कीवर्डहरू -

गाइड

मोबाइलबाट डिलिट भएको फोन नम्बर कसरी रिकभर गर्ने ?

काठमाडौं । आजको डिजिटल समयमा फोन नम्बर निकै महत्त्वपूर्ण डेटा हो । यही नम्बरमार्फत हामी परिवार, साथीभाइ तथा अन्य व्यक्तिसँग सम्पर्कमा रहन्छौँ । तर, कहिले काहीँ झुक्किएर फोनमा सेभ गरिएको महत्त्वपूर्ण नम्बर डिलिट हुन सक्छ ।

विशेष गरी साना बालबालिकाले मोबाइल चलाउँदा वा फोन व्यवस्थापन गर्ने क्रममा गल्तीले कन्ट्याक्ट डिलिट हुने समस्या धेरैलाई हुन सक्छ । तर, एन्ड्रोइड फोन प्रयोगकर्ताले डिलिट भएका कन्ट्याक्ट पुन: रिकभर गर्न सक्छन् ।

पहिले मानिसहरू फोन नम्बर डायरीमा लेखेर राख्ने गर्थे । ल्यान्डलाइनको समयमा त फोन नम्बर सुरक्षित राख्न छुट्टै डायरी नै प्रयोग हुन्थ्यो । तर, स्मार्टफोनको प्रयोग बढेसँगै अधिकांश मानिसले आफ्ना सम्पर्क नम्बर फोनमै सेभ गर्ने गरेका छन् ।

स्मार्टफोनमा नम्बर सेभ गर्न जति सजिलो छ, कहिले काहीँ गल्तीले डिलिट हुन पनि सक्छ । यस्तो अवस्थामा गुगल कन्ट्याक्टको ‘रिसाइकल बिन’ सुविधा प्रयोग गरेर मेटिएको नम्बर पुन: प्राप्त गर्न सकिन्छ ।

यसरी रिकभर गर्नुहोस् डिलिट भएको फोन नम्बर
- डिलिट भएको कन्ट्याक्ट रिकभर गर्न सबैभन्दा पहिले फोनमा रहेको Google Contacts एप खोल्नुहोस् ।
- त्यसपछि स्क्रिनको माथिल्लो दायाँ कुनामा रहेको तीनवटा डट (Three-dot) मेनुमा ट्याप गर्नुहोस् ।
- मेनु खुलेपछि त्यहाँ रहेको ‘Recycle Bin’ विकल्प चयन गर्नुहोस् ।
- रिसाइकल बिनमा तपाईंले हालै डिलिट गरेका कन्ट्याक्टहरू देख्न सक्नुहुन्छ ।
- त्यसमध्ये पुन: प्राप्त गर्न चाहेको फोन नम्बर वा कन्ट्याक्ट चयन गर्नुहोस् ।

कन्ट्याक्टमा ट्याप गरेपछि स्क्रिनको तल ‘Restore’ विकल्प देखिनेछ । उक्त विकल्पमा ट्याप गरेपछि डिलिट भएको कन्ट्याक्ट पुन: तपाईंको कन्ट्याक्ट सूचीमा आउनेछ । यसरी गल्तीले डिलिट भएको महत्त्वपूर्ण फोन नम्बर सजिलै पुन: प्राप्त गर्न सकिन्छ ।

नोट : एन्ड्रोइड फोनको मोडल, अपरेटिङ सिस्टमको संस्करण तथा प्रयोग गरिएको कन्ट्याक्ट एपअनुसार Recycle Bin सम्म पुग्ने प्रक्रिया केही फरक हुन सक्छ ।

गाइड

ह्याक भएको ह्वाट्सएप अकाउन्ट कसरी रिकभर गर्ने ?

काठमाडौं । ह्वाट्सएप विश्वभर व्यापक रूपमा प्रयोग हुने म्यासेजिङ प्लेटफर्म हो । यसको ठूलो प्रयोगकर्ता आधारका कारण…

फोन चार्ज गर्दा यी गल्ती नगर्नुहोस्, ब्याट्री र डिभाइसमा पर्न सक्छ गम्भीर असर

काठमाडौं । फोन अहिले हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेको छ। बिहान उठेदेखि राति सुत्दासम्म अधिकांश सम…

आईपीओ भर्दा चाहिने सीआरएन बिर्सनुभयो ? यसरी सजिलै थाहा पाउनुहोस्

काठमाडौं । तपाईं सेयर कारोबार गर्नुहुन्छ र नियमित रूपमा आईपीओ भर्नुहुन्छ भने सीआरएन (CRN) नम्बरका बारेमा पक्…

ट्रुकलरले अज्ञात नम्बरको नाम कसरी पत्ता लगाउँछ ? यस्तो छ रहस्य

काठमाडौं । अपरिचित नम्बरबाट फोन आउँदा त्यसको विवरण पत्ता लगाउन धेरैले ‘ट्रुकलर’ प्रयोग गर्छन् । फ…

बच्चाको गेमिङ बानी सुरक्षित बनाउन अपनाउनुहोस् यी ५ उपाय

काठमाडौं । अनलाइन गेम बालबालिकाका लागि मनोरञ्जनसँगै सिकाइ र सामाजिक अन्तरक्रियाको माध्यम पनि बन्न थालेको छ …

ल्यापटपको ब्याट्री छिट्टै सकिन्छ ? यी सामान्य गल्तीले घटाइरहेको हुन सक्छ ब्याकअप

काठमाडौं । आजको डिजिटल जीवनमा ल्यापटप पढाइदेखि कार्यालयको काम, अनलाइन बैठक, मनोरञ्जन तथा विभिन्न डिजिटल गत…

निःशुल्क भिपिएन किन बन्दैछ गोपनीयताका लागि दुःस्वप्न ?

काठमाडौं । आजको डिजिटल युगमा इन्टरनेट प्रयोग गर्ने धेरै मानिसले आफ्नो प्राइभेसी सुरक्षित राख्न भिपिएन (भ…

निःशुल्क उपलब्ध गुगल मिट कसरी प्रयोग गर्ने ?

काठमाडौं । गूगलले आफ्नो भिडियो कन्फेरेन्सिङ सफ्टवेयर गूगल मिट सबैको लागि उपलब्ध गराउने घोषणा गरेको थिय…

‘मिलिटरी-ग्रेड’देखि ‘अनलिमिटेड’सम्म: प्रविधि कम्पनीका आकर्षक शब्दको वास्तविकता

काठमाडौं । प्रविधि क्षेत्रमा उपभोक्तालाई आकर्षित गर्न प्रयोग हुने धेरै शब्दहरू वास्तवमा जति प्रभावशाली देखि…

आइफोनमा हातले लेखिएका नोटलाई डिजिटल टेक्स्टमा कसरी बदल्ने ?

काठमाडौं । यदि तपाईं आइफोन प्रयोगकर्ता हुनुहुन्छ भने, हातले लेखिएका नोटलाई डिजिटल टेक्स्टमा बदल्न अब छुट्टै ए…

टिभीको रिमोट हरायो ? आफ्नो स्मार्टफोनलाई यसरी बनाउनुहोस् टिभी रिमोट

काठमाडौं । टिभीको रिमोट हराउनु धेरैजसो घरमा हुने सामान्य समस्या हो । कहिले सोफामुनि, कहिले ओछ्यानमुनि वा …

गुगलको नयाँ माइग्रेसन फिचर : एपबिनै आइफोनबाट एन्ड्रोइडमा डाटा ट्रान्सफर हुने

काठमाडौं । गुगलले आइफोनबाट एन्ड्रोइडमा डाटा स्थानान्तरण गर्ने प्रक्रियालाई थप सरल र सहज बनाउने नयाँ प्रणाली सा…

व्हाट्सएप ह्याक हुन नदिन यी फिचरहरू अनिवार्य रूपमा प्रयोग गर्नुहोस्

काठमाडौं । व्हाट्सएप विश्वकै सबैभन्दा लोकप्रिय सन्देश आदान–प्रदान गर्ने प्लेटफर्ममध्ये एक हो । यसको व्यापक प्…

गुगलको अटो डिलिट सुविधा : अनावश्यक डेटा आफैं हट्ने, यसरी गर्नुहोस् सेटअप

काठमाडौं । गुगलको Auto Delete सुविधामार्फत प्रयोगकर्ताले आफ्नो सर्च हिस्ट्री, लोकेसन हिस्ट्री तथा अन्य गतिविधिको…

एन्ड्रोइड १७ मा अझ बलियो हुँदै लक स्क्रिन सुरक्षा, गलत पिन धेरै पटक हाल्दा फोन लामो समयसम्म लक हुने

काठमाडौं । गुगलले आफ्नो एन्ड्रोइड १७ अपरेटिङ सिस्टममा लक स्क्रिन सुरक्षालाई अझ शक्तिशाली बनाउँदै पिन…