कीवर्डहरू -

ग्याजेट्स

अनर २०० सिरिज खरिद गर्दा निःशुल्क स्मार्टवाच, इयरबड, बीमा र भीआईपी कार्ड

अनर २०० सिरिजमा विशेष अफरको घोषणा भएको छ । नेपालका लागि अनरको आधिकारिक वितरक सेल्ट्रोन नेपालले अनर २०० सिरिजमा विभिन्न अफरहरू ल्याएको छ । 

कम्पनीले यसअघि सातदिनसम्म प्रिबुकिङ खुला गरेको प्रि बुकीङ गर्नेलाई अनर स्मार्टवाच, च्वाइस एयरबड्स एक्सफाइभ उपहारमा दिदै आएको थियो । ग्राहकको अनुरोधका कारण अब  अनर नेपालले प्रि-बुकिङपछि पनि यी उपहारहरू उपलब्ध गराउने भएको छ । 

यो अफर २४ जुलाई देखि ३१ जुलाई २०२४ सम्म मान्य हुने कम्पनीले जनाएको छ । नेपाली बजारमा अनर २०० प्रो १२ जीबी र्‍याम ५१२ स्टोरेजमा उपलब्ध हुनेछ भने अनर २०० १२ जीबी र्‍याम २५६ जीबी स्टोरेज र १२ जीबी र्‍याम ५१२ जीबी स्टोरेजमा आउने छ ।

अनर २०० सिरिजमा ५० मेगापिक्सेल पोर्ट्रेट मुख्य क्यामेरा रहेको छ भने जुन उन्नत हार्डवेयर र एआई-संचालित सफ्टवेयरले सुसज्जित छ । सुपर डायनामिक H9000 सेन्सर र 4-in-1 पिक्सेल बिनिङ टेक्नोलोजीको साथ, कम प्रकाश परिदृश्यहरूले पनि जटिल विवरणहरू प्रकट गर्ने कम्पनीको भनाइ छ । 

अनर २०० र २०० प्रोमा ५२०० एमएएचको सिलिकन-कार्बन ब्याट्री राखिएको छ, जसले एकल चार्जमा ६१ घण्टासम्म निरन्तर संगीत स्ट्रिमिङ गर्न सक्षम हुने कम्पनीको दावी छ ।

अनर २०० प्रो ओशन सायन र ब्ल्याक गरि दुई रंगमा उपलब्ध हुनेछ भने अनर २०० मुनलाइट ह्वाइट र ब्ल्याकमा उपलब्ध हुनेछ । सेलट्रोन नेपालले अनर २००  (१२+२५६) जीबी भेरियन्टको लागि मूल्य  ६४ हजार ९९९ रूपैयाँ तोकेको छ भने (१२+५१२) जीबी  भेरियन्टको मूल्य  ६७ हजार ९९९ रूपैयाँ निर्धारण गरेको छ ।  

अनसर २०० प्रि-बुकिङ गर्ने ग्राहकले १३ हजार ९९९ रूपैयाँको अनर च्वाइस वाच मात्र १ हजार ९९९ रूपैयाँमा पाउने छन् । स्क्रिन ब्रेकेज बीमाको लाभ उठाउन सक्नेछन। 

अनर २०० प्रो (१२+५१२) जीबी भेरियन्टको मूल्य ८४ हजार ९९९ रूपैयाँ तोकिएको छ । यस फोनको प्रि-बुकिङ अवधि भित्र खरिद गर्ने ग्राहकहरूले १३ हजार ९९९ रूपैयाँ पर्ने अनर च्वाइस वाच र ५ हजार ४९९ रूपैयाँ पर्ने अर च्वाइस इयरबड्स एक्स फाइभसहित स्क्रिन ब्रोकेज बीमा र भीआईपी कार्ड पनि प्राप्त गर्नेछन् । 

ग्राहकहरूले अनर २०० सिरिजलाई अनलाइन र अफलाइन दुवै प्लेटफर्मबाट खरिद गर्न सक्ने छन् ।
 

ग्याजेट्स

गेमिङ स्मार्टफोन रियलमी जीटी सिक्सटीको प्रिबुकिङ खुला

नेपालमा गेमिङ स्मार्टफोन रियलमी जीटी सिक्सटी छिट्टै सार्वजनिक हुने भएको छ । मंगलबारदेखि कम्पनीले  नेपालमा प्रिबुकिङ खुला …

सामसङले सार्वजनिक गर्‍यो स्मार्ट रिङ, कति छ मूल्य ?

सामसङले आफ्नो पहिलो स्मार्ट रिङ सार्वजनिक गरेको छ । ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा सामसङले वेरेबल प्रडक्ट स्मार्ट रिङ सार्वजनिक गरेक…

नेपाली बजारमा आईटेलको पी ५५ स्मार्टफोन सार्वजनिक

नेपाली बजारमा आईटेलले नयाँ मोडल पी ५५ स्मार्टफोन सार्वजनिक गरेको छ । आइटेल ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता महालक्ष्मी …

सामसङले घोषणा गर्‍यो फोल्डेबल फोन जेड फोल्ड ६ र जेड फ्लिप ६

सामसङले १० जुलाईमा पेरिसमा आयोजित ग्यालेक्सी अनप्याक्डमा आफ्नो नयाँ ग्यालेक्सी जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६, साथै ग्यालेक्सी …

रियलमीको नार्जो ७० प्रो फाइभजी र १२ एक्स फाइभजी नेपालमा आउँदै, कति छ मूल्य ?

रियलमीले आफ्नो लाइनअपमा दुई नयाँ स्मार्टफोन रियलमी नार्जो ७० प्रो फाइभ जी र रियलमी १२एक्स फाइभ जी नेपाली बजारमा ल्याउने त…

भिभो वाई २८ स्मार्टफोन नेपालमा सार्वजनिक, यस्ता छन् फिचर

भिभो वाई २८ स्मार्टफोन नेपालमा सार्वजनिक भएको छ । काठमाडौँको कमलादीस्थित २५६ फिट उचाईमा रहेका स्काइवाक टावरमा भिभो वाई २८ सा…

नेपाली बजारमा रेड्मी १३ सार्वजनिक, कति छ मूल्य ?

साओमीले नेपाली बजारमा रेड्मी १३ सार्वजनिक गरेको छ । शक्तिशाली मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर, १०८ मेगापिक्सेल क्यामारा…

कस्तो छ पब्जी मोबाइल सुपर लिगको आधिकारिक गेमिङ फोन इन्फिनिक्स जीटी २० प्रो ?

नेपाली बजारमा इन्फिनिक्सले जीटी २० प्रो स्मार्टफोन सार्वजनिक भएको छ । १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको इन्फिनिक्स जीटी …

एलजी स्मार्ट टिभीमा ५ वर्षसम्म निःशुल्क अपरेटिङ सिस्टम अपग्रेडको सुविधा

एलजी इलेक्ट्रोनिक्सले आफ्ना पुराना एलजी स्मार्ट टिभीका ग्राहकहरूलाई नयाँ वेबओएस स्मार्ट टिभी प्लेटफर्मको अपग्रेड प्रदान गर्ने घोषणा ग…

नथिङका स्मार्टवाच र इयरबड नेपालमा, यस्तो छ फिचर अनि मूल्य

नेपाली बजारमा नथिङ ब्रान्डका स्मार्टवाच र इयरबड सार्वजनिक भएका छन् । नेपालका लागि नथिङको आधिकारिक वितरक सीजी मोबाइल्सले बड्स प्र…

ग्यालेक्सी एस २४ सिरिज फोन खरिद गर्दा १५ हजार पर्ने ग्यालेक्सी बड्स एफई ५ हजारमै पाइने

ग्यालेक्सी एस २४ सिरिजको स्मार्टफोन खरिद गर्दा अब १५ हजार पर्ने ग्यालेक्सी बड्स एफई ५ हजारमै किन्न सकिने भएको छ । 

ठूलो गेमको लागि ठुलो टिभी स्क्रिन, फुटबल सिजनमा सामसङ टिभी खरिद गर्दा विशेष अफर

टिभी प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा १८ वर्ष देखि निरन्तर अग्रणी रहेको ब्रान्ड सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारम…

नेपाली बजारमा भीभो वाई १८ स्मार्टफोन सार्वजनिक

नेपाली बजारमा भीभो वाई १८ स्मार्टफोन सार्वजनिक भएको छ । ६.५६ इन्च आईपीएस एलसीडी भएको भीभो वाई १८ सार्वजनिक भएको हो । 

सामसङको ग्यालेक्सी एम ३५ फाइभजी स्मार्टफोन नेपालमा, कति छ मूल्य ?

नेपाली बजारमा सामसङको नयाँ फोन ग्यालेक्सी एम ३५ फाइभजी सार्वजनिक भएको छ । लामो समयदेखि प्रतिक्षित ग्यालेक्सी एम ३५ सार्वजनिक भए…

एप्पल फोल्डेबल आईफोन कहिले हुनेछ लन्च?

एप्पलको फोल्डेबल फोनको बारेमा लामो समयदेखि चर्चा भइरहेको छ । विज्ञहरूका अनुसार एप्पलले सन् २०२७ अघि फोल्डेबल फोन लन्च गर्ने बारे…