कीवर्डहरू -

ग्याजेट्स

नेपालमा ग्यालेक्सी एम १६ फाइभजी फोन सार्वजनिक, ६ वर्षसम्मको सिस्टम र सुरक्षा अपडेट पाइने

सामसङले नेपालमा ग्यालेक्सी एम सिरिजको ग्यालेक्सी एम १६ फाइभजी फोन सार्वजनिक गरेको छ । विशेषगरी युवापुस्तालाई लक्षित गर्दै ‘मन्स्टर’ स्तरका फिचरहरू समावेश गरी ग्यालेक्सी एम १६ ल्याइएको हो । 

सामसङ नेपालका निर्देशक, प्रणय रत्न स्थापितले भने नयाँ डिजाइन, फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले, ६ वर्षसम्म अपडेट जस्ता विशेषतासहित ल्याएको जानकारी दिए । फोनमा ६.७ इन्चको  फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले दिइएको छ, जसले अझ जीवन्त र स्पष्ट दृश्य अनुभव प्रदान गर्नेछ । 

यसमा भएको एडाप्टिभ हाई ब्राइटनेस मोडले घाममा पनि सजिलै सामग्री हेर्न सकिने छ । सामाजिक सञ्जाल हेर्न रुचाउने जुनजी र मिलेनियल्सका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ ।ग्यालेक्सी एम १६ नयाँ लाइनियर ग्रुप क्यामेरा मोड्युल र आकर्षक कलर प्यालेट सहित स्लीक डिजाइन दिइएको छ । फोनको मोटाई केवल ७.९ एमएम भएकोले यो हातमा निकै सजिलो र स्टाइलिस देखिने छ ।

फोनमा मिडियाटेक डाइमेन्सिटी ६३०० प्रोसेसर प्रयोग गरिएको छ । यसमा ५० मेगापिक्सेल  मुख्य क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा-वाइड लेन्स र २ मेगापिक्सेल म्याक्रो क्यामेरा रहेको छ । अगाडि तर्फ १३ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ ।

फोनमा ५००० एमएएच  ब्याट्री रहेको छ, जसले लामो समयसम्म प्रयोग गर्न सकिन्छ । साथै, २५ वाट फास्ट चार्जिङ समर्थन पनि छ । सामसङले ग्यालेक्सी एम १६ मा ६ पुस्तासम्मको अपरेटिङ सिस्टम अपग्रेड र ६ वर्षको सुरक्षा अपडेट दिने जनाएको छ । साथै, सामसङ नक्स भल्ट सुरक्षा प्रणालीले हार्डवेयर र सफ्टवेयर हमला दुवैबाट सुरक्षा प्रदान गर्नेछ ।

त्यस्तै, भ्वाइस फोकस फिचरले फोन कलको बेलामा वरिपरिको आवाज घटाएर कुराकानी थप स्पष्ट बनाउने छ । ग्यालेक्सी एम १६ फाइभजी फोन अब नेपालभरका सबै अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध छ । फोनमा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहेको छ, जसको मूल्य २६ हजार ९९९ रूपैयाँ तोकिएको छ । 

यो फोन मासिक १ हजार ३५० ररूपैयाँ ईएमआईमा खरिद गर्न सकिने छ । साथै, पुरानो फोन साटेर नयाँ ग्यालेक्सी एम १६ फाइभजी लिन सबको फोन र अर्को स्टोरबाट एक्सचेञ्ज सेवा पनि उपलब्ध छ ।

ग्याजेट्स

रियलमी सी ७५ नेपालमा सार्वजनिक, अहिलेसम्मकै बलियो र विशेषतायुक्त स्मार्टफोन भएको दावी

रियलमीले अहिलेसम्मकै सबैभन्दा बलियो र विशेषतायुक्त स्मार्टफोन दावी गरेको रियलमी सी ७५ नेपालमा सार्वजनिक भ…

भिभो भी ५० नेपालमा सार्वजनिक, मूल्य ६७ हजार

स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा बहुप्रतीक्षित भिभो भी ५० सार्वजनिक गरेको छ । जाइस्सँगको सहकार्यमा डिजाइन गरिएको यो स्मार्टफोन प्र…

अन्डरवाटर फोटोग्राफी सुविधा भएको ओप्पो ए फाइभ प्रो नेपालमा, कति छ मूल्य ?

नेपाली बजारमा ओप्पो ए फाइभ प्रो फोरजी सार्वजनिक भएको छ । आउटडोर, गेमिङ र मनोरञ्जनका लागि उपयोगी हुने फोन ओप्पो ए फाइभ प्रो सा…

सामसङ ग्यालेक्सी ए ५६ फाइभजीको प्रि-अर्डर सुरू, कति छ मूल्य ?

सामसङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी ए ५६ फाइभजी स्मार्टफोनको प्रि-अर्डर घोषणा गरेको छ । आगामी २१ मार्चदेखि २४ मार्च २०…

बर्ली एयर कूलर नेपालमा सार्वजनिक

भारतको सबैभन्दा ठूलो इक्विपमेन्ट म्यानुफ्याक्चरर बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिक रूपमा १७ आधुनिक एयर कुलरहरू सार्वजनिक गरे…

साओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक, प्रि-बुकिङमा वायरलेस चार्जिङ स्ट्यान्ड निःशुल्क

साओमीले साओमी १५ अल्ट्रा नेपालमा भव्य रूपमा सार्वजनिक गरेको छ । शनिबार भक्तपुरको सल्लाघारी ग्राउन्डमा आयोजना गरिएको &lsquo…

एआई सुविधासहितको असुस जेनबुक १४ मा ल्यापटप नेपालमा

नेपालमा असुसले एआई-सक्षम कोपाइलट प्लस पीसीको विस्तारित श्रृंखला सार्वजनिक गरेको छ । नयाँ श्रृंखलामा एएमडी राइजेन एआई ३०० सिरि…

नेपालमा आईपुग्यो नथिङ फोन थ्री ए

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा आईपुगेको छ । चौधरी सम…

साओमीको रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक

साओमीले नेपालमा रेड्मी बड्स ६ सिरिज सार्वजनिक गरेको छ, जसअन्तर्गत रेड्मी बड्स ६ लाइट र रेड्मी बड्स ६ प्ले नामक दुई नयाँ वायर…

८ जीबी र्‍याम र १२८ जिबी स्टोरेज भेरियन्टको रियलमी सी ६३ नेपालमा, मूल्य २० हजार

रियलमीको रियलमी सि ६३ को ८+१२८ जीबी भेरिएन्ट नेपाली बजारमा उपलब्ध भएको छ । रियलमी सी ६३ मा ६.७४ को एचडि प्लस डिस्प्ले, …

रियलमी नोट ६० र नोट ६० एक्स नेपाली बजारमा सार्वजनिक, कति छ मूल्य ?

रियलमीले रियलमी नोट ६० र रियलमी नोट ६० एक्स नेपाली बजारमा भएको छ । यी स्मार्टफोनहरू अल्ट्रा–टफ डिजाइन, टिकाउपन र उच्च प्…

रियलमी नोट ६० र नोट ६० एक्स नेपालमा आउँदै

रियलमीले रियलमी नोट ६० र रियलमी नोट ६० एक्स नेपालमा उपलब्ध गराउने भएको छ । यी स्मार्टफोनहरू अल्ट्रा–टफ डिजाइन, टिकाउपन …

नेपाली बजारमा असुस भी१६ गेमिङ ल्यापटप सार्वजनिक

असुस नेपालले नेपाली बजारमा असुस भी१६ (V3607) गेमिङ ल्यापटप सार्वजनिक गरेको छ । १६ इन्चको इन्ट्री-लेभल गेमिङ ल्यापटपमा उच्च प्रदर्शन, आकर्षक डिजाइन, र उच्च रि…

रियलमी सी ६३ नयाँ स्टोरेज भेरिएन्टमा आउँदै, १ मिनेट चार्जमा १ घण्टा कल

रियलमीले रियलमी सि ६३ को ८+१२८ जीबी भेरिएन्ट नेपाली बजारमा ल्याउँदै छ । यस रियलमी सि ६३ मा ६.७४ को एचडि प्लस डिस्प्ले, ९० हर्…

एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपालमा सार्वजनिक, कति छ मूल्य ?

टेलिटक प्रालिले आज आफ्नो नयाँ एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । स्पस्ट डिटेल तथा तुरुन्तै शेयर …