन्त्रण गर्दै सहज र ल्याग–फ्रि प्रदर्शन सुनिश्चित गर्छ ।

साओमी १४ टि मा ६.६७ इन्चको एमोलेड डिस्प्ले रहेको छ जसले १४४ हर्जको रिफ्रेस रेट सहित स्मूथ र इमर्सिभ भिजुअल अनुभव प्रदान गर्छ । ४००० निट्सको पीक ब्राइटनेस, एचडिआर १०+ सपोर्ट र १.५ के रिजोलुसन रहेको यो स्मार्टफोनले उज्यालो बाहिरी वातावरणमा पनि उच्च स्तरको मल्टिमिडिया अनुभव सुनिश्चित गर्छ ।

साओमी १४ टि मा एआई–पावर्ड फोटोग्राफी मोडहरू, स्मार्ट सिन रेकग्निसन र ब्याट्री अप्टिमाइजेसन जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध रहेका छन् जसले प्रयोगकर्ताहरूलाई सहजताको अनुभव प्रदान गर्नेछ ।

५००० एमएच ब्याट्री सहित शाओमी १४ टि ले दिनभर चल्ने सक्ने ब्याट्री लाइफ प्रदान गर्दछ भने ६७ वाटको हाइपर चाजिङ टेक्नोलोजी ले ४५ मिनेटमै ब्याट्री फुल चार्ज हुने सुविधा प्रदान गर्छ ।

आइपि ६८–रेटिङ भएको यो डिभाइस पानी र धुलोबाट सुरक्षित रहेको कम्पनीले जनाएको छ । यो स्मार्टफोन २ मिटर गहिराइमा ३० मिनेटसम्म सुरक्षित रहन सक्छ । 

साओमी १४ टि टाइटन ब्ल्याक, टाइटन ग्रे र टाइटन ब्लु कलर भेरियन्टमा १२ जिबी + ५१२ जिबी अप्सनमा उपलब्ध हुनेछ । यसको मूल्य रु. ६४ ,९९९ तोकिएको छ र नेपालभरका सबै आधिकारिक एमआई स्टोरहरू तथा शाओमी रिटेल स्टोेरहरुमा उपलब्ध हुनेछ ।

ग्राहकहरूले हरेक शाओमी १४ टिको खरिदमा सीमित–समयको लागी रेड्मी बड्स ६ लाईट निःशुल्क प्राप्त गर्नेछन् । कुनै अतिरिक्त शुल्क बिना प्रिमियम अडियो अनुभवको साथ आफ्नो स्मार्टफोन अनुभवलाई विशेष बनाउन यो अफर प्रदान गरेको कम्पनीले जनाएको छ।  

क्यामेरा टेक्नोलोजी, शक्तिशाली एआई फिचरहरू र उच्च–प्रदर्शन चिपसेट सहितको शाओमी १४ टि ले नेपालमा फ्ल्यागशिप स्मार्टफोनको अनुभवलाई पुनः परिभाषित गर्नेछ । 

ग्याजेट्स

घट्यो स्मार्टफोन रेड्मी १३ को मूल्य

शाओमीले नेपाली ग्राहकहरूको लोकप्रिय स्मार्टफोन रेड्मी १३ को मूल्य घटाएको छ । कार्यक्षमता र आकर्षक डिजाइनको संयोजन भएको रेड्मी १३ …

बिस्पोक एआई ९ केजी फ्रन्ट लोड वाशिङ मेसिन नेपाली बजारमा

नेपालको लोकप्रिय र भरपर्दो इलेक्ट्रोनिक ब्रान्ड सामसङले हालै आफ्नो प्रिमियम बिस्पोक एआई दायरा विस्तार गर्दै, सामसङ नेपालले नयाँ बि…

स्मार्टवाच वा स्मार्ट रिङ : सही उपकरण छनोट गर्न यी कुराहरुमा ध्यान दिनुहोस्

यदि तपाईं स्मार्टवाच वा स्मार्ट रिङ किन्न योजना गरिरहनुभएको छ र कुन उपकरण छनोट गर्ने भन्ने विषयमा द्विविधामा हुनुहुन्छ भने, यो ल…

सामसंग ग्यालेक्सी एस २५ अल्ट्रा सार्वजनिक: २०० एमपी क्यामेरा र ७ वर्षको अपडेट ग्यारेन्टीसहित उपलब्ध

सामसंगले आफ्नो ग्यालेक्सी अनप्याक्ड इभेन्टमा तीन नयाँ स्मार्टफोन सामसंग ग्यालेक्सी एस २५, सामसंग ग्यालेक्सी एस २५ प्लस, र सामसंग ग्या…

ग्यालेक्सी एस२५ सिरिज लन्च गर्ने तयारीमा सामसङ

२२ जनवरीमा आयोजना हुने ‘ग्यालेक्सी अनप्याक्ड इभेन्ट’मा सामसङले आफ्नो नयाँ ग्यालेक्सी एस२५ सिरिज सार्वजनिक गर्ने तयारी…

टेक्नो फ्यान्टम भी फोल्ड टु स्मार्टफोन नेपाली बजारमा

टेक्नोले नेपाली बजारमा आफ्नो नवीनतम उत्पादन टेक्नो फ्यान्टम भी फोल्ड २  फाइभजी  सार्वजनिक गरेको छ। फोल्डेबल प्रविधिमा न…

आईफोन १७ एयर ल्याउँदै एप्पल, अहिलेसम्मकै सबैभन्दा पातलो आईफोन हुने

एप्पल आईफोन १७ एयरको लन्च गर्ने तयारीमा छ । रिपोर्टहरुका अनुसार कम्पनीले नयाँ आईफोन मोडेलमा काम सुरु गरिसकेको छ । पछिल्लो रिप…

ईसीजी सुविधासहित सर्कुलर रिङ २ को घोषणा, कति पर्छ मूल्य ?

कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) २०२५ मा स्मार्ट रिङ निर्माता कम्पनी सर्कुलर रिङले रिग २ को घोषणा गरेको छ । आफ्नो पहिलो स्मार्ट रि…

सामसङका टिभीमा पनि अब लाइभ ट्रान्सलेट सुविधा

सामसङले अब टिभीमा लाइभ ट्रान्सलेट सुविधा ल्याउने भएको छ । सीईएस २०२५ मा फोन र ट्याबलेटमा लोकप्रिय लाइभ ट्रान्सलेट सुविधा टिभीम…

सन् २०२५ को पहिलो त्रैमासिकमा आईफोन एसई ४ सार्वजनिक हुने, कति होला मूल्य ?

आईफोन एसई ४ सन् २०२५ को पहिलो त्रैमासिकमा सार्वजनिक हुने अपेक्षा गरिएको छ । आईफोन एसई ४ को मूल्य ५०० अमेरिकी डलरभन्दा कम हुने…

रे-ब्यान स्मार्ट चश्मामा डिस्प्ले पनि राख्दै मेटा

मेटाले रे-ब्यान स्मार्ट चश्मामा डिस्प्ले थप्ने तयारी गरेको छ । फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार मेटाले आफ्नो लोकप्रिय स्मार्ट चश्मा…

नेपालमा रियलमी सी ६३ को नयाँ भेरिएन्ट उपलब्ध, १ मिनेट चार्जमा १ घण्टा कल

रियलमीले रियलमी सी ६३ को ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भेरिएन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी सी ६३ मा ६.७…

इनफिनिक्सको हट ५० आई स्मार्टफोन सार्वजनिक, मूल्य १४ हजार

इनफिनिक्सको हट ५०आई स्मार्टफोन सार्वजनिक भएको छ । उच्चस्तरीय क्यामेरा सुविधा र मनोरञ्जन विकल्प रहेको हट ५०आई स्मार्टफोनको मूल्य १४ …

नेपालमा असुस जेनबुक एस १४ सार्वजनिक, पातलो डिजाइन, उच्च प्रदर्शन र एआई प्रविधिको संयोजन

असुस नेपालले आफ्नो अत्याधुनिक नयाँ युगको एआई पीसी, जेनबुक एस १४ (यूएक्स५४०६) सार्वजनिक गरेको छ । १४ इन्चको यो अल्ट्रा–पो…

नेपाल भित्रियो गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क, ५० प्रतिशतसम्म छुटसँगै आकर्षक उपहार

विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क औपचारिक रुपमा नेपाल भित्रिएको छ । नेपालको प्रमुख इलेक्ट्रोनिक्स तथा ग्याजेट मार्केट…